Sunday, December 28, 2014

सपना

आज उदास छ बिहानी
तर निकट तिमी छैनौ
कती स्वार्थी छ यो जिन्दगी
अब तिमी बिना
यो सोचेर अनुभव गर्दैछु
माया बढ्दै जादै छ मेरो
एउटा सपना देखे मैले
तिमीले छोडेर गएको
त्यस पछी त हो मैले कसम खाएको
तिमीलाई सधैं साथ दिनेछु भनेर
किन कि सपनाले नै हो
मलाई तिमी बिनाको जीवन
कती निरस छ भन्ने अनुभती दिलाएको
अनी मलाई तिमी सँग
झन नजिक पुर्याएको !!

Tuesday, December 9, 2014

स्मृति

कोशीस गर्दैछु खोज्न 
बुढासुब्बाको बाँसमा,
खोपेर लेखेको तिम्रो नाम
बर्तमानमा
सबै धागोले छोपेछ !
प्रक्रितीको त्यो क्षेत्रमा
अझै तिम्रो सुबास
पर देखिने सेउती खोलाको
सुख्खा बगर
धेरै पहिले तिम्रो सिउदो जस्तो
रंगहिन देखिन्थ्यो
तर आज
तिम्रो सिउदो भएको रंगिन
केवल खोला अझै सुख्खा !!

Friday, December 5, 2014

तिमी

मैले तिम्रो नाम 
आकाशमा लेख्दा 
हावाले आएर उडाइ लाग्यो !

मैले तिम्रो नाम 
बालुवामा लेख्दा 
छालहरु आएर बगाइ लाग्यो !!

मैले तिम्रो नाम 
मनमा लेखे 
कसले सक्ने अब मेटाइ दिन !!!

Monday, December 1, 2014

मौन माया

किन छौ तिमी मौन 
तिम्रो मेरो बिच यो दूरी 
कहिले देखी बढ्यो 
मायाका धेरै धेरै बाचाहरु तिम्रा 
क्रमश: क्रमश: सडिरहेछन
हाम्रो मधुर भेट गराउने
त्यो अमुक कारण
पल पल टाढीदैछ
अब त ,
त्यस्ता कारण पनि
अटल विश्वास बोकेर आउन
हिचकिचाउन थालिसक्यो
हाम्रो कमजोर मायामा
दिक्क माने झैं
रुन्चे हाँसो बोकेर
मुस्कुराउन छाडी सक्यो
आउ प्रिय,
माया को हाम्रो रंगिन संसार सजाउ
इन्द्रेणीको सातै रंग चोरेर
जीवन प्रगाढ बनाउ !!!

Sunday, November 23, 2014

धजे डाँडामा होम स्टे



बिजयपुर ट्राभल्स एण्ड टुर्सका प्रोप्राइटर साथी प्रियस गुरागाइले झण्डै एक हफ्ता अगाडि देखी धनकुटाको डाँडाबजारमा “होम स्टे” जानको लागि समय मिलाउन आग्रह गरी रहेका थिए । कार्तिक महिनाको अन्त्य तिर समयले पनि राम्रै साथ दियो । दुई दिनको फुर्सदलाई सदुपयोग गर्न शुक्रबार दिउसो लगभग दुई बजे केही आवश्यक तयारी मात्र गरेर हामी दुई जना मोटरसाइकलमा धरान देखी उकालो डाँडाबजार तर्फ लाग्यौं । भेंडेटारदेखी पुर्व काम्फेक , नाम्जे , ओख्रे हुँदै डाँडाबजार पुगिन्छ । त्यहाँ देखी अझै पर जाने हो भने राजारानी पुगिन्छ । धरान देखी भेंडेटार कति हिंडियो भनेर शायद धरानवासीले गनेका हुँदैनन । त्यस पछी क्रमस काम्फेक , नाम्जे, ओख्रे हुँदै जाँदा त्यताको भ्रमण चैं संख्यामा पक्कै पनि घट्दै गएको हुन्छ । ओख्रे भन्दा पनि अगाडिको डाँडाबजार त्यती सारो धरानबासीको रमाइलो गर्ने गन्तव्यमा पर्न सकेको छैन । धनकुटा जिल्लाको डाँडाबजार गाबिस प्राकृतिक सुन्दरताको अनुपम नमुना त हुँदै हो , त्यस माथि यहाँ अवस्थित धजे डाँडाले यो गाबिसलाई अझ सुन्दर र आकर्षक बनाउनका लागि गहनाको काम गरेको छ । महाभारत पर्वत श्रींखलाकै उच्चतम मध्ये एक यो डाँडाबाट पुर्वको सोहृवटै जिल्लाको दृष्य हेर्न सकिन्छ । यहाँबाट कुम्भकर्ण हिमाल , मकालु हिमाल एबम सगरमाथा समेतको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । धजे डाँडाको टाउको माथि पुग्दा जुन आनन्द प्राप्त हुन्छ त्यो भन्दा बढी आनन्द त्यहाबाट देखिने सूर्याेदय र सूर्यास्तको दृष्यले हामीलाई प्रदान गर्दछ । पुलकित बनाउने चिसो बिहानीको उषा र बेलुका देखिने संध्याको लाली देख्न पाउँदा कुनै पनि ब्यक्ती मोहित नबनी रहन सक्दैन ।

Tuesday, October 28, 2014

चाणक्यको निती आज पनि उतिकै सार्थक छ

सयौं बर्ष पहिले चाणक्यले जुन निती प्रतिपादन गरेका थिए त्यो मेरो बिचारमा आज सम्म उतिकै सार्थक छ । हाम्रो देशमा अहिले देखिएको राजनीतिक खिचातानी , दन्डहिनता र पुर्वाग्रह प्रेरित एबम स्वार्थी राजनीतिलाई हेर्दा त यो झनै समसामयिक देखिन्छ । मैले मेरो अध्ययनबाट हाम्रो मुलुक र यहाँको अवस्था सँग मेल खाने केही चाणक्य निती पस्कने प्रयास गरेको छु , हेरौ कस्तो लाग्छ तपाईंहरुलाई -
१. कुनै पनि ब्यक्ती इमान्दार हुनुहुदैन । जसरी सिधा रुखलाई सबभन्दा पहिला काट्छन त्यसै गरी इमान्दार ब्यक्तीलाई नै सबभन्दा पहिले शिकार बनाउछन । 
२. कुनै सर्प बिषालु नभए पनि सर्प नै हो भनेर हामी त्यो भन्दा टाढा बस्नु पर्छ । 
३. सबभन्दा ठुलो गुरुमन्त्र : यदी तपाईंको कुनै गोप्यता छ भने त्यो कसैसँग सेयर नगर्नुहोस् । यदी आफ्नो गोप्यता तपाईं आँफै त गोप्य राख्न सक्नुहुन्न भने अरु कसैले त्यो तपाईंको लागि गोप्य राखिदिन्छ भनेर बिर्सिदिनुहोस । आफ्नो खुट्टामा आँफै बन्चरो नहान्नुहोस् । 
४. कुनै कार्य प्रारम्भ गर्न भन्दा पहिला आँफैलाई ३ वटा प्रश्न सोध्नुहोस-म किन यो कार्य गर्दै छु ? यसको परिणाम के हुन्छ ? के म यो कार्यमा सफल हुनसक्छु ? गहन चिन्तन गरेर यदी तपाईंलाई यि सबै प्रश्नको सकरात्मक उत्तर मिल्छ भने कार्य प्रारम्भ गर्नुहोस् ।
५. जब डर तपाईं नजिक आउछ त्यसलाई जसरी हुन्छ पन्छाइदिनुहोस । 
६. कुनै पनि मान्छे आफ्नो कर्मले महान हुन्छ जन्मले महान हुने हैन । 
७. पुष्पको वासना हावाको दिशा तर्फ मात्र फैलन्छ ,तर ब्यक्तीको लोकप्रियता चारै तिर फैलेको हुन्छ । 
८. कुनै पनि मान्छेको सबभन्दा असल साथी शिक्षा हो , शिक्षित ब्यक्तीलाई जहाँ पनि सम्मान गरिन्छ । शिक्षाले सुन्दरता र यौवनलाई पनि परास्त गर्ने सामर्थ्य राख्दछ । 
यि उल्लेखित बुँदाहरु हरेकको आफ्नै बिशेषता र अर्थ छ । एक ब्यक्ती वा स्थान सँग अर्को ब्यक्ती वा स्थान सँगको प्रासंगिकता नमिल्न सक्छ । त्यसै गरी फरक स्थितीले पनि यसको सार्थकतामा फरकपन देखिन सक्छ । यही कारणले म आँफै यसको निश्कर्ष निकाल्नु भन्दा तपाईंहरु आँफैलाई यसको निश्कर्ष निकाल्न आग्रह गर्दछु । मिल्छ भने तपाईंहरुको निष्कर्ष मलाई पनि सेयर गर्नुहोला !!

नेविसंघ महाधिवेशन र आन्तरिक लोकतन्त्र

नेपालको लोकतान्त्रिक इतिहास रचना गर्दै गर्दा सबैभन्दा अगाडि नाम अङ्कित हुने दल हो– नेपाली कांग्रेस। र, त्यस्तैगरी पञ्चायती अँध्यारो युगमा विद्यार्थीमाझ लोकतन्त्रको मसाल बोकेर सडकमा उत्रने विद्यार्थी संगठन हो– नेपाल विद्यार्थी संघ।
यसरी नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने राजनीतिक दल तथा लोकतन्त्रलाई आत्मसात गर्ने विद्यार्थी संगठन दुवैले लोकतन्त्रलाई नै आफ्नो आदर्श मानेका छन्। मुलुकमा लोकतन्त्र स्थापना र पुनर्स्थापनामा निश्चय पनि यी दुवै संगठनको भूमिकालाई कम आक्न मिल्दैन। निश्चय पनि यी दुवै संगठनका कार्यकर्ताको रगत पनि नेपाली लोकतन्त्रको बिरुवामा सिँचित छ। यहाँ उठाउन खोजिएको सन्दर्भ मुलुकको लोकतन्त्रबारे नभई संगठनभित्रको लोकतन्त्रबारे हो। लोकतान्त्रिक मूल्य र मान्यतालाई आदर्श मान्ने संगठनको आन्तरिक प्रक्रियाहरुमा यसको कति प्रयोग भइरहेको छ, त्यो सवाल अहं हुन पुगेको छ। भन्नुको मतलव नेविसंघभित्र लोकतान्त्रिक प्रयोग आन्तरिक नेतृत्व चयन प्रक्रियामा कति व्यवहारमा उतारिएको छ त्यसले यसको लोकतान्त्रिक चरित्र उजागर गर्छ अन्यथा त्यसलाई समाजले भन्नेछ– पहिले आफ्नो घर बनाऊ अनिमात्र राष्ट्र बनाउन अग्रसर होऊ।
हामी लोकतन्त्रको क, ख, ग पढ्ने विद्यार्थीलाई थाहा छ, लोकतन्त्र भनेेको जनताका लागि, जनताद्वारा, जनताको शासन प्रणाली हो। यसलाई संगठन सञ्चालनका लागि अभिव्यक्त गर्नुपर्दा नेतृत्व चयन प्रक्रिया पनि त्यसरी हुनुपर्छ जसमा नेतृत्व गरिनेका लागि, उनीहरुद्वारा, उनीहरुको नेता चुनियोस् न कि माथिल्लो तहबाट थोपरिएको नेतालाई विवेकशील कार्यकर्ताले झेल्नु परोस्। यहाँ प्रसंग नेविसंघको आसन्न महाधिवेशनलाई लिएर उठाइएको हो। पार्टी र यसको भातृ संगठनको आन्तरिक लोकतन्त्रको बारेमा उठाइएको हो। हामीले उठाउँदै आएको विषय हो– नेतृत्व चयन प्रक्रिया लोकतान्त्रिक हुनुपर्छ। विवाद र धाँधलीरहित निर्वाचन प्रक्रियाबाट निर्वाचित नेतृत्व वास्तवमै लोकतान्त्रिक नेतृत्व कहलाउँछ। न यसमा पार्टी नेतृत्वको अनावश्यक हस्तक्षेप स्वीकार्य हुन सक्छ न त केन्द्रद्वारा लादिएको नेतृत्व नै। तर विडम्बना, नेविसंघको नेतृत्व चयन प्रक्रिया सदैव विवादित छ। यसमा धेरैजसो नेतृत्व पार्टीले चयन गरिदिएको छ। पञ्चायती कालरात्रिको समयमा त यसलाई सहजरूपमा लिइएको पनि हो तर त्यसैको सिको गर्ने कार्य हालसम्म हँुदै आएको छ। आफ्ना लागि आफँै नेता चुन्न पाउनुपर्ने लोकतन्त्रको प्रथम सूत्र प्रतिकूल विद्यार्थीहरुले पार्टीले चयन गरिदिएको नेतृत्व स्वीकार गर्नु परिरहेको छ। यसको दुईवटा बेफाइदा टड्कारोरूपमा देखिएका छन्। प्रथम त पार्टी नेतृत्वबाट नेता बनाइएका विद्यार्थी नेतामा संगठन सुदृढीकरणमा त्यति योगदान गर्ने सामर्थ्य, नेतृत्व क्षमताका रूपमा अनि नैतिकरूपमा पनि हुँदैन र दोस्रो कुरा विद्यार्थीमाझ लोकप्रिय बन्नुको सट्टा पार्टी नेतृत्वको चाकडी गर्नतिर विद्यार्थी नेताहरु लागेको पाइन्छ। त्यसैले यी दुवै कुराले विद्यार्थी संगठनको संख्यात्मक स्वरूप, गुणात्मक स्वरूप एवं कार्यसम्पादन कलाको स्वरूप पतनको गहिराइतर्फ अग्रसर भएको पाइन्छ।

Saturday, October 18, 2014

सूचनाको हक र यसको प्रयोग

सूचनाको हक प्रत्येक नेपाली नागरिकलाई नेपालको अन्तरिम संबिधान २०६३ को धारा २७ ले प्रत्याभूत गरेको मौलिक हक हो सरकारी वा गैर सरकारी सर्वजनिक निकायबाट सर्वजनिक महत्वको सूचना माग्ने वा पाउने अधिकारको रुपमा स्थापित भइसकेको यो नैसर्गिक हकलाई कार्यान्वयन गर्न सूचनाको हक सम्बन्धी एेन २०६४ सूचनाको हक सम्बन्धी नियमावली २०६५ बनेर लागू भइसकेको ।नागरिकको सुसूचित हुने हकलाई संरक्षण गर्दै राज्यका काम कारवाहीलाई लोकतान्त्रिक र पारदर्शी बनाउन एबम स्वयं राज्यलाई नागरिक प्रती उत्तरदायी बनाउनु नै सूचनाको हक सम्बन्धी एेनको प्रमुख उद्देश्य हो । यसका अतिरिक्त सार्वजनिक निकायमा रहेका सार्वजनिक सरोकारका सूचनाहरुमा आम नेपाली नागरिकको सरल र सहज पहुँच बनाउदै एेनलाई प्रचलनमा ल्याउनु पनि यसको उद्देश्य हो भने यसले समग्र राज्य र नागरिकको हितमा प्रतिकुल असर पार्ने संबेदनशिल सूचनाको संरक्षणमा पनि महत्वपूर्ण भूमिका निर्बाह गरेको हुन्छ ।

Tuesday, September 2, 2014

बिपी कोइराला र केही पुराना तस्बीरहरु

प्राजातान्त्रिक समाजबादको सिद्धान्तलाई प्रतिपादन गर्दै त्यसैको माध्यमबाट समृद्धशाली नेपालको निर्माण गर्न सबै नेपालीको व्यक्तिगत स्वतन्त्रता, हक, अधिकारको संरक्षण गर्ने र वाक स्वतन्त्रताको रक्षा गर्दै लोकतान्त्रिक शासन व्यवस्थाको प्रादुर्भाब गराउनु पर्छ भन्ने कुरामा प्रतिवद्ध वि.पि. कोइराला यी मान्यताका पथ प्रदर्शक हुनुहुन्छ । विश्वमा कम्युनिष्टहरुको वर्चस्व मौलाउदै गएको र त्यसको विचार र व्यवहारले आजित भैरहेको अवस्थामा वि.पी कोइरालाले प्रतिपादन गर्नु भएको मध्यमार्गी विचारले वास्तवमै विश्व भरिनै अग्रस्थान प्राप्त गर्न सफल भयो । एकतन्त्रीय शासन व्यवस्थाको पक्षधर, जनतालाई दास बनाउदै हक, अधिकारलाई कुण्ठित गराउने कम्युनिष्टहरुको अगाडी विशेषत:  जनतालाई नै सर्वशक्तिमान बनाउने र व्यक्तिगत स्वतन्त्रताको वकालत गर्ने वि.पी विचार आजसम्म पनि लोकतन्त्रवादीहरुको निम्ती आदर्श बनिरहेको छ ।
वि.पि कोइरालाको जीवन संघर्ष नै संघर्षले भरिएको छ । लामो संघर्ष पश्चात २००७ सालमा प्रजातन्त्र प्राप्त त भयो तर त्यसलाई संस्थागत गर्न कांग्रेसलाई संघर्षकै मोर्चामा यथावत राख्नु पर्‍यो । नेपाली कांग्रसले २००९ सालमा जनकपुरमा सन्पन्न आफ्नो पाचौ महाधिवेशनमै मुद्दाको रुपमा उठाएको र प्रजातन्त्र स्थापना पश्चात राजा त्रिभुवनले घोषणा गरेको भएता पनि संविधान सभाको निर्वाचन सम्पन्न हुन सकेन । लामो वलिदानबाट  प्राप्त प्रजातन्त्रको रक्षा र संघर्षको निम्ति संघर्ष गर्दै गर्दा फलस्वरुप २०१५ सालमा आम निर्वाचन सम्पन्न भयो र वि.पि. कोइरालाको नेतृत्वमा प्रथम जननिर्वाचित नेपाली कांग्रेसको एक मना सरकार गठन भयो । सरकारले जनहितमा काम गर्दा गर्दै प्रजातान्त्रिक व्यवस्थाले जनतालाई बलियो, शिक्षित र सुसुचित बनाइ निरकुंश शासकहरुको दिन समाप्त हुने भयबाट त्रसित भई तत्कालीन राजा महेन्द्रद्धारा २०१७ साल पौष १ गते जनताको सरकारलाई अपदस्त गरि निरंकुश पञ्चायति व्यवस्था लागु गराए र वि.पि. लगाएत सबै नेताहरुलाई जेल चलान गरे । यस पश्चात वि.पी कोइरालाको जीवन जेल, प्रवास र देश भित्रै संघर्ष सागै अत्यन्त कठिन परिस्थितिमा वित्यो तर पनि देश, जनता र कांग्रेस पार्टी सदैव उहाको सर्वोपरी रह्यो ।
यहा बिपी सँग सम्बन्धित केही तस्बीरहरु राखिएको छ । सबै तस्बीरहरुको श्रोत इन्टरनेट हो ।

Friday, August 1, 2014

सुनसरीमा नेपाली कांग्रेसको पहिलो जिल्ला समिती र प्रिस्ठभुमी


 
    सुनसरी जिल्लामा कांग्रेसको संगठन र गतिविधिहरुलाई फर्केर हेर्दा यो नेपालकै एउटा यस्तो जिल्लाको रुपमा देखिन्छ जसको नेत्रित्व प्रारम्भमा स्वयं जननायक बिपी कोइरालाले गर्नु भएको थियो । मोरङ र भारतको बिहार राज्य सँग जोडीएको सुनसरी जिल्लाले प्रत्यक्ष रुपमा बिपी र गिरिजा प्रसाद कोइरालाहरुको नेत्रित्व र अभिभावकत्व पाइआएको थियो । यस जिल्लाका दक्षीणी गाउँहरुमा स्वयं नेपाली राजनीतिका शिखर ब्यक्तित्व, पुर्व प्रधानमन्त्री एबम नेपाली कांग्रेसका पुर्व सभापति स्व गिरिजा प्रसाद कोइराला संगठन गर्न अहोरात्र खटीनुहुन्थ्यो। गिरिजा प्रसाद कोइरालाका पैतालाका डोबहरु अनी वँहाले गूडाएको साइकलका पांग्राको निशानको प्रतिफल सुनसरीका गाउँहरुमा अझै पनि नेपाली कांग्रेसको संगठन सशक्त रुपमा देख्न सकिन्छ । वहाँले रोपेको कांग्रेसको रुख यस जिल्लामा बिशाल वटब्रिक्षको आकारमा फैलिएर रहेको छ । पुराना कांग्रेसका कार्यकर्ताहरुलाई सोध्दै जाँदा बडो दु:खले यहाँ संगठनलाई बिस्तार गरेको यथार्थ पाउन सकिन्छ ।
      २००७ सालको क्रान्तिको बागडोर यस जिल्लामा गिरिजा बाबुले नै सम्हाल्नुभएको थियो। यही सुनसरिको कमानबाट नेपाली कांग्रेसमा डा. खलील आजाद, सुलेमान अन्सारी, नच्छेदी मेहता, बन्शी मेहता, बेख बहादुर नेपाली लगायतका सपुतहरुको जन्म भएको हो। गिरिजा बाबु र यि नेताहरुको अथक प्रयासले सुनसरिमा कांग्रेसले फल्ने फुल्ने मौका पाएको हो।

Tuesday, July 22, 2014

धरान ! केही पुरानो फोटोहरुमा सम्झना

धरान छाता चोक ! (पब्लिक हाई स्कुल तिर बाट सिंहदेवी तर्फ हेर्दा )
धरान ! नाम सुन्दा मात्र पनि हृदय पग्लेर आउछ , मुटु भक्कानिएर कस्तो कस्तो हुन्छ । यो हाम्रो माटो , हाम्रो शैशबकाल बितेको , हाम्रो बालपन देखेको माटो कती प्यारो !! जीवनको कुनै कालखण्ड धर्तीको यो भुभागमा बिताउने सबैलाई व्याख्या गर्न शब्दको खडेरी लाग्ने अनुभुती हुन्छ । अझ बर्तमान भन्दा बिगत , झन सुदुर बिगतले सुखद पिडा प्रदान गर्दछ । यहाँ यस कुरालाई ध्यानमा राख्दै धरानको केही पुराना फोटोहरु राख्ने कोशीस गरेको छु । तपाईं हामीलाई केही मात्र भए पनि आफ्नो बल्यकाल वा बिगतमा लैजानेछ भन्ने आशा छ । आफ्नो अनुभुतीलाई प्रतिकृयामा  दिनु होला । फोटोहरु कुन ठाउँका हुन समेत  जानकारी दिनुभएमा आभारी हुने थिए अनी लगत्तै त्यो बारे फोटो मुनी उल्लेख गर्ने थिए । सबै फोटोहरु इन्टरनेटबाट प्राप्त भएका हुन ।

Tuesday, July 1, 2014

मेरो बंश

कौडिन्य गोत्री आचार्य बंशको ३९ औं पुस्ता को रुपमा म बिकास आचार्य रहेको छु । आदी कालमा जुम्ला आएका श्री सच्चीदानन्दका बंशज हामी आचार्यहरु आज विश्वको हरेक कुनामा छरिएर रहेका छौ । यहाँ म मेरो बंशजहरुको क्रमिक नाम एबम बिशेष घटना उल्लेख गर्न चाहन्छु ।
१)श्री सच्चिदान्द
२)श्रीकृष्ण शर्मा
३)मणिराज  ( बिधु शर्मा रेग्मी कि छोरी शुभद्रा सँग विवाह गरेर बाजुरामा बसे । )
४)काशिराम (बाजुराबाट निस्केर घुम्दै ढोर भन्ने प्रदेश पुगी त्यहाका राजालाई रिझाइ लम्जी गाँउ पाइ त्यही बसे ।  )
५)बशिष्ठ
६)नारद
७) भ्रीगु
८)शिवजी
९)बिष्णु आचार्य
१०)प्रतिमना
११)प्रिथु
१२)गोपाल आचार्य

Tuesday, June 24, 2014

बास्केट बल प्रतियोगिता

नेपाल बिद्ध्यार्थी संघ केन्द्रिय क्याम्पस हात्तीसार धरानले केही महिना अगाडि आयोजना गरेको अन्तर सन्काय बास्केट बल प्रतियोगितालाई प्रमुख अतिथीको रुपमा उद्घाटन गर्दै गर्दा मैले फालेको बल थ्री पोइन्ट स्कोर भएको थियो । उक्त अवसरको केही तस्बिरहरु यहाँ राखेको छु ।

Wednesday, June 18, 2014

धरान नगरको चौतर्फी बिकास, कांग्रेस र नगर पलिकाको निर्वाचन

संबिधान सभाको सफल निर्वाचन पस्चात अहिले मुलुकको राजनीति स्थानिय निकायको चुनाव तर्फ केन्द्रित भएको छ ।प्रमुख दलहरुले आफ्नो घोषणा पत्रमा नै संबिधान सभाको निर्वाचन भेएको छ महिना भित्रमा स्थानिय चुनाव सम्पन्न गर्ने भनेर लेखेको कुरा र बर्तमान आवश्यकतालाई आधार मान्ने हो भने अब स्थानिय चुनाव निकट आइसकेको छ । स्थानिय सरकारको रूपमा परीचित जिल्ला बिकास समिती , गाँउ बिकास समिती र नगर पालिकाको पछील्लो पटक २०५४ सालमा निर्वाचन भएको थियो । त्यस यता यि निकाय अलपत्र ढंगले सन्चालन हुँदै आइरहेका छन । लोकन्त्रिक पद्दती अंगालेको देशमा यसरी दशक भन्दा बढी समय सम्म निर्बाचित प्रतिनिधि बिहिन अवस्थामा स्थानिय निकायलाई छाड्नुलाई राम्रो मान्न सकिदैन ।त्यसमा पनि धरान नगर पालिका जस्तो बिकासको गतीमा अगाडि बढीरहेको नगर पलिकामा त निर्बाचित प्रतिनिधी बिहिन अवस्थालाई प्रतिकुल नै भन्नु पर्छ । कर्मचारी द्वरा नगर पालिका सन्चालन हुँदा जनता सँग प्रत्यक्ष जोडीएको बिकास निर्माण प्रकृयामा राम्रो टेवा पुग्दैन । जनताको तर्फबाट निर्वाचनको माध्यमबाट पठाइएका प्रतिनिधीहरुले जस्तो निर्णय लिन पनि कर्मचारीले सक्दैनन् ।

Sunday, June 8, 2014

बर्तमान



जीवन नै आन्दोलन भई सक्यो
यहाँको बेथिती देख्दा
बिद्रोहको बिगुल फुक्न सक्ने
असली बिद्रोही कहाँ छ ?

आराजकताको शासन भित्र
अन्धो मान्छेको न्याय छ
किन अन्त्य गर्नु पर्छ र?
दण्डहिनता नै प्यारो छ ।



Saturday, June 7, 2014

गीत

बिहानीको किरण सँगै आउने बाचा बिर्सिदियौ कि 
उषाले नै पो तिमीलाई आउन रोकिन भन न !

आज सम्म आशामा जिउने कोशीस गरेको छु 
भोलीको प्रभातमा तिम्रो साथ हुन्छ भन न !

जीवनको उकालीमा लौरो बनी आउने तिमी नै 
तिमी नै नहुँदा कसरी म त्यहाँ जाउ भन न !

Wednesday, June 4, 2014

गीत

जिन्दगीको दोबाटोमा छैन मलाई चौतारी हो ।
एक्लै हुँदा कल्पी बस्ने सधैं हिड्छु भौतारी हो ।।

साथ खोज्दा तिम्ले मलाई किन दिन्छु भनेको थ्यौ ?
जीवनको यो गोरेटोमा अहिले कहाँ हराइ गयौ ।।

साथी संगी नाता छोडि अलप भइ  हराएका छन ।
कुनै दिन फेरी मलाई आफ्नो भनी आउने हुन कि ।।

 दुईदिनको यो चोलामा धेरै खुशी मलाई छैन ।
                                                                           दु:ख पनी राम्रो लाग्छ सफर काट्न गर्हो छैन ।।




Tuesday, June 3, 2014

नेपाली राजनीति र युवा



आज हाम्रो देश एउटा संक्रमणको अवस्थाबाट गुज्रीरहेको छ । यहाँ रहेका राज्यका हरेक अंगहरुमा न्यायोचित र समयोचित परिवर्तन महसुस गरिएको छ । राजनीतिक परिवर्तन भएको छ । पुराना पद्दती र यथास्थितीलाई प्रगतिशिल र अग्रगामी तरिकाले फेरिएको छ । संबिधान निर्माणको प्रकृया चालु अवस्थामा छ । यि सबै कार्यहरु हुने र भएका चरणमा हामीले बारम्बार सुन्दै, बहस र चर्चा गर्दै आएको शब्द भनेको " युवा " हो । युवा सहभागीता , युवालाई नेत्रित्व , युवाको प्ररिनिधित्व आदी कुराहरु अहिलेको समयमा धेरै सुनिने र प्रयोग गरिने वाक्यांश हो । यथार्थ पनि यही नै हो । आजको यो अत्यन्त जटिल र पुरानो फालेर नयाँ निर्माण गर्ने संक्रान्तिको अवस्थामा नेपाललाई चाहिएको पनि युवाहरुको उत्साह ,जोश र उर्जा हो ।

Wednesday, May 7, 2014

स्थानिय निर्वाचन र कांग्रेस



  
                  आहिले मुलुकमा स्थानिय निर्वाचनको चर्चा शुरु भएको छ । केही राजनीतिक दलहरुलाई अपबाद मान्ने हो भने सबै दलहरु स्थानीय चुनावको तयारीमा ब्यस्त छन । स्थानिय राजनीतिक नेता कार्यकर्ता आफु गाबिसको अध्यक्ष्य , उपाध्यक्ष्य वा नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेद्वार हुने दौडधुपमा लागेका छन । वडा देखी जिल्ला बिकास समिती सम्मका लागि चुनाव हुने भएको हुनाले अहिले दलहरु तथा तिनका कार्यकर्ता अत्यन्त ब्यस्त देखिन थालेका छन । अझ बर्तमान सरकारले स्थानिय चुनावलाई प्राथमिकतामा राखे पछी यस्तो चहल पहल तिब्र हुनथलेको स्पस्ट देखिन थालेको छ ।पार्टीहरुको बैठक बसीरहेको छ । जनता माझ पनि बिभिन्न बहानामा पुग्ने कार्य शुरु गरिसकेका छन । यि सब राजनीतिक चहलपहलको उद्देस्य निकट भबिस्यमा सम्पन्न हुने भनिएको स्थानिय निर्वाचनमा आफ्नो दलको उम्मेद्वारलाई जिताउनु नै हो । नेपाली कांग्रेस पनि यसै परीपेक्ष्यमा अत्यन्त ब्यस्त छ । कांग्रेसले स्थानिय निर्वाचनका लागि मुलुक भर तयारीको शुरु गरिसकेको छ । जिल्ला समिती मार्फत चुनाव लक्षित कार्यक्रम शुरु भएका छन भने पार्टी केन्द्रिय निती तथा प्रशिक्षण प्रतिस्ठानले यसैलाई प्रमुखताका साथ अगाडि राख्दै मेची महाकाली जागरण अभियान शुरु गर्ने बताएको छ ।भर्खरै सम्पन्न संबिधान सभाको निर्वाचनमा कांग्रेस बलियो देखिएकोले अहिले नै स्थानिय निर्वाचन भएको खण्डमा नेपाली कांग्रेसको बिजय हुने प्रशस्त आधारहरु देखिएको कांग्रेसले ठहर गरेको अनुमान गर्न सकिन्छ ।

Thursday, May 1, 2014

गीत

माया बिना संसारै मर्ने 
मायाकै लागि लौ जिउनु पर्ने
तिमी नै हौ माया कि खानि
जीवन सिंगार्ने मेरी मनकी रानी

कस्तो नियम हो यो बिधाताको
कसैले नसक्ने जिन्दगी बाँच्न
निधारमा लेख्ने कुन हो हात 

मेरो र तिम्रो बिचको नाताको                         

Wednesday, April 30, 2014

गीत

तिम्रो कुरा गर्ने साथी हुँ म
तिम्रो कुरा सुन्ने साथी हुँ म
दु:ख सुख दुबै पल मा
सँगै रुने हाँस्ने प्रार्थी हुँ म

हिजो तिमीलाई दुख्दा खेरी
आज तिमीलाई खुशी देख्दा
तिम्रो साथमा सधैं हुने
विश्वासिलो साथी हुँ म

Friday, April 25, 2014

महाकुम्भको दर्शन र स्नान तीन दर्जन तस्बिरहरुको सँगालो समेत

      
     आज बिसं २०७१  बैशाख १२ गते शुक्रबार  बिहान सखारै उठेर महाकुम्भ मेलामा स्नान गर्न सपरिवार बराहक्षेत्र गाबिसको चतराधाम जानको लागि हामी तयार भएका थियौ  । हामी जम्मा ८ जना ,काका लोकेन्द्र अनी काकी तारा साथमा यसु र लक्ष्मी पनि त्यस्तै भिमा काकी पनि साथ हुनुहुन्थ्यो । म सँगै छोरा बिभव र राधा थिए । एक घण्टाको यात्रा पछी चतरा पुगियो । बिहानै हिंडेको हुनाले अन्य सवारी साधन फाट्ट फुट्ट मात्र भएकोले धुलो खानु परेन ( स्मरण रहोस् धरान देखी चतरा सम्मको बाटो कच्ची छ )। बिहानीको समयमा पुग्दा आफ्नो सवारी साधन नदी सम्म नै पुर्याउन पाइदो रहेछ । अत्यन्त रमाइलो बातावरण थियो नदी किनारमा । कुम्भ स्नानका लागि आएका नरनारिहरु कोही त्यसै बसेका , हिंडेका तथा धेरै जसो स्नानमा ब्यस्त देखिन्थे । सात वटा नदी मिलेर बनेको सप्त कौशिकी नदी आफ्नो नियमित गतीमा अविरल बगिरहेको द्रिष्य अत्यन्त मनोरम थियो । स्वच्छ निलो पानी सललल बगेको देख्दा कसको मन बिभोर नहोला । मेला ब्यबस्थापन पक्षले संभावित दुर्घटनालाई मध्य नजर गर्दै सक्दो सुरक्षा र बचावको काम हुने तारताम्य मिलाएको रहेछ । नदीमा बासको घेरा देखी लिएर जीवन रक्षक प्रहरी तयार पारीएको रहेछ ।

Wednesday, April 23, 2014

निजी बिद्ध्यालयमा अभिभावकको नियती



 शैक्षीक सत्र सुरुवात सँगै एक पल्ट फेरी निजी बिद्ध्यालय र अभिभावकहरु बिचको सम्बन्ध अनी भूमिका बारेमा चर्चा शुरु भएको छ । हामी देखी रहेका छौ निजी बिद्ध्यालयहरु संगठित हुँदै संस्थाको हितको नाममा शिक्षाको ब्यापारको पथमा राम्रो प्रतिफलका साथ अगी बढीरहेका छन । यस्ता बिद्ध्यालयहरु यो वा त्यो बहानामा अभिभावकहरु सँग चर्को शुल्क उठाउन माहिर छन । स्तरिय शिक्षा प्रदान गरिरहेको दावी गर्दै सकेसम्म पैसा सोहर्नु नै यिनिहरु एकमात्र उद्देश्य देखिएको छ । ऐन कानुन र सर्बोच्च अदालत समेतको निर्णय यिनिहरुका लागि फगत कगजका खोस्टा साबित भएको छ । न त शिक्षा ऐनले निजी बिद्ध्यालयहरुका लगानिकर्ताहरुलाई बाध्न सकेको छ न त न्यायपालिकाको फैसलाहरुले यिनिहरुको मनोमानिलाई रोक्न सकेको छ । पछील्लो समयमा आएर त झन निजी बिद्ध्यालयका लगानिकर्ताहरु खुल्लम खुल्ला सर्बोच्च अदालतको फैसलालाई चुनौती दिईरहेका छन । शिक्षा ऐन र नियमावलीले जे सुकै भनेता पनि निजी बिद्ध्यालय यि ऐन कानुनले केही गर्न सकेको छैन । यसको प्रमुख कारण भनेको शिक्षा बिभाग र संबन्धित जिल्ला शिक्षा कार्यालयहरुको उदासिनता नै देखिएको छ । त्यस्तै अभिभावकहरुको प्रभावहिन भूमिका पनि यसरी निजी बिद्ध्यालयहरुलाई मनोमानी गर्न प्रोत्साहित गर्ने अर्को अहम कारण हो ।

Saturday, April 19, 2014

कथा


                                                                                                        : विश्वेश्वरप्रसाद कोइराला
धेरै पुरानो कथा हो। त्यस युगको कथा हो जब यो पृथ्वीका मानिस देवलोकका देवतासँग प्रतिद्वन्द्विता गर्थे। देवताहरु पनि दानवसँग युद्धमा पराजित हुने भयले पृथ्वीमा अवतरण गर्थे र कहिले दधीचिको हाड मागी औ कहिले दशरथसँग सहायताको प्रार्थना गरी विजयन्मुख दानवलाई परास्त गर्न समर्थवान् हुन्थे। आजकालका ब्राह्मणहरुजस्ता ती देवताहरू पनि उच्च पदमा आफूलाई आरूढ पारिराख्न आफूभन्दा साना जातिका मनुष्यको कुनै प्रकारको पनि सहायता लिन सङ्कोच मान्दैनथे, तर जब तिनै मनुष्य तपस्याद्वारा देवपदमा पुग्ने सुप्रयत्न गर्थे, देवताहरुको निम्ति यो असह्य हुन्थ्यो। त्यसो हुनाले देवताहरु सांसारिक मोह-मायालाई त्याग गरेर घोर जङ्गलमा तपस्या गर्न गएका ऋषिहरुको तपस्या भङ्ग गर्न नाना उपाय गर्थे। तिनको सबभन्दा सफल उपाय थियो अप्सरालाई पठाई ऋषिहरुको तप्सयामा बाधा उपस्थित गराउनु। तिनैताक एउटा मनुष्य यथार्थ ज्ञान प्राप्त गर्न, जुन ज्ञानले देवपद प्राप्त गर्न सकिन्थ्यो, जङ्गल पसे।

Wednesday, April 16, 2014

रक्त दान किन गर्ने ??

धरानमा आयोजित एक रक्तदान कार्यक्रममा रक्तदान गर्दै !!

रक्त दान गर्न कुनै बिशेष कारण चाहिदैन ,
हाम्रो आफ्नो कुनै कारण भए पुग्छ !!!

*  हामी हाम्रा साथीहरुको आग्रहमा रक्तदान गर्छौ !
*  कुनै परिवारको सदस्य वा साथीलाई चाहिएको छ भने  रक्तदान गर्छौ !!
*  कोही यसलाई सही र मानविय कार्य ठान्छन र रक्तदान गर्छन् !!

रक्तदान गर्ने हाम्रो कारण जे सुकै भए पनि मुल कुरा चाहिएको अवस्थामा रगत उपलब्ध हुनु नै हो । रक्तदान गरेर मैले कसैको जीवन बाचाए भन्ने अनुभुतीले स्वर्गिय आनन्द प्रदान गर्दछ ।

Tuesday, April 15, 2014

दुई तस्बिरहरु


नेता शुशिल कोइराला   र अर्जुननरसिंह केसी को साथमा केही बर्ष अगाडि खिचेको बेग्ला बेग्लै तस्वीर !!

Monday, April 14, 2014

जिजीबिषा

काँचको प्रतिमा रहेछु म
एकै प्रहारमा चकनाचुर भँए
विश्वाशको भुमरिमा रुमालिंदा
एक्लै चक्रव्युहमा फस्न पुगें
जिजीबिषाको संजालमा हराए पनि  
निर्दयी माकुराले खान थालेको छ
लाग्छ म एउटा सुक्ष्म जीव हुँ
जसलाई अन्तरद्वन्दले खाइरहेको छ !!

हिजो आज त्यही चक्रव्युहबाट निस्कन नसक्दा
सुस्त सुस्त म खिइरहेको छु
कहिले यो क्रम समाप्त हुने हो
खिइने प्रकृया अबिरल चालु छ
शायद नदी किनारको कोमल माटो हुँ म
एउटा उर्लदो भेल सँग
बिस्तारै झर्दै बग्दै छु म
मेरो सम्पूर्ण धरोहरले कती थेग्ने
भयंकर उर्लदो भेलले
एक दिन बगाइ छोड्छ
अनी बाँकी रहन्छ उजाड बगर
जहाँ हरियाली हुने छैन
प्राकृतिक सुन्दरता हुने छैन
त्यस्तो जीवन के जीवन ??
जसमा कुनै जिव छैन
यस्तो बिशाल संसारमा
संजीवनी एउटै छ
जसलाई पाउने आशा छैन
त्यही पनि त्यही पाउने विश्वाशमा
निरन्तर बगिरहेछु धाराप्रवाह
खीइरहेको छु समान गतिमा
समप्त नहुन्जेलका लागि
अर्को बिहानिले स्वागत नगरे सम्म !!!
 

बिपिको मेल मिलाप र त्यसको बर्तमानमा सान्धर्बिकता





    सन्दर्भ राष्ट्रिय मेल मिलप दिवस को हो। ३७ बर्ष अगाडि बिपि कोइराला यही नाराका साथ निर्बासनबाट स्वदेश फर्कनु भएको थियो। वहाँ सँगै धेरै नेपाली कांग्रेसका नेताकार्यकर्ताहरु पनि नेपाल फर्केका थिए । २०३३ साल पौष १६ गते तदनुसार ३१ दिसेम्बेर १९७६ का दिन तत्कलिन राजा सँग आफ्नु गर्धन जोडीएको कुरा व्याख्या गर्दै कोइराला नेपाल आउनु भएको थियो। भारतमा रहदै आउनु
भएको नेता कार्यकर्ता हरु सँगै नेपाल फर्कनुपर्ने कारण राष्ट्रियता सँग जोडीएको थियो । तत्कालिन सकृय राजतन्त्र सँग कांग्रेसको घाटी जोडीएको कुरा अहिले को सन्दर्भमा राजा परस्त हुने भए पनि त्यो बेला यसले भिन्नै महत्व राखेको थियो । त्यती नै बेला पनि गणेशमान सिंह लगायतका नेताहरुले यो कदम को बिरोध नगरेका भने हैनन । तर बिरोध का बबजुद पनि बि पि को निर्णयलाई स्विकारेर वहाँहरु स्वदेश फर्कनु भयो।

Saturday, April 12, 2014

गीत

 फुल हास्यो
बसना छरीरह्यो
तिमी हास्यौ
मैले हेरीरहे
याद आउछ
रात बित्छ
जीवन हारीरह्यो
हारेको जिन्दगीको
पलपल तिम्रै हो
नासो यो सासको
मात्रै फेरिरहे !!

हाम्रो धरान



सांगुरी को उचाई बाट नियाल्दा
चरकोशे को सानो आंखा बाट चिहाउदा
सुन्दर देखिने हाम्रो धरान ,

झन अझ माथि सैलुंग बाट देखिने
शहरीया चमक
रात को कालो रंगमा
हराएको हुन्छ।
पूर्ब मा बग्ने जलपथ
त्यस्तै पश्चिममा देखिने खोला
केबल बर्षामा यहाँ उत्पात गर्छन
धराने ता ककाकुल जीवन बाच्न बिबश छन
माथि बग्ने नमस्ते झरना को कलकल
केबल मृगमरीचिका हुन्छ यहाँ।
बिकाश आचार्य
27-07-2069

Friday, April 11, 2014

गिरिजा प्रसाद कोइराला र सुनसरी कांग्रेस





          सुनसरी जिल्लामा कांग्रेसको संगठन र गतिविधिहरुलाई फर्केर हेर्दा यो नेपालकै एउटा यस्तो जिल्लाको रुपमा देखिन्छ जसको नेत्रित्व प्रारम्भमा स्वयम जननायक बिपी कोइरालाले गर्नु भएको थियो । मोरङ र भरतको बिहार राज्य सँग जोडीएको सुनसरी जिल्लाले प्रत्यक्ष रुपमा बिपी र गिरिजा प्रसाद कोइरालाहरुको नेत्रित्व र अभिभावकत्व पाइआएको थियो । यस जिल्लाका दक्षीणी गाउँहरुमा स्वयम नेपाली राजनीतिका शिखर ब्यक्तित्व, पुर्व प्रधानमन्त्री एबम नेपाली कांग्रेसका पुर्व सभापति स्व गिरिजा प्रसाद कोइराला संगठन गर्न अहोरात्र खटीनुहुन्थ्यो। गिरिजा प्रसाद कोइरालाका पैतालाका डोबहरु अनी वँहाले गूडाएको साइकलका पांग्राको निशानको प्रतिफल सुनसरीका गाउँहरुमा अझै पनि नेपाली कांग्रेसको संगठन सशक्त रुपमा देख्न सकिन्छ । वहाँले रोपेको कांग्रेसको रुख यस जिल्लामा बिशाल वटब्रिक्षको आकारमा फैलिएर रहेको छ । पुराना कांग्रेसका कार्यकर्ताहरुलाई सोध्दै जाँदा बडो दु:खले यहाँ संगठनलाई बिस्तार गरेको यथार्थ पाउन सकिन्छ ।  

धरान , ग्रामीण पर्यटन र "होम स्टे"



                

           पर्यटकिय दृष्‍टिकोणले धरान तथा यसको आसपासको क्षेत्र अत्यन्त आकर्षक र मनोरम छ । यहाँको रहनसहन , धर्मिक सम्पदा र प्राकृतिक सुन्दरताको महत्वलाई हामीले त्यसको अवधारणा बिकसित गर्न सक्नु पर्छ । धरान आँफैमा एउटा सुन्दर शहरहो । यहाँका धेरै कुराहरुले पर्यटकहरुलाई आकर्षण गर्न सक्ने देखिन्छ । बिजयपुरलाई धरानको प्रमुख आकर्षणको केन्द्र बनाउदै यहाँको धर्मिक मठ मन्दिरको प्रचार प्रसार गरेमा धरान सबैतिर चर्चाको बिषय हुन जान्छ । यसका आतिरिक्त यसको वारीपरी को बिष्णुपादुका , बराहक्षेत्र र भेडेटारलाई अनी यसको वरीपरीको गाँउ बस्तीलाई पर्यटनको अवधारणामा तान्न सकिने देखिन्छ ।   

जीवन के हो?




                                                                           


शैशवावस्थाको  चंचलता
अबोध मष्तिष्क भित्र
बालपन झल्कदो
अरुले ब्यक्त गरेका भावना ,

                                                                                भाषा र बिचारहरू
                                                                                        अनुशरण गर्ने -
                                                                               काल पनि यही जीवन।


मेरो बारे


मेरो व्यक्तिगत विवरण

नाम : बिकाश आचार्य

ठेगाना :साइ मार्ग , धरान -४

बुवाको नाम :जीवन प्रसाद आचार्य

आमाको नाम :स्व . देविका आचार्य

धर्म पत्नी :राधा रेग्मी आचार्य

छोरा : बिभव आचार्य


सम्पर्क

बिकास आचार्य
धरान -4
साइ मार्ग
025-522311
9842038279
bikashdharan@gmail.com

Thursday, April 10, 2014

मेरो स्मृतिको पानामा गिरिजाप्रसाद कोइराला


                 
विकास आचार्य

भू.पू. अध्यक्ष ने.वि. संघ सुनसरी

      हाल ने.का. जिल्ला सह सचिब सुनसरी
                प्रगतिमन विरुद्धको आन्दोलन निरन्तर जारी थियो । आन्दोलन कै एउटा अंशको रुपमा नेपाल विद्यार्थी संघको राष्ट्रिय भेला काठमाडौंमा आयोजना गरिएको थियो । प्रसङ्ग त्यस घडीको हो जब पूर्व राजा ज्ञानेन्द्रले देशको सम्पूर्ण निर्वाचित अङ्गहरुलाई प्यारालाइज्ड बनाएका थिए । स्थानीय सरकारको समयावधि सकिएको अवस्था थियो, प्रतिनिधि सभा विघटन गरिएको थियो, यहाँ सम्मकी विद्यार्थी राजनीतिको धरोहर स्वतन्त्र विद्यार्थी युनिनको निर्वाचन पनि हुन नदिने जस्तो घोर अलोकतान्त्रीक क्रियाकलापहरु मुलुकमा हावी भइरहेको थियो ।  लोकतान्त्रिक संरचनाहरु भत्काउँदै निरंकुशता थोपर्ने ज्ञानेन्द्रको षड्यन्त्र मुलुकमा क्यान्सर फैलिए झैं फैलिँदै थियो । 

Wednesday, April 9, 2014

नेबिसंघले आयोजना गरेको खुला चित्रकला प्रतियोगिता

केन्द्रिय प्रबिधी क्याम्पस हात्तीसार नेबिसंघले आयोजना गरेको खुला चित्रकला प्रतियोगिताको उद्घाटन समारोहको अवसरमा विद्यार्थी नेताहरु सँग फोटो खिचाउदै गर्दा को क्षण !!

धरानबाट प्रकाशित हुने मर्निङ टाईम्स दैनिक २० मार्च को अंकमा म सँगको संक्षीप्त कुराकानी !!


कांग्रेस कार्यकर्ता बिकास आचार्य सुनसरीमा परिचित नाम हो । कांग्रेसी राजिनितीमा सकृय आचार्य हाल सुनसरी कांग्रेसको सहसचिब हुन । कांग्रेस जिल्ला सभापति राजिव कोइरालाले स्थानिय चुनावको तयारीका लागि भन्दै मनोनित जिल्ला सदस्यहरुलाई पदमुक्त गरेका छन । यसै सन्धर्भमा उनीसँग मर्निङ टाईम्स दैनिकले गरेको संक्षीप्त कुराकानी :

तिमी रुँदा पो मलाई दु:ख लाग्छ

एकान्तमा बितेका छन मेर रातहरु ,
किन किन तिम्रा यादहरु आइरहन्छ मलाई ,
मैले मनले चाहेको हो तिमीलाई ,
शायद त्यसैले म मन परीन तिमीलाई !

तिमीलाई देख्दा आँखाबाट आसुँ झर्छन ,
दर्के झरिमा फूल टुक्री झरे सरी ,
तिमीले बिदा मागेकोमा दु:ख मनाउ छैन ,
तर तिमी रुँदा पो मलाई दु:ख लाग्छ !!

रेडक्रस सुनसरी को ३९ औं जिल्ला सभा

नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखाको ३९ औं जिल्ला सभामा मायाको चिनो लिंदै !!

सुनसरीको बराहक्षेत्र गाबिसको चतरामा हुँदैगरेको महा कुम्भ मेलाको उद्घाटन समारोहको अवसरमा प्रधानमन्त्री र मन्त्रिहरु !



सूचनाको हकको प्रयोग



सामाजिक अभियन्ता राधाकुमारी राईले आफ्नो गाविसमा गठित एकीकृत योजना तर्जुमा समितिमा को को रहेछन् भन्ने थाहा पाउन चाहिन्।यसबारे जानकारी र अध्ययनका लागि सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३ अनुसार नामावली माग गरी निवेदन दर्ता गरेकी थिइन्। उनले त्यहाँ छुट्टै सूचना प्रदान गर्ने कर्मचारी भेट्टाउन सकिनन् तर खोजेको सूचना भने प्राप्त गर्न सफल भइन्। त्यसैगरी विद्यार्थी राजनीतिमा सक्रिय रमेश खड्काले आफ्नो वडाको सामुदायिक विद्यालयमा निर्माण हु“दै गरेको शौचालयमा अनियमितता भएको शंका गरे। अनि सो विद्यालयसँग सोही ऐनबमोजिम उक्त शौचालय निर्माण समितिको गठन विधि र नामावली एवम् कुल लागत रकम कति हो भनी माग गरे। विद्यालयमा छुट्टै सूचना अधिकारीको व्यवस्था त थिएन नै, उल्टै प्रधानाध्यापकले त्यस्तो सूचना गोप्य हुने र दिन नमिल्ने मौखिक जानकारी दिए। यसबाट रमेशले सूचनाको अधिकारबाट वञ्चित भएको ठाने।