Monday, April 14, 2014

बिपिको मेल मिलाप र त्यसको बर्तमानमा सान्धर्बिकता





    सन्दर्भ राष्ट्रिय मेल मिलप दिवस को हो। ३७ बर्ष अगाडि बिपि कोइराला यही नाराका साथ निर्बासनबाट स्वदेश फर्कनु भएको थियो। वहाँ सँगै धेरै नेपाली कांग्रेसका नेताकार्यकर्ताहरु पनि नेपाल फर्केका थिए । २०३३ साल पौष १६ गते तदनुसार ३१ दिसेम्बेर १९७६ का दिन तत्कलिन राजा सँग आफ्नु गर्धन जोडीएको कुरा व्याख्या गर्दै कोइराला नेपाल आउनु भएको थियो। भारतमा रहदै आउनु
भएको नेता कार्यकर्ता हरु सँगै नेपाल फर्कनुपर्ने कारण राष्ट्रियता सँग जोडीएको थियो । तत्कालिन सकृय राजतन्त्र सँग कांग्रेसको घाटी जोडीएको कुरा अहिले को सन्दर्भमा राजा परस्त हुने भए पनि त्यो बेला यसले भिन्नै महत्व राखेको थियो । त्यती नै बेला पनि गणेशमान सिंह लगायतका नेताहरुले यो कदम को बिरोध नगरेका भने हैनन । तर बिरोध का बबजुद पनि बि पि को निर्णयलाई स्विकारेर वहाँहरु स्वदेश फर्कनु भयो।

 भारतमा इमर्जेन्सी लागेको सो कालमा त्यहा बस्नु समग्र रूपमा पार्टी र स्वयम् नेताहरुको लागि पनि प्रत्युद्पादक थियो । साधारण मनिसले बिचार  गर्दा पनि बिदेशमा थुनिनु भन्दा स्वदेशमा थुनिनु राम्रो हुन्छ । अझ तत्कलिन समयमा बङलादेशमा ठुलो काण्ड भएकोथ्यो भने सिक्कम लाई पनि भर्खरै भारतको एउटा प्रदेश बनाइएको थियो। शीत युध्दकालिन समयमा त्यो कुरा नेपालको लागि पनि शुभ संकेत थिएन । नेपालको राष्ट्रियता माथि पनि खतरा थियो। त्यही कुरा लाई आत्मसात गरी कोइरालाले बरु नेपाल मा बन्दी जीवन बिताउने तर भारत नबस्ने निर्णय गर्नु भएको थियो। लोकतन्त्रबादी र राजा बिचको खाडलमा भारतले खेलेर हाम्रो राष्ट्रियता माथि नै धावा बोल्ने खतरा महसूस गरेर बिपी ले मेलमिलाप को निती अघी सार्नु भएको थियो । वहाँ लाई थाहा थियो नेपाल प्रवेश गरे लगत्तै वहाँ लाई पक्राउ गरिनेछ , अझ वहाँलाई फांसी दिनुपर्छ भन्ने हरु पनि नेपाल मा शक्ती मा थिए तर वहाँ ले यसको परवाह नगरि आफ्नु जीवन भन्दा राष्ट्रिय अस्मितालाई सर्वोपरी ठानी नेपाल फर्कनु भएको थियो। कोइरालाको राजा सँग घाटी  जोडीएको भन्ने  कुरा लाई हल्का रूपमा लिएर राजा को कोमल घाटिमा त्यसको क्यान्सरले ग्रस्त घाटी जोड्ने कुरा हुनै नसक्ने भनी प्रचार पनि भएको हो।एक वाक्यमा भन्नु पर्दा फुटेर भन्दा जुटेर राष्ट्रियता को रक्षा हुन्छ भन्ने वहाँ को आशय थियो ।

बिपिको त्यो निती हाल सम्म पनि समय सापेक्ष देखिएको छ । राष्ट्रिय अस्मिता र अखण्डता अहिले अफ्ठ्यारोमा परेको छ । मुलुक पुनर्सन्रचना को बहानामा यहाँ को सध्भाव बिथोल्ने नराम्रो प्रयास हरु भाईरहेको छ । जतिय रुपमा मिलेर बसेका जनताहरु लाई खन्डित पार्ने दुस्प्रयासहरु भै रहेको छ ।पहाडमा आगो बाल्ने प्रयास गरिदैछ भने मदेशमा त्यस्तै गरिदैछ । हिमाल, पहाड र तराइको सुमधूर सम्बन्ध माथि खेलेर अस्तब्यस्त पर्ने खेल भैराखेको छ । भारत , चाइना अनी युरोपिन देश हरु पनि यहाँ खेल्न चाहेको आभा हुन्छ । यहाँको राजनीतिक पार्टी हरु लाई पनि बेग्ला बेग्लै बाटोमा डोर्याउने प्रयास गर्छन् बिदेशी शक्ती हरु , त्यसैले हामी बिचमा, यहाँ का दलहरुको बिचमा मेलमिलापको आज पनि आवश्यकता छ । हामी अहिले जुन बाटो बाट राष्ट्रलाई हिडाइ रहेको छौ त्यस्ले हामीलाई गन्तव्य सम्म पुर्याउदैन । संबिधान सभाको अवसान पछी आज सम्म जती हिंडेपनी हामी एकै ठाउँमा छौ । यहाँ को राष्ट्रिय सहमति भ्यगुताको धार्नी सबित भएको छ । एक छिन सोचु त हामी आफ्नु स्वार्थ त्याग गरेर  मुलुक को स्वार्थलाई अङगाल्ने हो भने हामी कतै न अल्मल्ली निकासको बाटो मा अगी बढ्न सक्थ्यौ । यहाँ नै हो हामी ले पुन बिपी कोइराला लाई सम्झेर वहाँ ले ३७ बर्ष अगाडि सार्नु भएको राष्ट्रिय मेल मिलाप को निती आपनाउने । सहमतिको प्रयास गरी रहेका दलहरुलाई यो नै सफलताको मन्त्र सबित हुन सक्छ ।  बिपिको जस्तै दुर्दर्शिता अहिलेका नेताहरु ले देखाउन सक्नुपर्थ्यो तर हाम्रा कुनै नेतामा त्यो गुण देखिएको छैन । बिदेशिको स्वार्थ वा दलगत स्वार्थ भन्दा माथि उठेर राष्ट्रको लागि, जनताको लागि आफ्नो कर्तव्य निर्बाह गर्ने नेताको अहिले खांचो  छ । आजको संकट बाट नेपाललाई निकास दिने नेता नै वास्तवमा यहाँ महान सबित हुन सक्छ । मुलुकले सम्बिधान चाहीरहेको छ, शन्ती चाहीरहेको छ तर मेल मिलापमा हैन टुट्फुट र सम्बन्ध बिच्छेद को स्थितिमा यहाँका दलहरु देखीएका छन जुन हाम्रो लागि राम्रो हैन । तसर्थ आजै को मिती बाट बिपिको आदर्श लाई सम्झेर केबल उनको एउटा मेलमिलापको कदमलाई मात्र यहाँको सबै दलहरुले अङगाल्ने हो भने एक क्षणमा यहा सहमति हुन सक्छ ।  सत्ताको लोभमा राष्ट्रलाई अनिर्णयको बन्धी कतीन्जेल बनाउने भन्ने कुरो सबैले बुझ्न जरूरी छ। राष्ट्र रहे मात्र दल रहन्छ , नेता हुन पाईन्छ भन्ने कुरालाई किन सोच्दैनन आजका नेताहरु? मुलुकमा द्वन्द श्रीजना गरेर , मुलुक भावनात्मक रुपमा टुक्रा टुक्रा पारेर कसलाई फाईदा हुन्छ ?अहिलेको शान्ती केबल स्मशान शान्ती मात्र हो । यस्तै स्थिती लामो समय सम्म रहेमा यहाँ धेरै अप्रिय घटनाहरु हुन सक्छ । राजनीतिक दलहरु यसकुरामा सचेत हुन जरुरी छ ।     

  बिपी कोइराला जस्तो महान र दुरदर्शी नेता ले यती सरल ढंगमा यती गहन कुरा अगाडि सार्नु भएको छ कि यो मेल मिलापको निती जहाँ पनि लागु गर्न सकिन्छ । हुन त झै झगडा कलह कतै पनि राम्रो कार्य हैन मिलेर बस्नु नै उत्तम हुन्छ तर राजनीतिमा यस्लाई अली भिन्नै रुप मा हेर्नु पर्ने हुन्छ । बिभिन्न बिचारहरुलाई  आदर्श मानेर राजनीतिको सुरुवात भएको हुन्छ । दलगत स्वार्थ र ब्यक्तिगत स्वार्थ भन्दा पर जब मुलुक को राष्ट्रिय स्वार्थ को कुरा आउछ तब मेल मिलाप को त्यहा सन्धर्विकता देखिन्छ । हाम्रो मुलुकमा भएका सबै दलहरु राष्ट्रिय मुद्दाको सवाल मा कती मिलेका छन त्यो अहिले चर्चा नगरौ किन कि त्यो घाम झै छर्लङग छ । यहाँ चर्चा गर्न खोजिएको कुर बिपी ले सिन्चित गर्नु भएको पार्टी भित्र को मेल मिलाप को कुरा हो । बि पि को आफ्नु पार्टी नेपाली कांग्रेस मा अन्तरिक रूपमा जती पनि अन्तर्कलहहरु देखिएका छन ति केबल प्रतिस्पर्धा मात्र हो । बहिर प्रचार गरे जस्तो उग्र झगडा त्यहा भएको हुँदैन तर जनतामा आधारित पार्टी भएको ले गर्दा ति कुरा जनता सम्म आइपुग्दा बढेका मात्र हुन । एउटा लोकतान्त्रिक पार्टीमा सभ्य प्रतिस्पर्धा हुनुलाई अन्यथा लिनु पनि हुँदैन । उदाहरणको लागि पछील्लो पटक पार्टीको तर्फबाट प्रधानमन्त्री को नाम अगाडि ल्याउने बिषयमा हेर्दा , जुन ढंगले कुरा अगाडि आएका थिए त्यो भन्दा भिन्नै अभुतपुर्ब एकताका साथ पार्टीले नाम प्रस्तुत गरेर मेलमिलापको सन्देश दिएको हो। नेताहरुले आफ्नु स्वार्थ भन्दा र पार्टी को स्वार्थ भन्दा मुलुकको स्वार्थ लाई महत्व दिएको यो गतिलो उदाहरण पनि हो। यहाँ हामीले सम्झनु पर्छ समग्र रूपमा पराजयको पूर्वनुमान हुँदाहुँदै पनि दलको भन्दा राष्ट्रको लागि गिरिजा प्रसाद कोइरालाले पनि संबिधानसभाको निर्वाचन गरको हैन? खै अहिले आफुलाई सब भन्दा ठुलो पार्टी भन्न रुचाउने ले स्वार्थ त्याग गर्न सकेको? पार्टी फुटेको र सब भन्दा अलोकप्रिय भएको हुनाले पराजित हुने दरले चुनाव नगराउने खेलमा लागेको जनताले बुझेका छैनन र?
       
तसर्थ मुलुक को लागि बिपी कोइरालाको यो राष्ट्रिय मेल मिलापको निती आज पनि उतिकै सन्धर्भिक छ र भबिस्य सम्म पनि सान्धर्बिकनै रहनेछ । यो कुरालाई मुल मन्त्र मानेर मुलुक हाँक्ने नेताहरुले निर्णय गर्ने हो भने बर्तमान संकट बाट सजिलै हामी निस्कन सक्छौ नत्र कती समय सम्म हामी यस्तै गोलचक्करमा अल्मलिने छौ ।   

                                                      बिकास आचार्य
सह सचिब
नेपाली कांग्रेस सुनसरी

No comments:

Post a Comment