शैशवावस्थाको चंचलता
अबोध मष्तिष्क भित्र
बालपन झल्कदो
अरुले ब्यक्त गरेका भावना ,
भाषा र बिचारहरू
अनुशरण गर्ने -
काल पनि यही जीवन।
यथास्थितिमा रुमल्लिएको
दुइचार आफ्ना आदर्शका कुराहरु
साथमा कैयौ अरुका दर्शन हरु
भावना शून्य -
दैनिक जीवन यापन गर्ने
साधारण दैनिकी नै पनि -
हो रहेछ जीवन !
यो भौतिक देहलाई
निरन्तर यन्त्र सरह
चलाई रहने कला
गांस, बास कपासको माकुरी जालोमा
नराम्ररी जकडिएको
निरीह जिव पनि -
हो रहेछ जीवन !
आफ्नो जन्मलाई सार्थक बनाऊन
असीम परिश्रम गरेर
अनेकानेक ज्ञान बिज्ञानको खोजमा
भौतारी रहेको जिव
लाग्छ , सफलतामा गंतब्य देखिन्छ
अस्फलताले तुष्टि दिदैन
यही ज्ञानको शिकार पनि त
हो रहेछ जीवन !
भावनाले जन्म लिईसकेपछि
कल्पनामै रुमल्लिने दिनचर्या
सुखद अन्त्य भए राम्रो
दुखद भए परवाह छैन
प्रेमको सगरमा डुबुल्की मार्दै
चली रहेको छ जीवन !
अर्को पाटो हेर्दा
यही भावनाको हत्या हुंदा
स्वयं देहत्यागको पथ रोज्ने
कायर मानसिकताको धनि
अनि
त्यस्तै मानसिकतालाई नै लत्तो छाड़ने
झन अर्को बिशाल जीवन बिकृति
पनि हो रहेछ जीवन!
अर्को तर्फ -
भोग बिलासलाई नै अपनाउने
जीवनलाई मिलनको परिणाम ठान्ने
वासनाको खेलमा अल्मलीइरहेको
आसुरी मष्तिष्कले ओगटेको
एउटा अर्को बाटो पनि
हो नि त जीवन !!!!
'लक्ष्मी सड़क का कविता' कविता संग्रह को पन्ध्रौ संकलन मा प्रकाशित मेरो कविता ..........

No comments:
Post a Comment