Tuesday, July 1, 2014

मेरो बंश

कौडिन्य गोत्री आचार्य बंशको ३९ औं पुस्ता को रुपमा म बिकास आचार्य रहेको छु । आदी कालमा जुम्ला आएका श्री सच्चीदानन्दका बंशज हामी आचार्यहरु आज विश्वको हरेक कुनामा छरिएर रहेका छौ । यहाँ म मेरो बंशजहरुको क्रमिक नाम एबम बिशेष घटना उल्लेख गर्न चाहन्छु ।
१)श्री सच्चिदान्द
२)श्रीकृष्ण शर्मा
३)मणिराज  ( बिधु शर्मा रेग्मी कि छोरी शुभद्रा सँग विवाह गरेर बाजुरामा बसे । )
४)काशिराम (बाजुराबाट निस्केर घुम्दै ढोर भन्ने प्रदेश पुगी त्यहाका राजालाई रिझाइ लम्जी गाँउ पाइ त्यही बसे ।  )
५)बशिष्ठ
६)नारद
७) भ्रीगु
८)शिवजी
९)बिष्णु आचार्य
१०)प्रतिमना
११)प्रिथु
१२)गोपाल आचार्य

१३)हिरामणी  आचार्य
१४)शुकदेव  आचार्य
१५)प्रयाग आचार्य
१६)पर्शुराम आचार्य
१७)गोबिन्द आचार्य
१८)हरिभक्त आचार्य
१९) श्रीकृष्ण आचार्य
२०)भानु आचार्य
२१)बेदु आचार्य
२२)गोकुल
२३)बिश्वामित्र
२४)गया
२५)सागरान्द (सागरन्दका दुई छोरा देवराज र सुर्योपाध्या हुन , सुर्योपाध्या आदीकवी भानुभक्तका बंश हुन )
२६)देवराज [ देवराजका तीन छोरा थिए । वेदराज (दिक्षित बंश ), गंगाराज (खोटाङ खाम्तेल बंश ) लक्ष्मीराज (नुवाकोट थानसीं बंश )]
२७)लक्ष्मीराज
२८)निधीराज (नुवाकोट छोडि थान सिं आए )
२९)लालुनाथ (लुतुपाध्ये)
३०)पूर्णानन्द
३१)देवनारायण(देवनारायणको धेरै समय सम्म सन्तान नहुँदा निजकी पत्नीको सल्लाह अनुसार आफ्नै वैकल्या (बिवाह गर्ने बग्दान भईसकेपछी वर मर्नाले वा अन्य कारण बिवाह हुन नसकेकी स्त्री )  साली भित्र्याए । तिनै साली तर्फ बाट नरोत्तम (बिषन जैसी )को जन्म भयो । यहाँ देखी हामी जैसी बंश भयौ । )  
३२)नरोत्तम (नरोत्तमको अब्जना देवीसँग बिवाह भयो । शुकदेव भन्ने छोरा र शुशिला भन्ने छोरी जन्मिए । शुशिलाको ६ बर्षको उमेरमा ढुंगाना थरी सँग बिवाह भयो । बिवाह पछी माइतिमै बसेको बेला बैशाखे पुर्णिमाको दिन गोठधुप थियो  । रमाइलो गर्दै दाजु बहिनी भर्याङग तलमाथी गर्दै खेल्ने क्रममा दाजु शुकदेवको ठक्करबाट बहिनी शुशिला भर्याङगबाट लड्दा दुध उम्लिरहेको खड्कुलोमा परी मरिन । यसरी गोठधुपका दिन दुधमा डुबेर मरेकी हुनाले हाम्रो बंशमा घरमा पालेको गाई भैंसीको दुधको खीर पकाएर खानु नहुने चलन छ । यता शुशिला , शुकदेवका कान्छा छोरा रामचन्द्रका आंगमा म वायु हुँ भनी उत्रीइन र बक्न थालिन । म सात पुस्ता  सम्म यही माइती घरमा नै रहन्छु , परम्परागत कुल मान्न दिन्न , कुनै ठुलो कार्य गर्दा मलाई चोली मजेत्रो चाहिन्छ अन्यथा कुल मन्ने गरेमा यो बंशमा अनिष्ट हुनेछ भनेर श्राप दिएकी र वायु उद्दार बिधी समेत बताएकी हुनाले सात पुस्ता सम्मको पर्खाइ पछी सातौ पुस्ताका रामा कुमार आचार्यले ईलामा जिल्लाको पशुपतिनगर रुङसुङ खोलामा बिस २०२४ सालमा ठुलो यज्ञ गरी बिधी पुर्वक पूजा गरी खीर पकाउन शुरु गरिएको छ । शुशिला वायु पनि सन्तुष्ट भएको विश्वाश गरिएको छ । )    
३३)शुकदेव (शुकदेव नुवाकोटको थासीं छोडी परिवार सहित काठमाडौं हुँदै पुर्व तर्फ मकवानपुरमा बसोबास गर्न थालेका रहेछन । )
३४)देवऋशी (मकवानपुरमा पिता शुकदेवको निधन भएपछी देवऋशी आमा साथमा लिएर पुर्व लाग्ने क्रममा तमोर नदीको किनारको उत्तर तर्फ धनकुटाको सिबुवा भन्ने गाउमा बस्न पुगेका रहेछन । बिस १८७१-०६-१२-०५ को एउटा धर्मपत्र मुचुल्काको गछ पत्र अनुसार बिषन आचार्य जैसीका नाती शुकदेव आचार्य जैसीका छोरा देव्ऋशी आचार्य धनकुटा गौंडाको कारीन्दा भएर गाउमा नै नूनको ब्यापार गर्ने अनी ज्वानो मेथी जम्मा गरी पटना कोठीमा लाने गरी आएको देखिन्छ ।  )
३५)गजाधर आचार्य
३६)दाताराम आचार्य
३७)डी लक्ष्मीप्रसाद आचार्य
३८)जीवन प्रसाद आचार्य
३९)बिकास आचार्य
४०)बिभव आचार्य र अनुभव ( मेरो छोराहरु  )

मेरो बुढाहजुरबुवा  बुढीहजुरआमा दाताराम आचार्य र पवित्रा आचार्य 

मेरो हजुरबुवा हजुरआमा डि लक्ष्मी प्रसाद आचार्य र बिष्णु कुमारी आचार्य 
मेरो बुवा आमा जीवन प्रसाद आचार्य र देवीका आचार्य 
म अनी मेरी पत्नी राधा आचार्य 

बिभव र अनुभव आचार्य 






No comments:

Post a Comment