पर्यटकिय दृष्टिकोणले धरान तथा यसको आसपासको क्षेत्र
अत्यन्त आकर्षक र मनोरम छ । यहाँको रहनसहन , धर्मिक सम्पदा र प्राकृतिक सुन्दरताको महत्वलाई हामीले
त्यसको अवधारणा बिकसित गर्न सक्नु पर्छ । धरान आँफैमा एउटा सुन्दर शहरहो । यहाँका
धेरै कुराहरुले पर्यटकहरुलाई आकर्षण गर्न सक्ने देखिन्छ । बिजयपुरलाई धरानको
प्रमुख आकर्षणको केन्द्र बनाउदै यहाँको धर्मिक मठ मन्दिरको प्रचार प्रसार गरेमा
धरान सबैतिर चर्चाको बिषय हुन जान्छ । यसका आतिरिक्त यसको वारीपरी को बिष्णुपादुका
, बराहक्षेत्र र भेडेटारलाई
अनी यसको वरीपरीको गाँउ बस्तीलाई पर्यटनको अवधारणामा
तान्न सकिने देखिन्छ ।
पर्यटन भन्ने बित्तिकै हामी घुमघाम गर्ने भन्ने सोच्न
थाल्छौ । अझ धरान घुमघामको लागि अत्यन्त
राम्रो गन्तब्यहरु भएको स्थान हो । यहाँको
हरेक क्षेत्र पर्यटनको दृष्टिले उत्कृष्ट छ । बजारमा होस् या बजार बहिरको स्थानमा
, यहाँ पर्यटन फास्टाउदै गएको छ। पर्यटनले आर्थिक
रूपमा कुनै पनि स्थानलाई सबल बनाउन मद्दत गर्दछ । यसको सबैतिरबाट बिकास
गर्दै जानु हामी सबै को कर्तब्य हो। पर्यटनको बिकासले हामी सबैको बिकास गर्दछ
भन्ने सोचेर यसको प्रचार प्रसार र पूर्वधार निर्माण गरेमा
हाम्रो स्थानिय बजार , क्षेत्र र टोल छिमेकको
प्रचार हुनु को साथै समग्रमा हामी आफ्नै प्रगती गरिरहेको हुन्छौ । यहाँ उठाउन
खोजिएको कुरा स्थानिय स्तरमा पर्यटकलाई आकर्षण गर्दै उनीहरुलाई घर मा बास दिएर
"होम स्टे" को रूप मा अर्थिक लाभ गर्न सकिन्छ भन्ने हो भने अर्को तिर
पर्यटन भन्ने बितिकै अली भिन्नै किसिमको प्राकृतिक सुन्दरता अनी भौतिक निर्माणका
कला कृति मात्र नभएर अत्यन्त सरल र पहुचमा भएको "भिलेज टुरिज्म " अर्थात
ग्रामीण पर्यटन पनि हो भनेर ग्रामीण जनता लाई बुझाउन खोजिएको पनि हो।
धरानको हरेक क्षेत्रलाई
पर्यटकिय क्षेत्र को रूपमा बिकसित गर्न यहाँका सम्बन्धित निकायहरु लगिरहेछन । यहाको बिजयपुर र बजार दुबै लाई लक्ष्यित गरी
पूर्वधार निर्माण गर्न सकिन्छ । यहाँबाट गरिने पर्यटकिय कार्यक्रमहरु एक दिने देखी
रात बिताउने सम्मका गर्न सकिन्छ। रात बिताउनका लागि कुनै होटल नै हुनु पर्छ भन्ने
छैन , स्थानियवासिको घरलाई नै
पर्यटकको लागि "होम स्टे " को अबधारणामा बिकासित गर्न सकिन्छ । जहाँ भए पनि यसले राम्रो सँग पाहुनालाई सन्तुस्ट बनाउछ अनी घुमफिरको
समयमा घर को आनन्द दिने प्रयास गर्दछ ।हामी संसारको जुनै ठाउँमा घुम्न गए पनि घर
को जस्तो सन्तुश्टी र मज्जा कतै हुँदैन तसर्थ होम स्टे को योजनाले मनुस्यको त्यो
चहाना घर बहिर पनि पुरा गर्न सक्छ ।
धरान वरिपरीको ग्रामीण क्षेत्र पनि हरेक दृष्टि ले
सुन्दर छ । ग्रामीण सस्कृति , रितिरिवाजलाई
नजिकैबाट हेर्दा बेग्लै मजाको अनुभुती हुन्छ । शहरीया भिडभाड र कोलाहलबाट वाक्क
भएका हामीलाई ग्रामीण पारीबेशले आकर्षण गर्नु स्वभाभिकनै हो। धरानको पुर्व तिरको पानबारीमा लहलह क्षितिज
सम्म बाली झुलेको द्रिष्य कती मनमोहक हुन्छ । सिचाइको निम्ती मानब निर्मित कुलो , खानेपानीको लागि जनसहभागीतामा निर्माण भएको धारो ,
हलो जोतिरहेको द्रिष्य अनी त्यहा को खरको छानो र माटो ले बनेको घर , आँफै मा कती आकर्शक छ । त्यस माथि शहरीया मानबलाई त्यहा र
त्यहा को कुनै घर मा रात बिताउनु को आनन्द भिन्नै हुन्छ।
चराचुरुङीहरुको चिर्बिर ले झन मन लोभ्याउछ ।शहर ले दिने थकानबाट एक दुई दिन पर हट्न
यसले धेरै ठुलो भूमिका खेल्छ । अझ यस किसिमको पर्यटनलाई नै भनेर त्यहा सुधारहरु
पनि स्थानिय स्तरमा नै गर्न सकिन्छ । शहरियाहरुले किताबमा पढेको धेरै कुराहरु
प्रत्क्ष्य देख्न पाउने ब्यबस्था गर्न सक्यो भने त्यस्ले भिन्नै महत्व राख्छ ।
हामीले भुल्दै गएको सस्कार र सँस्क्रिति लाई जीवन्त राख्न यसले टेवा पुर्याउछ ।
बिकासको लहरले ओझेल बनाउदै लगेको चिजबिज सँग पुनर्परिचय गराउछ। ओदान , कुँडे,ठेकी ,मदानी जस्ता बस्तुसँग
धरान सँग जोडीएको पहाडले परिचय गराउछ भने खेत
, कुलो , आली जस्ता शब्दसँग धरान सँग जोडीएको तराइको क्षेत्रलेले परिचय गराउछ
।
यहाँ रहेका यस्ता धेरै पर्यटकिय महत्वका
स्थानहरुलाई बिकास गर्दै बिस्तारै अगाडि लग्न सकिने सम्बभावना छ । एकातिर त्यती
धेरै अर्थिक भार नपर्ने अर्को तिर स्थानियवासीलाई नै सकृय बनाइने हुनाले यस्को
सफलता शत प्रतिशत छ । स्थानिय रुपमा स्थानिय निकायले नै सबै काम गर्न सक्ने भएको
हुनाले यसलाई मुर्त रूप दिन अत्यन्त सजिलो पनि हुन्छ । उदाहरणको लागि हामी कुनै
पनि गाउँलाई लिन सक्छौ , त्यो स्थानलाई
पर्यटकिय क्षेत्र घोषणा गरी प्रचार प्रसारगरी त्यहाका वासिन्दालाई आफ्नो कार्य
बारे बुझाउनु सक्नु पर्छ । हरेक परिवारले आफ्नो घरमा सम्भब भएको संख्यामा
पर्यटकलाई पहुनाको रूपमा राख्न सक्नु पर्छ , जस बापत घरवालाले
अर्थिक आर्जन पनि गर्न सक्छन । गाउँ घर मा भएको पोखरी, रूख , मठ मन्दिर
इत्यादी लाई नै पर्यटकको आकर्शनको बस्तु बनाउन सकिन्छ । यती मात्र नभएर बिशाल अन्न
क्षेत्रमा लगाइएको बाली पनि शहरीय बातावरणमा हुर्किएको ब्यक्तिलाई मनमोहक लाग्छ , त्यती नै खुला ठाउँमा नुहाएर मज्जा लिन सक्छ । पहाडमा हो भने आकर्शक झरना, उकाली ओराली , पहाडी परिबेश
आदीले पहुना तान्न सक्नु पर्छ ।
हामीले
मनन गर्नु पर्ने कुरा के हो भने होटेलमा बस्दा खाँदा चर्को शुल्क तिर्नु पर्छ भने
माथि भने जस्तो होम स्टे मा खर्च अत्यन्त न्युन र न्ययोचित हुन्छ । घरेलु माहोल को अभाव हुने अनी असजिलो महसूस हुने हुदा
होटेल भन्दा होम स्टे को वतावरणले घर भन्दा टाँढा अर्को घर को अनुभुती दिन्छ ।
पर्यटकिय स्थलमा भएका वा नजिक रहेका
घरहरुमा पहुनाहरुलाई वासको ब्यबस्था गरिन्छ र त्यही परिवार सँग एउटा आफन्त को
जस्तो राखिन्छ। झन होटेल मा खान बस्न मन नपराउनेहरु को लागि त यो अत्यन्त उत्तम
बिकल्प हो। यसको अतिरिक्त होम स्टे ले त्यो स्थान मा मान्छे कसरी बस्दा रहेछन र
त्यहाको रहनसहन कस्तो रहेछ भन्ने कुरा को सहज जानकारी दिन्छ । साथै अत्यन्त
महत्वपूर्ण कुरा चै सुरक्षा को नै हो , किन कि यो बसाइ
त्यती नै सुरक्षित पनि हुन्छ ।
त्यसै गरी ग्रामीण पर्यटनले ब्यक्तीलाई भिन्नै
सन्तुस्टी प्रदान गर्छ । ग्रामीण पर्यटकिय क्षेत्रहरु मा हुने स्थानिय हाट बजार , मेला आदीमा रमाउन सकिन्छ भने त्यहा
हुने लोक भाकामा पनि आफु लाई भुलाउन सकिन्छ । खोलामा माछा
मार्ने सौखिनहरुले त्यसको प्रकृतिक मज्जा लिन सक्छन
अनी खेत को आली आली हिंडेर रमाइलो गर्नमन पराउने ले आफ्नो इच्छा पुरा गर्नसक्छन ।
ग्रामीण पर्यटनले
धरान नजिकका नचिनिएका गाउँहरुलाई पर्यटन सँग जोडेर सबै सँग परीचित गराउछ ।
त्यो स्थानलाई पर्यटक संगै भित्रिएको
बिकास सँग नाता कायम गराउछ । त्यसै गरी अर्थिक स्तर कमजोर भएकाहरुलाई पनि घुमफिरको
मौका र आँट दिलाउछ । उनिहरुलाई पर्यटनको लागि प्रोत्साहन दिन्छ । स्थानियवासीलाई
पनि पर्यटनको काममा जोडेर हिस्सेदार बनाउछ भने अहिले देखिको न्युन पर्यटकको संख्यालाई
बढाउन पनि माद्दत् गर्दछ । अत्यन्त महत्वपूर्ण कुरा त सुरक्षा र स्वच्छता नै हो जुन
ग्रामीण पर्यटन तथा होम स्टे ले प्रदान गर्दछ ।
तसर्थ आधुनिकता को जन्जालमा फसेका, शहरमा बस्ने
मान्छेहरु को गाउँ चिन्ने रहर लाई ध्यानमा राख्दै सरकार वा स्थानिय सरोकारवलाहरुले धरान र यसका छेमिकी
केही गाउहरुलाई ग्रामीण पर्यटन को क्षेत्र घोषणा गरेर त्यही आनुरूप बिकास गर्दै
लानु उपयुक्त छ । जस्ले गर्दा लोप हुन लागेका ग्रामीण कलकौशल , सँस्क्रिति आदी
को संरक्षण गर्दछ । सम्बन्धित गाउँलाई मुलुक भरी पारीचित गराउदछ , भने अर्को तिर
शहरीयालाई गाउँले पारीबेश सँग भिजाउन मद्दत् गर्दछ। सबभन्दा ठुलो उपलब्धी धरान
सबैतिर चर्चाको बिषय हुनेछ ।
-बिकास आचार्य
धरान

No comments:
Post a Comment