Monday, April 14, 2014

जिजीबिषा

काँचको प्रतिमा रहेछु म
एकै प्रहारमा चकनाचुर भँए
विश्वाशको भुमरिमा रुमालिंदा
एक्लै चक्रव्युहमा फस्न पुगें
जिजीबिषाको संजालमा हराए पनि  
निर्दयी माकुराले खान थालेको छ
लाग्छ म एउटा सुक्ष्म जीव हुँ
जसलाई अन्तरद्वन्दले खाइरहेको छ !!

हिजो आज त्यही चक्रव्युहबाट निस्कन नसक्दा
सुस्त सुस्त म खिइरहेको छु
कहिले यो क्रम समाप्त हुने हो
खिइने प्रकृया अबिरल चालु छ
शायद नदी किनारको कोमल माटो हुँ म
एउटा उर्लदो भेल सँग
बिस्तारै झर्दै बग्दै छु म
मेरो सम्पूर्ण धरोहरले कती थेग्ने
भयंकर उर्लदो भेलले
एक दिन बगाइ छोड्छ
अनी बाँकी रहन्छ उजाड बगर
जहाँ हरियाली हुने छैन
प्राकृतिक सुन्दरता हुने छैन
त्यस्तो जीवन के जीवन ??
जसमा कुनै जिव छैन
यस्तो बिशाल संसारमा
संजीवनी एउटै छ
जसलाई पाउने आशा छैन
त्यही पनि त्यही पाउने विश्वाशमा
निरन्तर बगिरहेछु धाराप्रवाह
खीइरहेको छु समान गतिमा
समप्त नहुन्जेलका लागि
अर्को बिहानिले स्वागत नगरे सम्म !!!
 

No comments:

Post a Comment