Wednesday, April 9, 2014

धरानबाट प्रकाशित हुने मर्निङ टाईम्स दैनिक २० मार्च को अंकमा म सँगको संक्षीप्त कुराकानी !!

कांग्रेस कार्यकर्ता बिकास आचार्य सुनसरीमा परिचित नाम हो । कांग्रेसी राजिनितीमा सकृय आचार्य हाल सुनसरी कांग्रेसको सहसचिब हुन । कांग्रेस जिल्ला सभापति राजिव कोइरालाले स्थानिय चुनावको तयारीका लागि भन्दै मनोनित जिल्ला सदस्यहरुलाई पदमुक्त गरेका छन । यसै सन्धर्भमा उनीसँग मर्निङ टाईम्स दैनिकले गरेको संक्षीप्त कुराकानी :

स्थानिय चुनावको तयारीकै जिल्ला समितिका मनोनितहरु पदमुक्त गरिएको हो तपाईंको भनाइ के छ ?
- स्थानिय चुनाव नहुँदा स्थानिय निकाय लथालिंग भएको अवस्था छ । निर्बाचित प्रतिनिधिको अभावमा बिकास निर्माणका कामहरु सहज रुपमा हुन सकेका छैन । स्थानिय निकायले गर्नु पर्ने कार्य कर्मचारीहरु मार्फत गर्दा जनता प्रती प्रतक्ष्य उत्तरदायित्व नहुने हुँदा प्रभावकारी हुन सकेको छैन । तसर्थ स्थानिय निकाय र यसले गर्ने कार्यलाई प्रभावकारी बनाउन स्थानिय चुनाव अत्यन्त आवश्यक छ । बर्तमान सरकार गठन हुँदा नै स्थानिय निर्वाचन सम्पन्न गर्ने सहमती भएको हुनाले यसको तयारी हुनु अस्वभाविक हैन । यसैले निकट भबिस्यमा चुनाव हुन्छ भन्ने कुरालाई ध्यानमा राखेर सुनसरी जिल्लामा नेपाली कांग्रेसलाई नयाँ ढंगले अगाडि बढाउदै छौ ।
स्थानिय चुनाव होल त ?
- स्थानिय चुनाव स्थानिय रुपमा बिकास निर्माण जस्ता कार्यका लागि मात्र हैन सुशासन र पारदर्शिताको लागि पनि आवश्यक हो । यो कुरा यहाँका सबै राजनैतीक दलहरुलाई थाहा छ । अब कसैले निर्वाचन परीणामलाई आफु प्रतिकूल आउने आशंकामा अहिले निर्वाचन गराउनु हुँदैन भन्छ भने त्यस्तो दललाई बर्ताको माध्यमबाट सहमत गराइ निर्वाचन गराउनु पर्छ । निर्वाचन आयोगले त आफु स्थानिय चुनाव सम्पन्न गराउन तयार भएको बताइसकेको छ ।
भर्खरै सरकारले पेट्रोलियम पदार्थ लगयतमा चर्को मुल्यब्रिद्धी गरेको छ तपाईंको भनाइ के छ ?
- मुल्यब्रिद्धी जस्तो अत्यन्त अलोकप्रिय निर्णयलाई मैले सहजै समर्थन गर्ने कुरा आउँदैन । जसरी सरकारका मन्त्रिहरुले मुल्यब्रिद्धीलाई बाध्यता भन्दै स्पष्टिकरण दिदैछन त्यो हिजो देखी नै भनिदै आएको बनीबनाउ उत्तर मात्र हो । यो समस्या स्थाई रुपमा हल कसरी हुन्छ त्यसलाई निर्क्यौल गरी समाधान गर्नु पर्‍यो । बिरोध गर्नेले पनि समाधानको उपाय सहित बिरोधमा उत्रिए रचनात्मक हुन्थ्यो नत्र बिरोधका लागि मात्र बिरोध गरेको बुझिन्छ ।
संबिधान सभाबाट यस पटक संबिधान बन्ला त ?
- संबिधान सभाबाट नै संबिधान बन्नु पर्छ । हामीले पहिलो संबिधान सभाको माध्यमबाट जनतालाई संबिधान दिन सकेनौ । आज हामी सँग त्यो सम्भव हुन नसकेको कारणहरुको बारेमा जानकारी छ । के के कुराले हिजो संबिधान बन्न सकेन ? के गरेको भए हुन्थ्यो ? यि सबै कुराको अनुभव छ । त्यसैले जनताले चाहेको जस्तो संबिधान दिन इमान्दरीपुर्बक सबै लाग्ने हो भने संबिधान पक्कै बन्छ ।

अन्य केही भन्नु छ कि
- तपाईंको लोकप्रिय पत्रीका मार्फत मलाई मेरो कुरा राख्ने मौका दिनुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । साथै सबै राजनीतिक दलहरु लगायत सम्बन्धित निकाय एबम पक्षहरुलाई संबिधान निर्माणको बाटोमा इमान्दारी र पुर्वाग्रह रहित ढंगले लाग्न अनुरोध पनि गर्न चाहान्छु ।

Photo: धरानबाट प्रकाशित हुने मर्निङ टाईम्स दैनिक आजको अंकमा म सँगको संक्षीप्त कुराकानी !!

No comments:

Post a Comment