सुनसरी जिल्लामा
कांग्रेसको संगठन र गतिविधिहरुलाई फर्केर हेर्दा यो नेपालकै एउटा यस्तो जिल्लाको
रुपमा देखिन्छ जसको नेत्रित्व प्रारम्भमा स्वयम जननायक बिपी कोइरालाले गर्नु भएको
थियो । मोरङ र भरतको बिहार राज्य सँग जोडीएको सुनसरी जिल्लाले प्रत्यक्ष रुपमा
बिपी र गिरिजा प्रसाद कोइरालाहरुको नेत्रित्व र अभिभावकत्व पाइआएको थियो । यस
जिल्लाका दक्षीणी गाउँहरुमा स्वयम नेपाली राजनीतिका शिखर ब्यक्तित्व, पुर्व
प्रधानमन्त्री एबम नेपाली कांग्रेसका पुर्व सभापति स्व गिरिजा प्रसाद कोइराला
संगठन गर्न अहोरात्र खटीनुहुन्थ्यो। गिरिजा प्रसाद कोइरालाका पैतालाका डोबहरु अनी
वँहाले गूडाएको साइकलका पांग्राको निशानको प्रतिफल सुनसरीका गाउँहरुमा अझै पनि
नेपाली कांग्रेसको संगठन सशक्त रुपमा देख्न सकिन्छ । वहाँले रोपेको कांग्रेसको रुख
यस जिल्लामा बिशाल वटब्रिक्षको आकारमा फैलिएर रहेको छ । पुराना कांग्रेसका
कार्यकर्ताहरुलाई सोध्दै जाँदा बडो दु:खले यहाँ संगठनलाई बिस्तार गरेको यथार्थ
पाउन सकिन्छ ।
२००७ सालको क्रान्तिको बगडोर यस
जिल्लामा गिरिजा बाबुले नै सम्हाल्नुभएको थियो। यही सुनसरिको कमानबाट नेपाली
कांग्रेसमा डा.
खलील आजाद, सुलेमान
अन्सारी, नच्छेदी मेहता, बन्शी मेहता, बेख बहादुर नेपाली लगायतका सपुतहरुको
जन्म भएको हो। गिरिजा बाबु र यि नेताहरुको अथक प्रयासले सुनसरिमा कांग्रेसले फल्ने
फुल्ने मौका पएको हो। गिरिजा बाबुको यस जिल्लासँग गाँसीएका अनगिन्ती सम्झना एबम
संघर्षका कथाहरु अब केवल ईतिहासका पानामा समेटिएका छन। यसरी
स्वयम गिरिजा बाबु सँग सुनसरी कांग्रेसको साईनो गाँसिएको भएता पनि २०१५ सालको आम
निर्वाचनमा यो स्थान मोरङ हुने गर्थ्यो । यही तत्कालिन मोरङ्को निर्वाचन क्षेत्र
नं १५ बाट त्यस बेला बिपी कोइराला र ज्ञानचन्द्र चौधरीले बिजय हासिल गर्नु भएको
थियो । त्यस बेला नेपाललाई प्रशासनिक रुपमा केवल ३५ जिल्लामा बिभाजन गरिएको थियो
जस अन्तर्गत हालको सुनसरी मोरङ जिल्लामा पर्दथ्यो भने यसको पश्चिमी केही गाउँहरु
सप्तरी जिल्लामा पर्दथिए।
सुनसरिको उत्तरी पाटो धरानमा पनि कांग्रेसको
संगठनलाई हुर्काउने काम २००७ साल देखिनै भैरहेको थियो। विद्वान पण्डीत छविलाल पोख्रेल,गणेशमान श्रेष्ठ, भागवत
गोबिन्द लाखे, बिष्णु
गोबिन्द लाखे लगायतका नेताहरुले धरानमा कांग्रेसलाई मलजल गर्ने काम गर्नु भएको
थियो। यसरी हेर्दा समस्त सुनसरी जिल्लानै त्यस काल खन्डमा कांग्रेसको लागि उर्वर
भुमिको रुपमा रहेको थियो। यो उर्वर भुमीमा फसल फल्न तब रोकियो जब २०१७ साल पौष १
गते तत्कालिन राजा महेन्द्रले सैनिक हस्तक्षेप द्वारा जबर्जस्ती निर्वचित सन्सद र मन्त्री परिषदको हत्या गरी
निरन्कुश पञ्चायति ब्यवस्था लागू गरे । पञ्चायतको सुरुवात सँगै सुनसरीमा पनि
कांग्रेसको संगठन कमजोर हुँदै गयो धरान अनी सुनसरीका दक्षिणी गाउँहरुको कांग्रेस
कृयाकलाप र राजनीति ठप्प हुन पुग्यो । कार्यकर्ताहरु लखापखा लागे भने नेताहरु
जेलमा थुनिए। यसरी पञ्चायतले कांग्रेसको गढ मानिएको सुनसरिलाई आफ्नो कालो बादलले
ढाकीदियो ।
समयको अन्तराल सँगै त्यो कालो बादल
टिक्न सकेन । शिक्षाको ज्योतीले यसलाई बिस्तारै हटाउन थाल्यो । युवा विद्यार्थीहरु लोकतान्त्रिक
बिद्ध्यार्थिहरुको संगठन (पछी
गएर ने बि संघ) को छाता मुनी लोकतन्त्रका लागि गोलबद्ध हुन थाले। भूमिगत रुपमा
युवाहरु जुर्मुराउन थाले। यसरी जुर्मुराएका युवाहरुले आफ्नो लोकतान्त्रिक अधिकार
खोज्नथाले फलस्वरूप यस्ता गतिबिधीले कांग्रेस उत्पादन हुन सुरु भयो। धरान जस्तो
शैक्षिक स्थानमा कांग्रेसको राजनीति फ्रेण्ड्स क्लब मार्फत सन्चालन हुन
थाल्यो ।
त्यसको नेत्रित्व केदारनाथ श्रेष्ठले गर्नु भएको थियो । यो क्लब अन्तर्गत
रही केदारनाथ श्रेष्ठ, राजेन्द्र
बजगाइँ, भक्त गोबिन्द
लाखे(त्री. वि. वि.का प्रथम स्ववियु महासचिब )लगायतका नेताहरु निर्वासनमा रहनु भएका
बिपी कोइराला, गणेशमान
सिंह, गिरिजा प्रसाद
कोइरालाहरु अनी नेपाल भित्रै रहनु भएका सुर्य प्रसाद उपाध्यायलाई संपर्क
राख्नुहुन्थ्यो ।यो क्लब मार्फत नेताहरुको धरान भ्रमण हुँदा कार्यक्रमहरु पनि
आयोजना हुने गरेको थियो ।यसरी सुनसरिमा कांग्रेसले साहित्यिक पत्रीका निकाल्ने , पर्चा छर्ने , प्रजातन्त्र दिवस मनाउने , नेताहरु सँग भेट्ने, दैबी प्रकोप आदिमा सहयोग संकलन गरी
राहत बांड्ने आदी काम गर्दै आफ्नो गतिबिधिहरुलाई अगाडि बढाउदै लगेको थियो। कहलिएका
नेताहरु कि त निर्वासनमा थिए कि त नेपालको जेलमा थिए। त्यस्तो अवस्थामा यस्ता
कार्यहरु संचालन गर्नु जोखिमपूर्ण हुन्थे। यस्तै गतिबिधिहरुको बलले नै बिस्तारइ
जनतामा पञ्चायत बिरोधी छाप बस्दै गैरहेको थियो । लोकतन्त्र र बहुदलिय ब्यवस्था
चाहिन्छ भन्ने मनिसहरु दिन दुना रात चौगुनाको दरमा बढ्दै गैरहेका थिए। यसरी
बिस्तारै कांग्रेसको राजनीति तातिदै गएको सेरोफेरोमा २०३३ साल पुष १६ गते बिपी
कोइराला र गणेशमान सिंह राष्ट्रियता र लोकतन्त्रका निम्ती भनेर स्वदेश फर्कनु भयो।
राष्ट्रिय मेलमिलापको निती भनिएको उक्त कदम भन्दा दुई दिन अघी बिपिको नाममा
देशबासीहरुलाई अपिल भनेर छपिएको पर्चा तत्कलिन फ्रेन्डस क्लबका सदस्यहरु लगायत
अन्य कांग्रेसका साथीहरुले सुनसरिमा पनि छरेका थिए। यसरी बिपिको स्वदेश आगमन भयो
भने गिरिजा बाबु भारत मै बसेर संगठन गर्न थालनु भयो। कुशल संगठन कर्ता एबम
क्रान्तिकारी छबी भएका गिरिजा बाबु स्वयमको प्रयासमा सुनसरिमा कांग्रेसको पहिलो
जिल्ला समिती गठन भयो। यो समितीले नै गठन पश्चात द्रुत गतीमा लोकतन्त्रको लागि
आफ्नो काम सुरु गर्न थाल्यो। पञ्चायतले सुनसरीलाई मोरङ सँग छुट्याइसकेको थियो।
२०३६ सालको विद्यार्थी आन्दोलनलाई सुनसरी कांग्रेसको प्रत्यक्ष सहयोग र समर्थन
थियो भने त्यसको बलले भएको जनमत संग्रहमा बहुदलको पक्षमा यहाँको कांग्रेसले गरेको
कार्यले निलो रङले सुनसरिमा बिजय हासिल गरेको थियो।
नेपाली कांग्रेसका तत्कालिन महामन्त्री गिरिजा प्रसाद कोइरालाले भारतको
फारबिसगन्जमा २०३४ सालमा यस जिल्लाका आग्रज नेता कार्यकर्ताहरुलाई आफु बसेको
बंगाली टोलमा भेला गरी हरीनाथ बांसतोलाको सभापतित्वमा २१ सदस्यिय पहिलो जिल्ला कार्य समिती गठन गर्नु भयो।उक्त
समितिको सचिबमा हरी सापकोटा चयन हुनु भएको थियो भने सदस्यहरु बेख बहादुर नेपाली, डा खलील आजाद,नच्छेदी मेहता, बन्शी मेहता, बिजय गच्छेदार, वीर नारायण चौधरी, भईलाल उरांव , नगेन्द्र ढुंगेल , प्रकाश कोइराला, सतिश चन्द्र गिरी , भक्त गोबिन्द श्रेष्ठ , केदारनाथ श्रेष्ठ , जीवनाथ बांसतोला, गिरिराज आचार्य, भिम बहादुर कटुवाल , नारायण प्रसाद अर्याल, जयहरी शर्मा , जयनारायण श्रेष्ठ र दशीलाल चौधरी रहेका
थिए।
यही समितिको कुशल एबम जुझारु
नेत्रित्वका कारणले यहाँका गाउँ गाउँहरुमा कांग्रेसको स्थिती अत्यन्त मजबूत
हुनपुग्यो। मुलुकमा भएका हरेक कांग्रेसको गतिबिधिहरुमा सुनसरी कांग्रेसले पनि
महत्वपूर्ण भूमिका निभाउन थाल्यो ।२०४२ सालको सत्याग्रहमा सुनसरी कांग्रेसले
कुशलतापुर्वक नेत्रित्व गरेको थियो भने २०४६ सालको एैतिहासिक जनाअन्दोलनमा पनि
यहाँको जिल्ला समितिले आन्दोलनलाई बल पुर्याउन महत्वपूर्ण भूमिका निर्बाह गरेको
थियो।
यसरी हेर्दा नेपाली कांग्रेस सुनसरीको पहिलो
जिल्ला कार्य समितीले आफ्नो गठन पश्चात इमान्दारीपूर्वक, अत्यन्त सुझबुझका साथ अफ्ठ्यारो
परिस्थितीमा पनि कुशल ढंगले कांग्रेसको पक्षमा काम गरेको पाईन्छ। यो समितीले गाउँ
गाउँमा स्वयम गिरिजा बाबु सँग गएर गरेको संगठनले नै अझै सम्म यहाँ कांग्रेसलाई
जिवित राख्न सकेको छ । यसले जनमत संग्रहमा आफ्नो जिल्लामा बहुदललाई जिताएको अनी
२०४६ सालको जनान्दोलनमा ब्यापक जनसहभागीता जुटाएर लोकतन्त्रलाई पुनर्स्थापित
गराएको कुरा ईतिहासमा सदा स्मरणिय रहने छ ।
बिकास
आचार्य
सह सचिब
नेपाली
कांग्रेस सुनसरी

No comments:
Post a Comment