आहिले मुलुकमा स्थानिय
निर्वाचनको चर्चा शुरु भएको छ । केही राजनीतिक दलहरुलाई अपबाद मान्ने हो भने सबै
दलहरु स्थानीय चुनावको तयारीमा ब्यस्त छन । स्थानिय राजनीतिक नेता कार्यकर्ता आफु
गाबिसको अध्यक्ष्य , उपाध्यक्ष्य वा नगरपालिकाको प्रमुख र उपप्रमुखको
उम्मेद्वार हुने दौडधुपमा लागेका छन । वडा देखी जिल्ला बिकास समिती सम्मका लागि
चुनाव हुने भएको हुनाले अहिले दलहरु तथा तिनका कार्यकर्ता अत्यन्त ब्यस्त देखिन
थालेका छन । अझ बर्तमान सरकारले स्थानिय चुनावलाई प्राथमिकतामा राखे पछी यस्तो चहल
पहल तिब्र हुनथलेको स्पस्ट देखिन थालेको छ ।पार्टीहरुको बैठक बसीरहेको छ । जनता
माझ पनि बिभिन्न बहानामा पुग्ने कार्य शुरु गरिसकेका छन । यि सब राजनीतिक चहलपहलको
उद्देस्य निकट भबिस्यमा सम्पन्न हुने भनिएको स्थानिय निर्वाचनमा आफ्नो दलको
उम्मेद्वारलाई जिताउनु नै हो । नेपाली कांग्रेस पनि यसै परीपेक्ष्यमा अत्यन्त
ब्यस्त छ । कांग्रेसले स्थानिय निर्वाचनका लागि मुलुक भर तयारीको शुरु गरिसकेको छ
। जिल्ला समिती मार्फत चुनाव लक्षित कार्यक्रम शुरु भएका छन भने पार्टी केन्द्रिय
निती तथा प्रशिक्षण प्रतिस्ठानले यसैलाई प्रमुखताका साथ अगाडि राख्दै मेची महाकाली
जागरण अभियान शुरु गर्ने बताएको छ ।भर्खरै सम्पन्न संबिधान सभाको निर्वाचनमा
कांग्रेस बलियो देखिएकोले अहिले नै स्थानिय निर्वाचन भएको खण्डमा नेपाली
कांग्रेसको बिजय हुने प्रशस्त आधारहरु देखिएको कांग्रेसले ठहर गरेको अनुमान गर्न
सकिन्छ ।
कांग्रेसका सबै जिल्ला र क्षेत्रिय समितीहरुले
कांग्रेस केन्द्रिय समितिको अप्रत्यक्ष निर्देशन अनुसार चुनावी कार्यक्रम
थालिसकेका छन । संबिधान सभाको चुनावमा जितेको क्षेत्रमा मात्र हैन हारेको
क्षेत्रहरुमा पनि त्यो बेला गरेका प्रतिबद्दता पुरा गर्ने काम शुरु भै सकेको छ ।
उम्मेद्वार हुन चाहने ब्यक्ती स्वयम पनि आफ्नो दल भित्र र आफ्नो क्षेत्रमा चाहलपहल
र बिकास निर्माणको कार्यको लागि जिबिस , नगरपालिका र
केन्द्र सम्म धाउन शुरु गरेका छन । मुलुक भर झन्डै हजारौं जनालाई कांग्रेसले
स्थानिय निर्वाचनमा उम्मेद्वार बनाउनु पर्ने हुन्छ । यि मध्ये गाबिस , नगर पालिका र त्यसपछी हुने जिबिसका लागि उम्मेद्वार हुनेछन
। यसरी यत्रो ठुलो संख्यामा उम्मेद्वार छान्नु कांग्रेसको लागि चुनौतीपूर्ण कार्य
हो । सबैलाई मिलाएर बिबाद नहुने किसिमले उम्मेद्वार चयन गर्न सक्नु आँफैमा अत्यन्त
महत्वपूर्ण काम हो । अझ पार्टीले उम्मेद्वार बनाउदा सबैले रुचाउने , जित्ने ब्यक्तीलाई छान्नु पर्छ भन्ने मन्यताको आधारमा
इच्छुकहरुको नामावलीबाट थोरै मात्र ब्यक्ती चयन गर्नु थप चुनौतीपूर्ण कार्य हो ।
यस्तो अवस्थामा लोकप्रिय र जित्ने उम्मेद्वार चयन गरी देश भरका स्थानिय निकायमा
उम्मेद्वार बनाउनु पर्नेछ ।
यसपालीको स्थानिय चुनावमा कांग्रेसले हाम्रा
हैन राम्रा मान्छेलाई उम्मेद्वार बनाउनु पर्छ । भागबण्डाको आधारमा उम्मेद्वार बनाए
राम्रो र जित्ने मान्छे पाखा पर्ने
निस्चित छ । यसो गरे कांग्रेसले आँफैलाई चुनावमा असफल हुने बाटोमा
डोर्याएको हुनेछ भन्ने वास्तविकता बुझेको कांग्रेसले वर्तमान अवस्थामा पुराना
भन्दा नयाँ युवालाई धेरै भन्दा धेरै स्थानमा उम्मेद्वार बनाएको खण्डमा राम्रो
हुन्छ । अर्को कुरा यदी पुराना मान्छे
सक्षम , जित्ने र नेत्रित्वमा भएको छन भने उनिहरुलाई
उम्मेद्वार बनाउनु अपरिहार्य छ । यसरी सबैलाई समेटेर अघी बढेको अवस्थामा यसपालीको
गाउ र नगर निर्वाचन र त्यस पछी हुने जिल्लाको निर्वाचन कांग्रेसको लागि फाईदाजनक
देखिन्छ । यसका आतिरिक्त उम्मेद्वार चयन गर्दा देखी नै सबै क्षेत्र , बर्ग ,जातिय ,महिला , दलित , मधेसी ,मुश्लिम र पिछडिएका
समुदायलाई समेटेर नै अगाडि बढ्नु पर्छ । यसरी हरेक कोणबाट उठ्ने उम्मेद्वारलाई
फाईदा हुने गरी कार्य गरेमा , पार्टीको एकतालाई
नतोडी अगी बढेमा र बिबाद रहित निर्णय गरेमा यसपालीको स्थानिय चुनावमा कांग्रेसको
जितलाई कसैले रोक्न सक्ने स्थिती छैन ।
एमालेको आफ्नै स्थिती राम्रो नभएको
कसैबाट लुकेको छैन । एउटा ठुलो समुह नै एमाले परीत्याग गरेर अर्कै दलको रूपमा
स्थापित भइसकेको छ ।बिगतको संबिधान सभामा एमालेले खेलेको ढुलमुले ब्यवहारले गर्दा
र अहिले सरकारमा सहभागी हुने बेला झिकेको गृह मन्त्रालयको किचलोले गर्दा मतदाताहरुले
उसलाई सत्तालोलुप भनेका छन । तसर्थ उसलाई सहजै पत्याउन सक्ने स्थिती अहिले नै
देखिएको छैन । आफ्नो दलगत फाईदाको लागि पहिलेको संबिधान सभाबाट संबिधान निर्माणको
कार्यलाई उसले तिलान्जली दिएको जनताले बिर्सेका छैनन ।त्यसै गरी माओवादीको पक्षमा
जुन लहर अघिल्लो संबिधान सभा निर्वाचनको क्रममा आएको थियो त्यो अहिले छैन । हामीले
भर्खरै सम्पन्न दोस्रो संबिधान सभाको निर्वाचनमा नै त्यो देखिसकेका छौ । उसले आफु
प्रतिकुल निर्वाचनको पारीणाम स्विकार्न बिभिन्न बाहना बनाएको देखेका जनतालाई उसको
नौटन्की पाच्य भएको छैन । पहिलो संबिधान सभा निर्वाचनमा उसले राम्रो स्थान हासिल
गर्नुमा बिभिन्न कारणहरु थिए । त्यती बेलाको परिस्थितीमा सबैले नेपालीले मुलुकमा
अमन चैन र शान्ती चाहेका थिए । निर्वाचनमा हारेको खण्डमा एमाओवादी फेरी जंगल पस्ने
जनतामा डर थियो , त्यसलाई रोक्नका लागि पनि एमाओबादीले जनाताको
मत पाएको थियो। तर अहिले आएर समयले कोल्टे फेरी सकेको छ । सबै जनताले एमाओबादीलाई
चिनी सकेका छन भने स्वयम सशस्त्र बिद्रोहमा लागेका लडाकुहरुले पनि एमाओबादीको
वास्तविकता बुझिसकेका छन । तथाकथित जनयुद्ध केबल प्रचन्ड र बाबुरामलाई सत्ता आरोहण
गराउने भर्र्याङ् मात्र रहेछ भन्ने कुरा सबैले बुझेका हुनाले दोस्रो संबिधान सभाको
निर्वाचनमा एमाओवादीले जनताको साथ पाउने कुनै आधार थिएन र पाएन पनि । मधेशमा पनि
त्यस्तै अवस्था श्रीजना भएको छ। हिजो आफ्नो अधिकार स्थापित गर्न मधेश आन्दोलनमा
होमिएका मधेसी जनताको सपना माथि मधेशी नेताबाट नै बज्रपात भएको छ । मधेश
आन्दोलनलाई केबल सत्ताको स्वाद चाख्न मात्र नेताहरुले प्रयोग गरेको यथार्थ सबैले
बुझी सकेका छन । नैतीकता र सिद्धन्तलाई बेचेर, पहिलो संबिधान सभामा जसको नेत्रित्वमा सरकार बन्यो त्यहीसँग
पोइल जाने कार्यले मधेशको माग भन्दा पनि मधेसी नेताहरुले आफ्नो मन्त्री हुने
सपनालाई मात्र प्राथमिकता दिएको कुरा सबै मधेशका नेपालीहरुबाट छिपेको छैन । त्यो
कुरा गत मंसिर ४ को निर्वाचनले पनि प्रमाणित गरिसकेको छ । यसरी सबै कोणबाट
बिश्लेषण गर्दा नेपाली कांग्रेस मात्र यस्तो राजनीतिक शक्ती देखिन आउछ जस्ले आफ्नो
लोकतन्त्र र जनता प्रतीको उत्तरदायित्वलाई कहिले बिर्सेंन । हिजो मधेशको बिकास, राजनीति र सत्ताको पहुचमा केही हुन्छ भनेर मधेश आन्दोलन
पश्चात गठन भएका दलमा लागेका जनता फेरी नेपाली कांग्रेसमा फर्की सकेका छन, केही बाँकी रहेकाहरु पनि फर्कने क्रम जारी छ । अर्को तिर
चरम सत्ता लिप्साले गर्दा अहिले मधेसी दल फुटेर टुक्राटुक्रा भएको अवस्था पनि छ ।
यसरी सबै दृष्टि कोणबाट आसन्न स्थानिय
निर्वाचनमा नेपाली कांग्रेस अगाडि आउने कुराको प्रसस्त आधारहरु देखिएको छ ।
नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा
डर छ भने त्यो कांग्रेसबाट नै छ । धेरै लामो समय सम्म स्थानिय निर्वाचन नभएको
बर्तमान अवस्थामा यसका सबै तहका नेता कार्यकर्ता चुनावमा भाग लिन चाहन्छन । आफ्नो
निर्वाचनमा उम्मेद्वार हुने इच्छा पुरा गर्ने उद्देस्यले धरै भन्दा धेरैले स्थानिय
नेता कार्यकर्ताहरु आफ्नो नाम उम्मेद्वारका लागि सिफारिस गराउन प्रयासरत छन । यो
एउटा राम्रो पक्ष हो। तर पार्टीले जम्मा एउता पदमा एक जनालाई मात्र टिकट दिन सक्छ
अनी टिकट नपाउनेले चुनावमा उम्मेद्वार हुने आफ्नो साथीलाई नसघाउने सम्भावना नै
बर्तमानमा कांग्रेसको लागि नराम्रो आशंका हो । कांग्रेस कुनै कारणले पराजित हुन्छ
भने केबल यही कारणले । तसर्थ नेताहरुले यो किसिमको असहयोग रोक्न सक्नु पर्छ ।
असहयोग गर्ने सम्भावना भएकाहरुलाई त्यसो गर्नबाट रोक्न दुरुत्साहित गर्न सक्नु
पर्छ । यसका लागि उसले उम्मेद्वार चयन
गर्दा देखी नै जनसमर्थन भएकाहरुलाई प्राथमिकता दिनुपर्छ । सकभर यस्तो स्थिती श्रीजना हुन नदिन
उम्मेद्वार चयनका लागि सबैलाई मान्य मापदण्ड बनाउनु पर्छ । पार्टीले उठाएको
उम्मेद्वारलाई कुनै पनि किसिमको असहयोग नहोस भन्नका लागि स्थानिय रूपमा नै व्यापक
छलफलको जरुरी हुन्छ । एक आपसको तिक्तता र लोकतान्त्रिक प्रतिस्पर्धा बिर्सेंर
पार्टीको निर्णयलाई सर्वोपरी ठान्ने बाताबरण बनाउनु नै छलफलको प्रमुख उद्देस्य
हुनु पर्छ । यसको लागि गाउ बिकास समिती ,नगर पलिका र
जिल्ला बिकास समितीको प्रमुख र उपप्रमुखमात्र हैन वडा वडा र ईलाकाहरुमा पनि मिलाएर
सबैलाई चुनावमा उठाउन सकिन्छ । सबै नेता कार्यकर्ताहरु दत्तचित्त भएर पार्टीले
उठाएको उम्मेद्वारलाई जिताउन लागेमा कांग्रेस स्थानिय चुनावमा पनि अग्रस्थानमा
रहनेछ ।
यसरी सबैतिरबाट कांग्रेसको पक्षमा आएको यो
सकरात्मक माहोललाई कांग्रेसले उचित निर्णयका साथ प्रयोग गर्न सके यसको बिजय
अभियानलाई कुनै अन्य राजनीतिक शक्तिले रोक्न सक्दैन । उम्मेद्वार हुनलाई आकांक्षी
नेता कार्यकर्ताको साकरात्मक प्रतिकृया र चुनावको क्रममा देखिने व्यबहार ,सही चुनाबी रणनिती र जनताको माया नै कांग्रेस लाई बिजयपथमा
अगाडि बढाउने आधार हुन । यो बाटोमा कांग्रेसलाई हिडाउन जिल्ला नेत्रित्वले
यथासिघ्र कार्यक्रम र प्रकृया थालनी गरी पहिलो धक्का हन्नु पर्ने समय भाईसकेको छ र
त्यो धक्का ठीक ठाउँमा लागे कांग्रेसको बिजय सुनिश्चित छ ।
bikashdharan@gmail.com

No comments:
Post a Comment