Tuesday, December 9, 2014

स्मृति

कोशीस गर्दैछु खोज्न 
बुढासुब्बाको बाँसमा,
खोपेर लेखेको तिम्रो नाम
बर्तमानमा
सबै धागोले छोपेछ !
प्रक्रितीको त्यो क्षेत्रमा
अझै तिम्रो सुबास
पर देखिने सेउती खोलाको
सुख्खा बगर
धेरै पहिले तिम्रो सिउदो जस्तो
रंगहिन देखिन्थ्यो
तर आज
तिम्रो सिउदो भएको रंगिन
केवल खोला अझै सुख्खा !!

No comments:

Post a Comment