Tuesday, June 3, 2014

नेपाली राजनीति र युवा



आज हाम्रो देश एउटा संक्रमणको अवस्थाबाट गुज्रीरहेको छ । यहाँ रहेका राज्यका हरेक अंगहरुमा न्यायोचित र समयोचित परिवर्तन महसुस गरिएको छ । राजनीतिक परिवर्तन भएको छ । पुराना पद्दती र यथास्थितीलाई प्रगतिशिल र अग्रगामी तरिकाले फेरिएको छ । संबिधान निर्माणको प्रकृया चालु अवस्थामा छ । यि सबै कार्यहरु हुने र भएका चरणमा हामीले बारम्बार सुन्दै, बहस र चर्चा गर्दै आएको शब्द भनेको " युवा " हो । युवा सहभागीता , युवालाई नेत्रित्व , युवाको प्ररिनिधित्व आदी कुराहरु अहिलेको समयमा धेरै सुनिने र प्रयोग गरिने वाक्यांश हो । यथार्थ पनि यही नै हो । आजको यो अत्यन्त जटिल र पुरानो फालेर नयाँ निर्माण गर्ने संक्रान्तिको अवस्थामा नेपाललाई चाहिएको पनि युवाहरुको उत्साह ,जोश र उर्जा हो ।
ईतिहास साक्षी छ विश्व भरमा भएका परिवर्तनहरुको संवाहक पनि युवाहरु नै रहेका थिए । यसरी हेर्दा आजको हाम्रो संक्रमणकालिन अवस्थामा सबभन्दा बढी दायित्व पनि युवाहरु कै छ । युवाहरु आफ्नो यो दायित्वबाट पर बस्न चाहे भने हामीले बनाउन प्रयास गरे जस्तो नत संबिधान बन्छ नत मुलुकमा परिवर्तनको महसुस गर्न र गराउन सकिन्छ । हामीले अधिकांश युवाहरुलाई राजनैतिक जागरणबाट अली टाढा भएको देखेका छौ । राजनीति प्रती यसरी शिक्षीत युवाहरुमा देखिएको उदासिनताले हाम्रो मुलुक सधैं पछी पर्ने बाटो तर्फ उन्मुख छ । युवाहरु आफ्नो परिवर्तनकामी इच्छाशक्ति र उर्जाका साथ राजनैतीक द्रिश्यमा नआउने हो भने देशलाई यथास्थितिबाट परिवर्तन गर्न अत्यन्त अफ्ठ्यारो हुन्छ । त्यसैले सम्पूर्ण युवाहरुले बुझ्न जरुरी छ कि आज मुलुकले आशा र भरोसा राखेको शक्ती उनिहरु आँफै हुन । लोकतन्त्रको सबै मुल्य र मान्यतालाई अक्षरस पालना गरेर मुलुकलाई नयाँ ढंगले गन्तव्य सम्म पुर्याउन सक्ने र जनताले पनि विश्वास गर्ने शक्ती आजको पारीद्रिश्यमा युवाहरुनै हुन ।  यसमा हाम्रो देशले युवा वर्गबाट जती अपेक्षा गरेको छ त्यो आँफैमा सबभन्दा महत्वपूर्ण छ । हिजो भएको जन आन्दोलनका साथै यहाँ भएका हरेक राजनैतीक कृयाकलापहरुमा क्रान्तिका संचालक र कार्यान्वयन गर्ने युवाहरु नै थिए । अब जनशक्तिको प्रयोग गरी मुलुकलाई सही गन्तव्य सम्म पुर्याउने कार्य उनिहरुले नै गर्नु पर्छ , गर्न सक्नु पर्छ । त्यसैले भन्न सकिन्छ कि आज देश निर्माणका लागि युवाहरुको ठुलो जिम्मेवारी छ , संबिधान निर्माण प्रकृयामा मात्र हैन संबिधान निर्माण भएपछी मुलुकलाई बिकासको नयाँ बाटोमा अग्रगमनको दिशा तर्फ अगी बढाउन पनि उनिहरुको जोश , उर्जा र नेत्रित्व समेत आवश्यकता छ , तर यो सबै उत्तरदायित्व युवाहरुले तब मात्र पुरा गर्न सक्छन जब सम्म उनिहरु आफ्नो आदर्श एबम लोकतन्त्र र कानुनी राज्यको मर्मबाट बिचलित हुँदैनन । युवा नेत्रित्वलाई कनुनी शासन पद्दती र लोकतन्त्रको भावना र मर्म बिपरित प्रयोग गरी उनिहरुलाई अहिले स्थानिय रुपमा जस्तो आराजकतालाई अगाडि बढाउन छुट र प्रोत्साहन दिइरह्यो भने यसले मुलुकलाई पुन बर्बादीको दिशा तर्फ धकेल्ने कार्य गर्दछ । तसर्थ युवाशक्तिलाई सही अर्थमा मुलुकहितका लागि प्रयोग गर्नकालागी अनुभवी राजनितिकर्मीहरुले पनि समानान्तर ढंगले दिशाबोध गराइरहनु पर्छ । आज जती युवाहरु नेपाली राजनिती प्रती चासो रख्दछन , जती युवाहरु राजनीतिमा छन , तिनिहरु भन्दा धेरै बढी संख्यामा युवाहरु देशको राजनीतिक कृयाकलापदेखी बहिर छन , यहाँ हुने राजनीति देखी असन्तुष्ट छन । मुलुकमा जरा गाडेर बसेको भ्रष्टाचार , दलहरुको आपसी खिचातनी ,मुलुकलाई अगाडि बढाउने कृयाकलाप भन्दा बढी आफ्नै दलिय स्वार्थ , अराजकता तथा दण्डहिनता देखी शिक्षित युवाहरु असन्तुष्ट छन । यसरी हेर्दा हामीले अनुभव गरेका छौ कि राजनीतिमा आउनु पर्ने युवाहरु राजनीतिभन्दा टाढा , यसलाई घ्रीणा गरेर बसेका छन भने जसको देश निर्माणमा कुनै योगदान हुन सक्दैन , केवल आफ्नो कुनै स्वार्थले राजनैतीक दलको छाता मुनी आएका छ्न ,तिनिहरुले युवाहरुको नाममा राजनीतिमा आफ्नो उपस्थिती देखै रहेका छन । मुलुकले माथि भनिए जस्तै युवाहरुको उत्साह र उर्जा चाहेको छ तर यहाँ त्यो उर्जालाई प्रयोग गर्न , उत्साहलाई दिशाबोध गर्न कोही अग्रसर भएको देखिदैन । शिक्षित र नेत्रित्व गर्न सक्ने युवाहरु राजनीति देखी टाढा रहेका छन तर तिनिहरुलाई यस तर्फ आकर्षित गर्ने कार्य कही कतैबाट गरेको वा भएको देखिएको छैन । किन युवा राजनीतिलाई राम्रो मान्दैनन ? किन उनिहरु यस प्रती आकर्षित नभएर घ्रीणा गर्छन् ? यो कुरालाई केलाउदै जाने हो भने यसरी निश्कर्ष निकाल्न सकिन्छ ।
* मुलुकमा बहुदलिय ब्यबस्था स्थापना भए यता युवाहरुलाई यहाँ भएको द्वन्दको कारणले रोजगार दिलाउन सकिएन । बैदेशिक रोजगार्को बिकल्प युवाहरुले पाउन सकेका छैनन । 
* भ्रस्टाचारको जालो देशव्यापी रुपमा क्यान्सर जस्तो फैलिएको छ ।
* दण्डहिनता , अराजकतालाई प्रासय दीइएको छ । 
* राम्रो काम गर्ने , संभावना बोकेका युवाहरुलाई मौका दिन प्रयास गरिदैन । राम्रो काम गर्नेलाई पुरस्कार दिनुको सट्टा दण्डित गर्ने प्रब्रीती हवी छ । 
* राजनीति प्रती युवाहरुलाई आकर्षण गर्ने कुनै योजना र चासो कही कतैबाट गरिएको छैन । 
* दलिय नेत्रित्व युवाहरुलाई प्रिय नभएको हुनसक्छ ।
 यसरी सरसर्ती हेर्दा प्रमुख रुपमा यिनै कुराहरुले गर्दा युवाहरु राजनैतिक नेत्रित्वमा आउन चाहेका वा भनौ सकेका छैनन । आजको समाज सिमित भुगोल भित्र छैन । सुचना प्रबिधीले गर्दा एउटा मान्छेको नजरबाट विश्व टाढा छैन । प्रिथ्वीको कुनै कुनामा भएको राम्रा-नराम्रा कार्य तुरुन्त समाचार को रुपमा सारा संसारमा फैलिन्छ । यस्तो समयमा हुर्केका आजका युवा पुस्ताले पुरातन कालमा जस्तो राजनैतीक व्यवहार स्विकार गर्न सक्दैनन । राजनैतीक प्रणालिको बारेमा यि युवाहरु अन्य मुलुक सँग तुलना गरेर सबभन्दा असल चाहने हुन्छन , यसमा कुनै सम्झौता गर्ने देखिदैन । यिनिहरुमा कुनै पनि बन्देज स्विकार गर्ने अवस्था देखिएको छैन । तसर्थ यि सम्पूर्ण कुराहरुलाई मध्य नजर गर्दै सबै प्रकारको भ्रष्टाचारको अन्त्य गर्नु पर्छ । नागरिकलाई पूर्ण लोकतन्त्रको अनुभुती गराउनु पर्छ । अराजकता र दण्डहिनताको अन्त्य गर्दै बिधीको शासन स्थापित गर्नु पर्छ । आर्थिक अनुशासनले बिस्तारै मुलुक भित्रै रोजगारीको अवसरहरु श्रीजना गर्नु पर्छ । यसरी जब राजनीतिक दलहरु सामाजिक रुपमा सकरात्मक देखिन्छन तब युवाहरुको यिनिहरु माथि विश्वास बढ्दै गएर सहभागी हुन तयार हुन्छन । अर्को तर्फ शिक्षित युवाहरुले पनि देश निर्माणका लागि आफ्नो भूमिका खोज्नु पर्छ । त्याग र तपस्याले नै वास्तविक नेत्रित्वमा पुग्न मद्दत गर्दछ । यिनिहरुले नै आज राजनितिमा देखीएको व्यक्तीबादी प्रब्रितिको अन्त्य गर्नु पर्छ । स्वार्थ र ब्यक्तिगत महत्वाकांक्षाको पछाडि दौडिने युवाहरुले मुलुक हाँक्न सक्दैनन । त्यसै गरी केवल नेता बन्न, प्रकृयाको गलत उपयोग गर्दै गुट्बन्दी गर्न तथा केवल आफ्नो रोजगारीका लागि राजनीतिमा आउने वा ल्याइने प्रब्रीतीले पनि युवाहरुलाई ठीक ढंगले स्थापित गरेको पाइदैन । त्यसैले आजका युवाहरुले ब्यक्तिबादी व्यबहार र क्षणिक स्वार्थ त्याग गरेर सामुहिक भावना साथ अगाडि बढी मुलुक हाक्ने दिशा तर्फ आफुलाई बढाएमा लोकतन्त्र र बिधिको शासनमा थापा सुन्दरता प्राप्त गर्न सकिन्छ ।
 बिकास आचार्य धरान

No comments:

Post a Comment