संबिधान सभाको सफल निर्वाचन पस्चात अहिले
मुलुकको राजनीति स्थानिय निकायको चुनाव तर्फ केन्द्रित भएको छ ।प्रमुख दलहरुले
आफ्नो घोषणा पत्रमा नै संबिधान सभाको निर्वाचन भेएको छ महिना भित्रमा स्थानिय
चुनाव सम्पन्न गर्ने भनेर लेखेको कुरा र बर्तमान आवश्यकतालाई आधार मान्ने हो भने
अब स्थानिय चुनाव निकट आइसकेको छ । स्थानिय सरकारको रूपमा परीचित जिल्ला बिकास
समिती , गाँउ बिकास समिती र नगर पालिकाको पछील्लो पटक २०५४ सालमा निर्वाचन
भएको थियो । त्यस यता यि निकाय अलपत्र ढंगले सन्चालन हुँदै आइरहेका छन ।
लोकन्त्रिक पद्दती अंगालेको देशमा यसरी दशक भन्दा बढी समय सम्म निर्बाचित
प्रतिनिधि बिहिन अवस्थामा स्थानिय निकायलाई छाड्नुलाई राम्रो मान्न सकिदैन ।त्यसमा
पनि धरान नगर पालिका जस्तो बिकासको गतीमा अगाडि बढीरहेको नगर पलिकामा त निर्बाचित
प्रतिनिधी बिहिन अवस्थालाई प्रतिकुल नै भन्नु पर्छ । कर्मचारी द्वरा नगर पालिका
सन्चालन हुँदा जनता सँग प्रत्यक्ष जोडीएको बिकास निर्माण प्रकृयामा राम्रो टेवा
पुग्दैन । जनताको तर्फबाट निर्वाचनको माध्यमबाट पठाइएका प्रतिनिधीहरुले जस्तो
निर्णय लिन पनि कर्मचारीले सक्दैनन् ।
संबिधान सभाको सफल निर्वाचन पस्चात
अहिले मुलुकको राजनीति स्थानिय निकायको चुनाव तर्फ केन्द्रित भएको छ ।प्रमुख
दलहरुले आफ्नो घोषणा पत्रमा नै संबिधान सभाको निर्वाचन भेएको छ महिना भित्रमा
स्थानिय चुनाव सम्पन्न गर्ने भनेर लेखेको कुरा र बर्तमान आवश्यकतालाई आधार मान्ने
हो भने अब स्थानिय चुनाव निकट आइसकेको छ । स्थानिय सरकारको रूपमा परीचित जिल्ला
बिकास समिती , गाँउ बिकास समिती र नगर पालिकाको पछील्लो पटक
२०५४ सालमा निर्वाचन भएको थियो । त्यस यता यि निकाय अलपत्र ढंगले सन्चालन हुँदै
आइरहेका छन । लोकन्त्रिक पद्दती अंगालेको देशमा यसरी दशक भन्दा बढी समय सम्म
निर्बाचित प्रतिनिधि बिहिन अवस्थामा स्थानिय निकायलाई छाड्नुलाई राम्रो मान्न
सकिदैन ।त्यसमा पनि धरान नगर पालिका जस्तो बिकासको गतीमा अगाडि बढीरहेको नगर
पलिकामा त निर्बाचित प्रतिनिधी बिहिन अवस्थालाई प्रतिकुल नै भन्नु पर्छ । कर्मचारी
द्वरा नगर पालिका सन्चालन हुँदा जनता सँग प्रत्यक्ष जोडीएको बिकास निर्माण
प्रकृयामा राम्रो टेवा पुग्दैन । जनताको तर्फबाट निर्वाचनको माध्यमबाट पठाइएका
प्रतिनिधीहरुले जस्तो निर्णय लिन पनि कर्मचारीले सक्दैनन् ।
धराने जनताले बिगत एक दशक देखी उठाउदै
आएका बिकासका कार्यक्रमहरुलाई आधार मानेर नेपाली कांग्रेसले यहाँको लागि आफ्नो
धारणा बनाउने काम सुरु गरेको छ । स्थानिय
निकायको निर्वाचन यिनै स्थानिय कामहरुलाई मुर्त रुप दिनलाई पनि अत्यन्त आवश्यक भएको कुरालाई मनन गर्दै नेपाली
कांग्रेसले धरान बिकासको सवालमा धेरै कामहरु गर्न जरुरी भएको देखेको छ । सर्वप्रथम त यहाँको खानेपानीको समस्यालाई
चिर्नु पर्ने छ । खानेपानीको क्षेत्रमा धरानको लागी स्थायि समाधान खोज्नु पर्ने
अवस्था छ ।खानेपानीको सावालमा अहिले भईरहेको कार्यहरु निर्बाचित प्रतिनिधिको
रोहवरमा हुँदा बिबाद रहित ढंगले अगाडि बढाउन सकिन्छ । त्यसपछी धरानको समग्र बिकासको लागि यहाँ हवाइ
मैदान निर्माणको पनि आवश्यकता रहेको छ ।हावाइ मैदानको पुर्वाधार धरान नगर पालिकाले
तयार गरेर आवश्यक पहल सरकार सँग गर्नु पर्ने कांग्रेसको ठहर छ । धरान नगरपालिका वडा नं १७ स्थित जमिनलाई नै
एयरपोर्टको रूपमा बिकास गरेर अगाडि बढ्नु पर्दछ ।
त्यसै गरी छेमिकी गाबिस पाँचकन्यालाई धरान सँग जोड्न सेउती खोलामा पुलको
पनि टड्कारो आवश्यकता देखिएको छ साथै यो बाटोलाई कालो पत्रगर्नका लागि पनि
नगरपालिका मार्फत जनप्रतिनिधीहरुले आवस्यकय पहल गर्न जरुरी नेपाली कांग्रेसले
देखेको छ ।
धरानको गहनाको रुपमा स्थापित बिपिकोइराला
स्वास्थ्य बिज्ञान प्रतिस्ठानको बर्तमान अवस्थामा सुधारमा ल्याई यसको स्तरोन्नती
गर्दै यस नगरपालिकाका जनतालाई प्रत्यक्ष लाभको अवसर दिलाउन सकिने कुरालाई धरान नगर
पालिका मार्फत पहल गर्न सकिने देखिन्छ ।त्यस्तै धरान नगर पलिकाको शहरी स्वास्थ्य
कार्यक्रमहरुलाई पनि बिकसित र ब्यबस्थित गर्दै लग्न सकिन्छ । धरानको मुटु छाता
चोकमा रहेको पुरानो अस्पताललाई नगर अस्पतालको रूपमा पुनर्जाग्रित गराउन नगरपालिका लाग्नु
पर्दछ । नेपाली कांग्रेसले गर्ने धरान बिकासको हरेक प्रतिबद्दताहरुमा यि कुराहरु
कहिले छुटेका छैनन ।
धरानको अर्को महत्वपूर्ण समस्या भनेको
यस नगरको खोला किनार र अन्य क्षेत्रमा अब्यबस्थीत रुपमा बसिरहेका भुमिहिन
परिवारहरु हुन । यि परिवारहरुलाई आत्मसम्मानका साथ ब्यवस्थित बसोबासको प्रबन्ध
मिलाउनु जनप्रतिनिधीको प्रथम कार्य हो । कांग्रेसको मुल उद्देश्य भनेको नै सुकुम्बासी भनिने परिवारलाई धरानबासी बनाउनु हो
। नगर पालिकाको पहलमा सुकुम्बासीलाई स्थाइ लालपुर्जा दिलाउनु आवश्यक छ । भुमिहिन
परिवारलाई शिक्षा , स्वास्थ्य र रोजगारको लागि बिबिध कार्यक्रम
ल्याउनु नगरपालिकाको जिम्मेवारी हो । यिनै परिवारलाई दृष्टिगत गर्दै नगर पालिकाले
भिन्नै आयोजना र कार्यक्रम तयार गर्नुपर्दछ भन्ने कांग्रेसको मान्यता हो ।
धरानको सन्दर्भमा कांग्रेसले शिक्षालाई
प्रस्ट रुपमा महत्व दिएर हेरेको छ । शिक्षाको
क्षेत्रलाई हेर्दा यहाँ सबै बिषयमा अध्ययन गर्ने अवसर छ तर यहाँको गुणस्तरको
कुरालाई लिएर यहाँबाट विद्यार्थीहरु बहिर पलायन भईरहेको पनि देखिन्छ । यहाँ सनातन
संस्क्रित देखी लिएर आधुनिक बिज्ञान र प्रबिधीको पनि आध्यापन गराइने शिक्षण
संस्थाहरु छन । इन्जिनियरिङ्ग , खाद्य प्रबिधी देखी लिएर चिकित्सा
शास्त्र सम्मको उच्च शिक्षा धरानमा नै उपलब्ध छ । यि सबै सैक्षिक अवसरहरुमा
नगरपलिकाले धराने जनताका लागि अध्ययन गर्ने बातावरण आफ्नै पहलमा मिलाउन सक्छ ।
नगरपालिकाले नै यहाँ रहेका क्याम्पसहरुमा अनुसन्धान र प्रयोगसालाको ब्यबस्था गर्न
सक्छ । त्यसकालागी पनि यहाँ निर्बचित नेत्रित्वको आवश्यकता कांग्रेसले देखेको छ । उच्च सरकारी तह सम्म पहल गर्नलाई राजनीतिक
नेत्रित्वले मात्र सफलता हासिल गर्दछ भन्ने कुरामा कांग्रेस विश्वस्त छ । यसका अतिरिक्त युवा पुस्तालाई कुलत बाट
जोगाउदै शरीरिक बिकास गर्न खेलकुदको बिकासमा पनि नगर पालिका लाग्नु पर्छ । क्षेत्रिय
स्तरको रंगशाला धरानमा निर्माण गराउन कांग्रेसले आफ्नो सम्पूर्ण शक्ती लगाउने
कुरामा धराने जनताहरु ढुक्क भएर बसे हुन्छ । नगरपालिकाकै संयोजनमा खेलकुद
प्रतियोगिता आयोजना गर्नुका साथै स्थाई रुपमा यहाँ कभर्ड हल , स्टेडियम
लगायत आवश्यक खेल सामाग्रीको ब्यबस्थामा नगर पालिकाले कन्जुस्याँई गर्नुहुदैन भनेर
कांग्रेसले भन्दै आएको छ ।
नगर
पलिकाको निर्वाचन पस्चात निर्बचित नेत्रित्वले धरानको पौराणिक , पुरातात्विक , एतिहासिक , धर्मिक , प्राकितिक र पर्यटकिय महत्वलाई बुझेर काम थाल्नु पर्छ । यी
कुराहरुलाई सुरक्षित , संरक्षित
र आकर्षित बनाउन नगरपालिकाले योजना बनाउदै आन्तरिक पर्यटन एबम तिर्थयात्राको लागि
प्रोत्सहान गर्नु सक्छ । यि स्थान सम्म स्थानिय यातायात ब्यबसायी सँग समन्वय गरी
यातायात सुबिधाको बिकास गर्न नगर पालिकाले ध्यानदिनु पर्छ । यसरी धरान भित्र मात्र हैन यसको
वरिपरीको क्षेत्रलाई पनि पर्यटकिय गन्तव्य बनाउन राजनीतिक एबम प्रशासनीक पहल गरेर
यस ठाउँको बिकासमा इट्टा थप्न सकिने देखिन्छ । धरान सँग जोडीएको भेडेटारलाई पर्यटनको
केन्द्र बनाउन धरानले पहल गर्नु आवश्यक छ ।भेडेटार नजिकको धजे डाँडा लगायतका रमणिय
स्थानलाई आय आर्जनको साधन बनाउन सकिन्छ । यहाँको पाथिभरा मन्दिरलाई प्रचारमा
ल्याउदै धार्मिक पर्यटक भित्र्याउन नगरपालिकाले पहल सुरु गर्नु पर्दछ । धर्मिक
पर्यटनकै बिकासका लागि धरान नजिकका गाबिसहरुमा रहेको बिष्णुपादुका मन्दिर र
बाराहक्षेत्रलाई पनि राम्रो गन्तब्य बनाउन सकिन्छ । यसो गर्दा यस क्षेत्रको जनताको
आय ब्रिद्धी हुनुका साथै बिकासको पहुच पनि बढ्दै जान्छ ।
धरानको
अर्को तड्कारो आवश्यकता भनेको ब्यवस्थित बसपार्क हो। हाल सन्चालनमा रहेको भानुचोक
स्थित बसपार्क सागुंरो र अव्यबस्थित छ । यातायातको साधन र यात्रिको चापलाई यसले
बिगत लामो समयदेखी थेग्न नसकेको अवस्था छ । धरानको सुन्दरतालाई नै यसले कताकता
बिगारेको आभास हुन्छ । बस पार्क सार्ने बिषयमा धरानमा सबैको सहमती भए पनि कहाँ
सार्ने भन्ने कुरामा यहाँ सधैं बिबाद रहदै आएको छ । नगर पालिकाले यो बिबादलाई
टुंग्याउँदै आधुनिक बसपार्क निर्माण गर्ने कार्य गर्नु पर्छ । यसको लागि सबै बिकल्प
खुला राखी सम्पूर्ण पक्षसँग छलफल गर्दै निस्कर्षमा पुग्न सकिन्छ । सधैं बिबाद
मात्र गर्ने हो भने धरानले कहिले बसपार्क पाउन सक्दैन भन्ने कुरा नेपाली
कांग्रेसले बुझेको छ ।
यसरी नेपाली कांग्रेसले स्थानिय सरकारको रूपमा
आफुले गर्न सक्ने र गर्ने कार्यको प्रारम्भिक सुची तयार गरेर स्थानिय चुनावको
तयारी सुरु गरेको छ । स्थानिय निकायको निश्चित हुनलागेको निर्वाचनलाई लिएर पार्टी
भित्र आन्तरिक ग्रीह कार्यहरु हुँदै गरेको अवस्था छ । हामी सम्पूर्ण धरान एबम
जिल्लावासीले लोकतान्त्रिक पद्दतिको पहिलो खुड्किलो आबधिक निर्वाचनको लागि चौतर्फी
दवाब श्रीजना गर्नु नै आजको आवश्यकता हो।

No comments:
Post a Comment