Wednesday, April 30, 2014
Friday, April 25, 2014
महाकुम्भको दर्शन र स्नान तीन दर्जन तस्बिरहरुको सँगालो समेत
आज बिसं २०७१ बैशाख १२ गते शुक्रबार बिहान सखारै उठेर महाकुम्भ मेलामा स्नान गर्न सपरिवार बराहक्षेत्र गाबिसको चतराधाम जानको लागि हामी तयार भएका थियौ । हामी जम्मा ८ जना ,काका लोकेन्द्र अनी काकी तारा साथमा यसु र लक्ष्मी पनि त्यस्तै भिमा काकी पनि साथ हुनुहुन्थ्यो । म सँगै छोरा बिभव र राधा थिए । एक घण्टाको यात्रा पछी चतरा पुगियो । बिहानै हिंडेको हुनाले अन्य सवारी साधन फाट्ट फुट्ट मात्र भएकोले धुलो खानु परेन ( स्मरण रहोस् धरान देखी चतरा सम्मको बाटो कच्ची छ )। बिहानीको समयमा पुग्दा आफ्नो सवारी साधन नदी सम्म नै पुर्याउन पाइदो रहेछ । अत्यन्त रमाइलो बातावरण थियो नदी किनारमा । कुम्भ स्नानका लागि आएका नरनारिहरु कोही त्यसै बसेका , हिंडेका तथा धेरै जसो स्नानमा ब्यस्त देखिन्थे । सात वटा नदी मिलेर बनेको सप्त कौशिकी नदी आफ्नो नियमित गतीमा अविरल बगिरहेको द्रिष्य अत्यन्त मनोरम थियो । स्वच्छ निलो पानी सललल बगेको देख्दा कसको मन बिभोर नहोला । मेला ब्यबस्थापन पक्षले संभावित दुर्घटनालाई मध्य नजर गर्दै सक्दो सुरक्षा र बचावको काम हुने तारताम्य मिलाएको रहेछ । नदीमा बासको घेरा देखी लिएर जीवन रक्षक प्रहरी तयार पारीएको रहेछ ।
Wednesday, April 23, 2014
निजी बिद्ध्यालयमा अभिभावकको नियती
शैक्षीक सत्र सुरुवात सँगै एक पल्ट
फेरी निजी बिद्ध्यालय र अभिभावकहरु बिचको सम्बन्ध अनी भूमिका बारेमा चर्चा शुरु
भएको छ । हामी देखी रहेका छौ निजी बिद्ध्यालयहरु संगठित हुँदै संस्थाको हितको नाममा
शिक्षाको ब्यापारको पथमा राम्रो प्रतिफलका साथ अगी बढीरहेका छन । यस्ता
बिद्ध्यालयहरु यो वा त्यो बहानामा अभिभावकहरु सँग चर्को शुल्क उठाउन माहिर छन ।
स्तरिय शिक्षा प्रदान गरिरहेको दावी गर्दै सकेसम्म पैसा सोहर्नु नै यिनिहरु
एकमात्र उद्देश्य देखिएको छ । ऐन कानुन र सर्बोच्च अदालत समेतको निर्णय यिनिहरुका
लागि फगत कगजका खोस्टा साबित भएको छ । न त शिक्षा ऐनले निजी बिद्ध्यालयहरुका
लगानिकर्ताहरुलाई बाध्न सकेको छ न त न्यायपालिकाको फैसलाहरुले यिनिहरुको
मनोमानिलाई रोक्न सकेको छ । पछील्लो समयमा आएर त झन निजी बिद्ध्यालयका
लगानिकर्ताहरु खुल्लम खुल्ला सर्बोच्च अदालतको फैसलालाई चुनौती दिईरहेका छन ।
शिक्षा ऐन र नियमावलीले जे सुकै भनेता पनि निजी बिद्ध्यालय यि ऐन कानुनले केही
गर्न सकेको छैन । यसको प्रमुख कारण भनेको शिक्षा बिभाग र संबन्धित जिल्ला शिक्षा
कार्यालयहरुको उदासिनता नै देखिएको छ । त्यस्तै अभिभावकहरुको प्रभावहिन भूमिका पनि
यसरी निजी बिद्ध्यालयहरुलाई मनोमानी गर्न प्रोत्साहित गर्ने अर्को अहम कारण हो ।
Saturday, April 19, 2014
कथा
: विश्वेश्वरप्रसाद कोइराला
धेरै पुरानो कथा हो। त्यस युगको कथा हो जब यो पृथ्वीका मानिस देवलोकका देवतासँग प्रतिद्वन्द्विता गर्थे। देवताहरु पनि दानवसँग युद्धमा पराजित हुने भयले पृथ्वीमा अवतरण गर्थे र कहिले दधीचिको हाड मागी औ कहिले दशरथसँग सहायताको प्रार्थना गरी विजयन्मुख दानवलाई परास्त गर्न समर्थवान् हुन्थे। आजकालका ब्राह्मणहरुजस्ता ती देवताहरू पनि उच्च पदमा आफूलाई आरूढ पारिराख्न आफूभन्दा साना जातिका मनुष्यको कुनै प्रकारको पनि सहायता लिन सङ्कोच मान्दैनथे, तर जब तिनै मनुष्य तपस्याद्वारा देवपदमा पुग्ने सुप्रयत्न गर्थे, देवताहरुको निम्ति यो असह्य हुन्थ्यो। त्यसो हुनाले देवताहरु सांसारिक मोह-मायालाई त्याग गरेर घोर जङ्गलमा तपस्या गर्न गएका ऋषिहरुको तपस्या भङ्ग गर्न नाना उपाय गर्थे। तिनको सबभन्दा सफल उपाय थियो अप्सरालाई पठाई ऋषिहरुको तप्सयामा बाधा उपस्थित गराउनु। तिनैताक एउटा मनुष्य यथार्थ ज्ञान प्राप्त गर्न, जुन ज्ञानले देवपद प्राप्त गर्न सकिन्थ्यो, जङ्गल पसे।
Wednesday, April 16, 2014
रक्त दान किन गर्ने ??
![]() |
| धरानमा आयोजित एक रक्तदान कार्यक्रममा रक्तदान गर्दै !! |
रक्त दान गर्न कुनै बिशेष कारण चाहिदैन ,
हाम्रो आफ्नो कुनै कारण भए पुग्छ !!!
* हामी हाम्रा साथीहरुको आग्रहमा रक्तदान गर्छौ !
* कुनै परिवारको सदस्य वा साथीलाई चाहिएको छ भने रक्तदान गर्छौ !!
* कोही यसलाई सही र मानविय कार्य ठान्छन र रक्तदान गर्छन् !!
रक्तदान गर्ने हाम्रो कारण जे सुकै भए पनि मुल कुरा चाहिएको अवस्थामा रगत उपलब्ध हुनु नै हो । रक्तदान गरेर मैले कसैको जीवन बाचाए भन्ने अनुभुतीले स्वर्गिय आनन्द प्रदान गर्दछ ।
Tuesday, April 15, 2014
Monday, April 14, 2014
जिजीबिषा
काँचको प्रतिमा रहेछु म
एकै प्रहारमा चकनाचुर भँए
विश्वाशको भुमरिमा रुमालिंदा
एक्लै चक्रव्युहमा फस्न पुगें
जिजीबिषाको संजालमा हराए पनि
निर्दयी माकुराले खान थालेको छ
लाग्छ म एउटा सुक्ष्म जीव हुँ
जसलाई अन्तरद्वन्दले खाइरहेको छ !!
हिजो आज त्यही चक्रव्युहबाट निस्कन नसक्दा
सुस्त सुस्त म खिइरहेको छु
कहिले यो क्रम समाप्त हुने हो
खिइने प्रकृया अबिरल चालु छ
शायद नदी किनारको कोमल माटो हुँ म
एउटा उर्लदो भेल सँग
बिस्तारै झर्दै बग्दै छु म
मेरो सम्पूर्ण धरोहरले कती थेग्ने
भयंकर उर्लदो भेलले
एक दिन बगाइ छोड्छ
अनी बाँकी रहन्छ उजाड बगर
जहाँ हरियाली हुने छैन
प्राकृतिक सुन्दरता हुने छैन
त्यस्तो जीवन के जीवन ??
जसमा कुनै जिव छैन
यस्तो बिशाल संसारमा
संजीवनी एउटै छ
जसलाई पाउने आशा छैन
त्यही पनि त्यही पाउने विश्वाशमा
निरन्तर बगिरहेछु धाराप्रवाह
खीइरहेको छु समान गतिमा
समप्त नहुन्जेलका लागि
अर्को बिहानिले स्वागत नगरे सम्म !!!
एकै प्रहारमा चकनाचुर भँए
विश्वाशको भुमरिमा रुमालिंदा
एक्लै चक्रव्युहमा फस्न पुगें
जिजीबिषाको संजालमा हराए पनि
निर्दयी माकुराले खान थालेको छ
लाग्छ म एउटा सुक्ष्म जीव हुँ
जसलाई अन्तरद्वन्दले खाइरहेको छ !!
हिजो आज त्यही चक्रव्युहबाट निस्कन नसक्दा
सुस्त सुस्त म खिइरहेको छु
कहिले यो क्रम समाप्त हुने हो
खिइने प्रकृया अबिरल चालु छ
शायद नदी किनारको कोमल माटो हुँ म
एउटा उर्लदो भेल सँग
बिस्तारै झर्दै बग्दै छु म
मेरो सम्पूर्ण धरोहरले कती थेग्ने
भयंकर उर्लदो भेलले
एक दिन बगाइ छोड्छ
अनी बाँकी रहन्छ उजाड बगर
जहाँ हरियाली हुने छैन
प्राकृतिक सुन्दरता हुने छैन
त्यस्तो जीवन के जीवन ??
जसमा कुनै जिव छैन
यस्तो बिशाल संसारमा
संजीवनी एउटै छ
जसलाई पाउने आशा छैन
त्यही पनि त्यही पाउने विश्वाशमा
निरन्तर बगिरहेछु धाराप्रवाह
खीइरहेको छु समान गतिमा
समप्त नहुन्जेलका लागि
अर्को बिहानिले स्वागत नगरे सम्म !!!
बिपिको मेल मिलाप र त्यसको बर्तमानमा सान्धर्बिकता
सन्दर्भ
राष्ट्रिय मेल मिलप दिवस को हो। ३७ बर्ष अगाडि बिपि कोइराला यही नाराका साथ
निर्बासनबाट स्वदेश फर्कनु भएको थियो। वहाँ सँगै धेरै नेपाली कांग्रेसका
नेताकार्यकर्ताहरु पनि नेपाल फर्केका थिए । २०३३ साल पौष १६ गते तदनुसार ३१
दिसेम्बेर १९७६ का दिन तत्कलिन राजा सँग आफ्नु गर्धन जोडीएको कुरा व्याख्या गर्दै
कोइराला नेपाल आउनु भएको थियो। भारतमा रहदै आउनु
भएको नेता कार्यकर्ता हरु सँगै
नेपाल फर्कनुपर्ने कारण राष्ट्रियता सँग जोडीएको थियो । तत्कालिन सकृय राजतन्त्र
सँग कांग्रेसको घाटी जोडीएको कुरा अहिले को सन्दर्भमा राजा परस्त हुने भए पनि त्यो
बेला यसले भिन्नै महत्व राखेको थियो । त्यती नै बेला पनि गणेशमान सिंह लगायतका
नेताहरुले यो कदम को बिरोध नगरेका भने हैनन । तर बिरोध का बबजुद पनि बि पि को
निर्णयलाई स्विकारेर वहाँहरु स्वदेश फर्कनु भयो।Saturday, April 12, 2014
हाम्रो धरान
सांगुरी को उचाई बाट नियाल्दा
चरकोशे को सानो आंखा बाट चिहाउदा
सुन्दर देखिने हाम्रो धरान ,
झन अझ माथि सैलुंग बाट देखिने
शहरीया चमक
रात को कालो रंगमा
हराएको हुन्छ।
पूर्ब मा बग्ने जलपथ
त्यस्तै पश्चिममा देखिने खोला
केबल बर्षामा यहाँ उत्पात गर्छन
धराने ता ककाकुल जीवन बाच्न बिबश छन
माथि बग्ने नमस्ते झरना को कलकल
केबल मृगमरीचिका हुन्छ यहाँ।
बिकाश आचार्य
27-07-2069
Friday, April 11, 2014
गिरिजा प्रसाद कोइराला र सुनसरी कांग्रेस
सुनसरी जिल्लामा
कांग्रेसको संगठन र गतिविधिहरुलाई फर्केर हेर्दा यो नेपालकै एउटा यस्तो जिल्लाको
रुपमा देखिन्छ जसको नेत्रित्व प्रारम्भमा स्वयम जननायक बिपी कोइरालाले गर्नु भएको
थियो । मोरङ र भरतको बिहार राज्य सँग जोडीएको सुनसरी जिल्लाले प्रत्यक्ष रुपमा
बिपी र गिरिजा प्रसाद कोइरालाहरुको नेत्रित्व र अभिभावकत्व पाइआएको थियो । यस
जिल्लाका दक्षीणी गाउँहरुमा स्वयम नेपाली राजनीतिका शिखर ब्यक्तित्व, पुर्व
प्रधानमन्त्री एबम नेपाली कांग्रेसका पुर्व सभापति स्व गिरिजा प्रसाद कोइराला
संगठन गर्न अहोरात्र खटीनुहुन्थ्यो। गिरिजा प्रसाद कोइरालाका पैतालाका डोबहरु अनी
वँहाले गूडाएको साइकलका पांग्राको निशानको प्रतिफल सुनसरीका गाउँहरुमा अझै पनि
नेपाली कांग्रेसको संगठन सशक्त रुपमा देख्न सकिन्छ । वहाँले रोपेको कांग्रेसको रुख
यस जिल्लामा बिशाल वटब्रिक्षको आकारमा फैलिएर रहेको छ । पुराना कांग्रेसका
कार्यकर्ताहरुलाई सोध्दै जाँदा बडो दु:खले यहाँ संगठनलाई बिस्तार गरेको यथार्थ
पाउन सकिन्छ ।
धरान , ग्रामीण पर्यटन र "होम स्टे"
पर्यटकिय दृष्टिकोणले धरान तथा यसको आसपासको क्षेत्र
अत्यन्त आकर्षक र मनोरम छ । यहाँको रहनसहन , धर्मिक सम्पदा र प्राकृतिक सुन्दरताको महत्वलाई हामीले
त्यसको अवधारणा बिकसित गर्न सक्नु पर्छ । धरान आँफैमा एउटा सुन्दर शहरहो । यहाँका
धेरै कुराहरुले पर्यटकहरुलाई आकर्षण गर्न सक्ने देखिन्छ । बिजयपुरलाई धरानको
प्रमुख आकर्षणको केन्द्र बनाउदै यहाँको धर्मिक मठ मन्दिरको प्रचार प्रसार गरेमा
धरान सबैतिर चर्चाको बिषय हुन जान्छ । यसका आतिरिक्त यसको वारीपरी को बिष्णुपादुका
, बराहक्षेत्र र भेडेटारलाई
अनी यसको वरीपरीको गाँउ बस्तीलाई पर्यटनको अवधारणामा
तान्न सकिने देखिन्छ ।
Thursday, April 10, 2014
मेरो स्मृतिको पानामा गिरिजाप्रसाद कोइराला
विकास आचार्य
भू.पू. अध्यक्ष
ने.वि. संघ सुनसरी
हाल ने.का.
जिल्ला सह सचिब सुनसरी
प्रगतिमन
विरुद्धको आन्दोलन निरन्तर जारी थियो । आन्दोलन कै एउटा अंशको रुपमा नेपाल
विद्यार्थी संघको राष्ट्रिय भेला काठमाडौंमा आयोजना गरिएको थियो । प्रसङ्ग त्यस
घडीको हो जब पूर्व राजा ज्ञानेन्द्रले देशको सम्पूर्ण निर्वाचित अङ्गहरुलाई
प्यारालाइज्ड बनाएका थिए । स्थानीय सरकारको समयावधि सकिएको अवस्था थियो, प्रतिनिधि
सभा विघटन गरिएको थियो, यहाँ सम्मकी विद्यार्थी राजनीतिको धरोहर
स्वतन्त्र विद्यार्थी युनिनको निर्वाचन पनि हुन नदिने जस्तो घोर अलोकतान्त्रीक
क्रियाकलापहरु मुलुकमा हावी भइरहेको थियो ।
लोकतान्त्रिक संरचनाहरु भत्काउँदै निरंकुशता थोपर्ने ज्ञानेन्द्रको
षड्यन्त्र मुलुकमा क्यान्सर फैलिए झैं फैलिँदै थियो ।
Wednesday, April 9, 2014
धरानबाट प्रकाशित हुने मर्निङ टाईम्स दैनिक २० मार्च को अंकमा म सँगको संक्षीप्त कुराकानी !!
कांग्रेस
कार्यकर्ता बिकास आचार्य सुनसरीमा परिचित नाम हो । कांग्रेसी राजिनितीमा
सकृय आचार्य हाल सुनसरी कांग्रेसको सहसचिब हुन । कांग्रेस जिल्ला सभापति
राजिव कोइरालाले स्थानिय चुनावको तयारीका
लागि भन्दै मनोनित जिल्ला सदस्यहरुलाई पदमुक्त गरेका छन । यसै सन्धर्भमा
उनीसँग मर्निङ टाईम्स दैनिकले गरेको संक्षीप्त कुराकानी :
तिमी रुँदा पो मलाई दु:ख लाग्छ
एकान्तमा बितेका छन मेर रातहरु ,
किन किन तिम्रा यादहरु आइरहन्छ मलाई ,
मैले मनले चाहेको हो तिमीलाई ,
शायद त्यसैले म मन परीन तिमीलाई !
तिमीलाई देख्दा आँखाबाट आसुँ झर्छन ,
दर्के झरिमा फूल टुक्री झरे सरी ,
तिमीले बिदा मागेकोमा दु:ख मनाउ छैन ,
तर तिमी रुँदा पो मलाई दु:ख लाग्छ !!
सूचनाको हकको प्रयोग
सामाजिक अभियन्ता राधाकुमारी राईले आफ्नो गाविसमा गठित एकीकृत योजना तर्जुमा समितिमा को को रहेछन् भन्ने थाहा पाउन चाहिन्।यसबारे जानकारी र अध्ययनका लागि सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३ अनुसार नामावली माग गरी निवेदन दर्ता गरेकी थिइन्। उनले त्यहाँ छुट्टै सूचना प्रदान गर्ने कर्मचारी भेट्टाउन सकिनन् तर खोजेको सूचना भने प्राप्त गर्न सफल भइन्। त्यसैगरी विद्यार्थी राजनीतिमा सक्रिय रमेश खड्काले आफ्नो वडाको सामुदायिक विद्यालयमा निर्माण हु“दै गरेको शौचालयमा अनियमितता भएको शंका गरे। अनि सो विद्यालयसँग सोही ऐनबमोजिम उक्त शौचालय निर्माण समितिको गठन विधि र नामावली एवम् कुल लागत रकम कति हो भनी माग गरे। विद्यालयमा छुट्टै सूचना अधिकारीको व्यवस्था त थिएन नै, उल्टै प्रधानाध्यापकले त्यस्तो सूचना गोप्य हुने र दिन नमिल्ने मौखिक जानकारी दिए। यसबाट रमेशले सूचनाको अधिकारबाट वञ्चित भएको ठाने।
Subscribe to:
Comments (Atom)

















