Sunday, December 28, 2014

सपना

आज उदास छ बिहानी
तर निकट तिमी छैनौ
कती स्वार्थी छ यो जिन्दगी
अब तिमी बिना
यो सोचेर अनुभव गर्दैछु
माया बढ्दै जादै छ मेरो
एउटा सपना देखे मैले
तिमीले छोडेर गएको
त्यस पछी त हो मैले कसम खाएको
तिमीलाई सधैं साथ दिनेछु भनेर
किन कि सपनाले नै हो
मलाई तिमी बिनाको जीवन
कती निरस छ भन्ने अनुभती दिलाएको
अनी मलाई तिमी सँग
झन नजिक पुर्याएको !!

Tuesday, December 9, 2014

स्मृति

कोशीस गर्दैछु खोज्न 
बुढासुब्बाको बाँसमा,
खोपेर लेखेको तिम्रो नाम
बर्तमानमा
सबै धागोले छोपेछ !
प्रक्रितीको त्यो क्षेत्रमा
अझै तिम्रो सुबास
पर देखिने सेउती खोलाको
सुख्खा बगर
धेरै पहिले तिम्रो सिउदो जस्तो
रंगहिन देखिन्थ्यो
तर आज
तिम्रो सिउदो भएको रंगिन
केवल खोला अझै सुख्खा !!

Friday, December 5, 2014

तिमी

मैले तिम्रो नाम 
आकाशमा लेख्दा 
हावाले आएर उडाइ लाग्यो !

मैले तिम्रो नाम 
बालुवामा लेख्दा 
छालहरु आएर बगाइ लाग्यो !!

मैले तिम्रो नाम 
मनमा लेखे 
कसले सक्ने अब मेटाइ दिन !!!

Monday, December 1, 2014

मौन माया

किन छौ तिमी मौन 
तिम्रो मेरो बिच यो दूरी 
कहिले देखी बढ्यो 
मायाका धेरै धेरै बाचाहरु तिम्रा 
क्रमश: क्रमश: सडिरहेछन
हाम्रो मधुर भेट गराउने
त्यो अमुक कारण
पल पल टाढीदैछ
अब त ,
त्यस्ता कारण पनि
अटल विश्वास बोकेर आउन
हिचकिचाउन थालिसक्यो
हाम्रो कमजोर मायामा
दिक्क माने झैं
रुन्चे हाँसो बोकेर
मुस्कुराउन छाडी सक्यो
आउ प्रिय,
माया को हाम्रो रंगिन संसार सजाउ
इन्द्रेणीको सातै रंग चोरेर
जीवन प्रगाढ बनाउ !!!