Tuesday, June 24, 2014
Wednesday, June 18, 2014
धरान नगरको चौतर्फी बिकास, कांग्रेस र नगर पलिकाको निर्वाचन
संबिधान सभाको सफल निर्वाचन पस्चात अहिले
मुलुकको राजनीति स्थानिय निकायको चुनाव तर्फ केन्द्रित भएको छ ।प्रमुख दलहरुले
आफ्नो घोषणा पत्रमा नै संबिधान सभाको निर्वाचन भेएको छ महिना भित्रमा स्थानिय
चुनाव सम्पन्न गर्ने भनेर लेखेको कुरा र बर्तमान आवश्यकतालाई आधार मान्ने हो भने
अब स्थानिय चुनाव निकट आइसकेको छ । स्थानिय सरकारको रूपमा परीचित जिल्ला बिकास
समिती , गाँउ बिकास समिती र नगर पालिकाको पछील्लो पटक २०५४ सालमा निर्वाचन
भएको थियो । त्यस यता यि निकाय अलपत्र ढंगले सन्चालन हुँदै आइरहेका छन ।
लोकन्त्रिक पद्दती अंगालेको देशमा यसरी दशक भन्दा बढी समय सम्म निर्बाचित
प्रतिनिधि बिहिन अवस्थामा स्थानिय निकायलाई छाड्नुलाई राम्रो मान्न सकिदैन ।त्यसमा
पनि धरान नगर पालिका जस्तो बिकासको गतीमा अगाडि बढीरहेको नगर पलिकामा त निर्बाचित
प्रतिनिधी बिहिन अवस्थालाई प्रतिकुल नै भन्नु पर्छ । कर्मचारी द्वरा नगर पालिका
सन्चालन हुँदा जनता सँग प्रत्यक्ष जोडीएको बिकास निर्माण प्रकृयामा राम्रो टेवा
पुग्दैन । जनताको तर्फबाट निर्वाचनको माध्यमबाट पठाइएका प्रतिनिधीहरुले जस्तो
निर्णय लिन पनि कर्मचारीले सक्दैनन् ।
Sunday, June 8, 2014
Saturday, June 7, 2014
Wednesday, June 4, 2014
गीत
जिन्दगीको दोबाटोमा छैन मलाई चौतारी हो ।
एक्लै हुँदा कल्पी बस्ने सधैं हिड्छु भौतारी हो ।।
साथ खोज्दा तिम्ले मलाई किन दिन्छु भनेको थ्यौ ?
जीवनको यो गोरेटोमा अहिले कहाँ हराइ गयौ ।।
साथी संगी नाता छोडि अलप भइ हराएका छन ।
कुनै दिन फेरी मलाई आफ्नो भनी आउने हुन कि ।।
दुईदिनको यो चोलामा धेरै खुशी मलाई छैन ।
दु:ख पनी राम्रो लाग्छ सफर काट्न गर्हो छैन ।।
एक्लै हुँदा कल्पी बस्ने सधैं हिड्छु भौतारी हो ।।
साथ खोज्दा तिम्ले मलाई किन दिन्छु भनेको थ्यौ ?
जीवनको यो गोरेटोमा अहिले कहाँ हराइ गयौ ।।
साथी संगी नाता छोडि अलप भइ हराएका छन ।
कुनै दिन फेरी मलाई आफ्नो भनी आउने हुन कि ।।
दुईदिनको यो चोलामा धेरै खुशी मलाई छैन ।
दु:ख पनी राम्रो लाग्छ सफर काट्न गर्हो छैन ।।
Tuesday, June 3, 2014
नेपाली राजनीति र युवा
आज हाम्रो देश एउटा संक्रमणको अवस्थाबाट गुज्रीरहेको छ । यहाँ रहेका राज्यका हरेक अंगहरुमा न्यायोचित र समयोचित परिवर्तन महसुस गरिएको छ । राजनीतिक परिवर्तन भएको छ । पुराना पद्दती र यथास्थितीलाई प्रगतिशिल र अग्रगामी तरिकाले फेरिएको छ । संबिधान निर्माणको प्रकृया चालु अवस्थामा छ । यि सबै कार्यहरु हुने र भएका चरणमा हामीले बारम्बार सुन्दै, बहस र चर्चा गर्दै आएको शब्द भनेको " युवा " हो । युवा सहभागीता , युवालाई नेत्रित्व , युवाको प्ररिनिधित्व आदी कुराहरु अहिलेको समयमा धेरै सुनिने र प्रयोग गरिने वाक्यांश हो । यथार्थ पनि यही नै हो । आजको यो अत्यन्त जटिल र पुरानो फालेर नयाँ निर्माण गर्ने संक्रान्तिको अवस्थामा नेपाललाई चाहिएको पनि युवाहरुको उत्साह ,जोश र उर्जा हो ।
Subscribe to:
Comments (Atom)






