-बिकास आचार्य
पूर्वबाट उषाले चिहाएको स्पष्ट
देखियो । त्यसैको
लालीले समस्त धर्तीले नै
उज्ज्यालोको निश्वास फेरेको भान
भईरहेको थियो ।
सत्यवतिको यौवनले झलक्क बलेको
मुहारमा त्यो रक्तिम
किरणको हल्का ताप पर्नासाथ
उनी स्वप्निल जगतबाट
वास्तविकतामा झरीन ।
"ओहो
, आज त धेरै
बिलम्ब भैसकेछ , नदी पार
गर्न चाहने यात्रुहरु
तटमा प्रतिक्षा गरेर
बसिरहेका होलान । "
मनमनै यती कल्पेपछी
हतार हतार शयनबाट
उत्रेर नित्यकर्मबाट निब्रीत हुन पटी
उनी लागिन ।
पल भर मै
स्नानादी कार्य गरिसकेपछी स्त्रीजन्य
स्वभावले प्रेरित भएर सौंदर्य
बढाउन यमुना किनारमा
अवस्थित आफ्नो सानो घरको शयनकक्षको
बाँसले बारेको भित्तामा झुण्ड्याईेएको
सानो पुरानो एेना
सामु उभिएर आफ्नै
सौंन्दर्यले मोहित भै मुस्कुराईन
। सोचिन :
"यमुना
किनारको यो गाँउमा
म जतिको सुन्दर
स्त्री कोही छैन
। सबै सखीहरु
मेरो रुप देखेर
ईर्श्याले जलेका छन ।
गाँउका नवयुवकहरु मेरो पछाडि
चाहनाको निश्वास छोड्छन ।
मलाई अंगाल्न चाहन्छन
। "
आफ्नो सुन्दरताको मोहनि रुपको कल्पनामा
डुबेर उनी प्रफुल्लित
हुन्छिन । उनलाई
थाह छ उनी
एक यौवनले मस्त
युवती हुन ।
बिधाताले उनलाई समयको परवाह
नगरि धेरै मिहेनतले
सृष्टी गरेका हुन कि
जस्तो लाग्थ्यो ।
उनी अद्वितिय सुन्दरी
थिइन । उनको
शरीरिक अवयवको सटिकता हेर्दा
पुरुषहरु भुतुक्कै हुन्थे ।
यमुना तटको उक्त
स्थान मात्रै हैन
वरिपरीको कौयौ गाँउका
पुरुषहरुको उनी आकांक्षा
थिइन । कैयौ
युवकहरुले उनको कारण
भोक, तिर्खा र
निन्द्रा त्याग गरेका थिए
।
आफ्नो सुन्दरतामा दुनियाँ भुलेको
अनुभूती भएर पनि
उनमा किन्चित अहं
थिएन । उनको
उमेरका अन्य युवतीहरुमा
झैं उनमा पनि
बैंशालु चन्चलता भरिपूर्ण थियो
। उनमा पनि प्रकृतिले
यो उमेरमा
प्रदान गर्ने सबै प्रकारका
स्त्रिजन्य चाहना , भावना अनी
कल्पना हरु एक
रती कमी थिएन
।
बाँसको काँईयोले कपाल
कोरिसके पछी उनले त्यसको चुल्ठोमा सेतो गोदावरीको सुगन्धित फुल सिउरेर आफुलाई एेनामा
हेरिन । चमेलीको वासना आउने तेल लगाएर कोरिएको लामा र कालो केशराशिमा घुसाइएको त्यो
सेतो फुलले राती गगनमा देखिने चन्द्रमाको झल्को प्रदान गरेको थियो । त्यस पछी उनले
बिभिन्न जडिबुटी मिसाएर घ्युमा तयार गरिएको गाजलले नयनको श्रींगार गरिन । आँखाहरु ठूला
ठूला देखिए । उनको सुन्दरता दुई गुणाले बढेको देखियो । त्यस पछी क्रमश गालामा गुलाबको
लाली पोतिन , ओठमा काँचो सिम्रिकको रङ दलिन । यसरी उनले आफुलाई पूर्णरुपले तयार गरी
सकेपछी आफुलाई सबभन्दा मनपर्ने वस्त्र झिकेर लगाइन । एेना सामु घुमेर अगाडि पछाडि हेरेर
सन्तुष्ट भएपछी आफुलाई ईन्द्रकमल फुलको वसना आउने अत्तरले सुगन्धित बनाइन ।
उनलाई आफुमा भएको एउटा
मात्र कुरा मन पर्दैन थियो । उनको त्यो सुन्दर शरीरबाट माछाको जस्तो गन्ध आँउथ्यो ।
उनी त्यसैलाई छोप्न नियमित अत्तर प्रयोग गर्थिन । माछाको जस्तो गन्ध आउने युवती भएकी
हुनाले उनलाई सबैले "मत्स्य गन्धा" भनेर जिस्काउने गर्दथिए । उनलाई आफ्नो यही एउटा दुर्वल पक्षले पिडा दिन्थ्यो । यदी उनको
शरीरबाट त्यो गन्ध हट्ने हो भने उनी जस्तो कर्म पनि गर्न पछी पर्दिन थिइन । जस्तो सुकै
परीणाम भोग्न तयार थिइन ।
---------------------------------------------------------------------------------------------------------------------------
सत्यवतिलाई उनको शरीरबाट
किन माछाको जस्तो गन्ध आँउछ भन्ने कुराको सतही ज्ञान थियो । बाबाले उनलाई भन्ने गर्दथे
कि उनी कुनै माछाको कोखबाट जन्मिएकी हुन । माछाको गर्भमा गर्भाधान भएर जन्मेकी हुनाले
उनको शरीरबाट माछाको जस्तो गन्ध आएको हो ।
नियती पनि कती कठोर
हुदोरहेछ । उनको पिताजी राजा थिए रे । उपरिचर उनको नाम थियो । कहिले हिंड्नु नपर्ने
, गूड्नु नपर्ने उनी एक स्थानबाट अर्को स्थान जानलाई बिमानको प्रयोग गर्थे । सधैं उड्ने
हुनाले उनको नाम नै उपरीचर भएको रे । पिताजिको यस्तो कथा उनले सधैं सुन्दै आएकी थिइन
। यस्तो धनवान राजाकी छोरी किन यमुना नदिमा यात्रुहरुलाई डुंगामा ओहोर दोहोर गराएर
जिविकोपार्जन गरिरहेकी छ । सम्झदैमा उनलाई दैबको लीला अनौठो लाग्छ ।
उनकी आमा पनि पूर्वजन्ममा
स्वर्गकी अद्रिका नामकी अप्सरा थिइन रे । भूलबश गरेको कुनै गलतिको सजाय स्वरूप ब्रह्माजिको
श्रापका कारण यमुना नदिमा माछाको जीवन जिउन वाध्य भएकी थिइन ।
सत्यवतीलाई आफ्नो गर्भाधान
कसरी भयो भन्ने थाह थिएन । तर बिधाताले उनको गर्भाधान अस्वभाविक गराएको थियो ।
एक
दिन राजा उपरिचर कामान्ध भएर यमुना माथि उडीरहेका थिए । काम वसानाले आक्रन्त उनले विर्यको
वेगलाई नियन्त्रण गर्न सकेनन । स्खिलित भएको बिज पतन भएर नदिमा झर्यो । उता भोकले व्याकुल
माछा रुपी अद्रिकाले हत्पत त्यसलाई निल्न पुगिछन । तत्क्षण गर्भ रहन गई दशौ महिना पश्चात
एक कन्याको जन्म भयो । जसको नाम माझीहरुले सत्यवती राखी दिएछन । हो , यही कन्या आज
नाविक सत्यवतीको रुपमा यमुना नदिमा डुंगा चलाई रहेकी छ ।
--------------------------------------------------------------------------------------------------------------------
तयार भएर अन्तिम पल्ट
एेना हेरिसकेपछी सत्यवती यमुना तट तर्फ प्रस्थान गर्न घरबाहिर निस्किइन । बैंशले उन्मत्त
उनको शरीरले चपलता प्रदर्शन गरिरहेको थियो । उनको चाल अत्यन्त आकर्षक थियो । तेजिलो
मुहार सुन्दरताको साथ्साथै व्यवहारिक गम्भिरताले दिप्त थियो । उनी हिंड्ने बाटोमा प्रतिक्षारत
पुरुष नयनहरुले उनलाई यमुना तट सम्म पछ्याईरहे । उनले युवकहरुले गरेको यो द्रिष्यपानबाट
मिठो अनुभूती गरिन । उनलाई लाग्यो आजको स्रिंगार सम्पूर्ण परिक्षाहरुमा सफल भयो ।
यमुना तटको आफ्नो डुंगालाई
सरसफाइ गरेर उनले त्यसलाई पानी भित्र अलिपर सन्न घँचेटेर राखिन । किनरामा डुंगालाई
बाँधेको डोरीलाई एक पटक राम्ररी जाँचेर उनी यमुना पारी जाने यात्रीको पर्खाइमा एक छेउ
लागेर बसिन । नदी एकोहोरो भएर आफ्नो प्रवाहमा बगिरहेकी थिइन । स्वाँको निरन्तर आवाजको
गहिराइमा सत्यवती कतै हराइ रहेकी थिइन । वरपरको कोलाहलले उनको अलिकती पनि ध्यान भंग
गर्न सफल भएको थिएन ।
परबाट पराशर ॠषिको
नेत्रित्वमा बिस पच्चिस जना अन्य ॠषिहरु नदी तट नजिक आउँदै गरेको देखियो । तटमा रहेका
सबैजनाको कानमा वेदका ऋचाहरु छन्दवद्द वाचन गरिएका आवाजहरु गुन्जिन थाल्यो । सबै जनाको
आँखा ॠषिहरुको हुलतिर मोडियो । बातावरण वेद मन्त्रले तरंगित भयो ।
"ॐ सहना भवतु
सहनौ भूनात्तु सह विर्यम् करवा वाही
तेजस्विना बधीतमस्तु
महाविद्वशावाही
ॐ शान्ती : शान्ती:
शान्ती :"
ॠषिहरु नदी तटको बालुवामा
पाइलाको डोब छोड्दै नदी किनार सम्म आइपुगे । तत्पश्चात समुहको नेत्रित्वकर्ता पराशरले
तिक्ष्ण दृष्टिले त्यहाँको अवलोकन गरे । उनको नजरबाट केही पर चुपचाप बसेकी सत्यवती
छिप्न सकिनन । उनी अन्य ॠषिहरुलाई त्यही रोकिन निर्देशित गरेर सत्यवती छेउ पुगे । उता
वेद मन्त्र आफ्नै छन्दमा जारी थियो ।
सारा संसारलाई भुलेर
कल्पनामा डुबेकी सत्यवतिको ध्यान ॠषिको पाउको आहाटले भंग भयो । नयन उठाएर हेर्दा उनले
आफ्नो अगाडि अत्यन्त तेजस्वी योगी देखिन । उनले बडो आदरका साथ तिनलाई प्रणाम गरिन
:
"प्रणाम योगिवर
। "
"आयुश्मती हुनु
, सौभाग्यवती हुनु । "
ॠषिले आशिर्वाद प्रादन
गरे । यस्ती सुन्दरी एबम यौवनले मस्त भएकी नवयौवना कन्या देखेर उनको मन बिचलित भयो
। भोग इच्छा बढेर आयो । कामुक आँखाले सत्यवतीलाई हेर्दै उनले धोद्रे स्वरमा सोधे :
" हे सुन्दरी
, तिमी को हौ ? के गर्छौ ?"
" म माझी पुत्री
सत्यवती हुँ । म यही यमुनामा डुंगा चलाऊने काम गर्छु । "
सत्यवतीले किन्चित
लजाएर उत्तर दिइन । उनको नजरबाट योगीको मनोकांक्षा लुक्न सकेन । उनलाई अलिकती भय लाग्यो
। मन मनै सोचिन :
"हेर्दा त उच्चकोटिको
योगी जस्तो छ तर मलाई यसरी खाँउला जस्तो गरेर किन हेरेको होला । यसको नियत असल छैन
, मैले जोगिनु पर्छ । "
उनले यती सोच्नु के
थियो धोद्रे स्वरमा पुन: ॠषि बोले :
" हे कन्या ,
मलाई तिमी अत्यन्त मन पर्यौ । मलाई तिमी सँग समागमको इच्छा भयो , तिमी आफ्नो शरीर मलाई
सुम्पिदेउ । म तिमीबाट आफ्नो कामवसना शान्त गर्न चाहन्छु । "
यसरी सिधै यौन प्रस्ताव
राखेको सुनेर सत्यवती क्रोधित भइन । उनलाई क्रोध सँगै लाज पनि लाग्यो । उनले प्रतिवाद
गरिन :
" हे योगिवर
, हजुर उच्चकोटिको ॠषि जस्तो देखिनुहुन्छ । हजुरलाई आफ्नो छोरी समान म सँग यस्तो कुरा
गर्न आफ्ठ्यारो लाग्दैन , शरम लाग्दैन ? यसरी कहिले नभेटेको र नचिनेको युवतिलाई सम्भोग
प्रस्ताव राख्ने हजुर को हो ?"
" म ॠषि पराशर
हुँ । "
योगिले परिचय नलुकाइ
बताए ।
पराशर ॠषिको नाम सत्यवतीले
सुनेकी थिइन । यि ठूला ॠषि हुन भन्ने उनलाई जानकारी थियो । उनलाई परिस्थिती असहज लाग्यो
। बैंशले भरीभराउ भएकी उनलाई कताकता काउकुती समेत लाग्न थाल्यो । एकातिर ॠषिको इच्छा
पुरा गरिदिए धर्म हुने अर्को तिर आफ्नो कौमर्य भंग हुने । उनी दोधारमा परिन । अन्त्यमा
आफ्नो कौमार्यलाई प्राथमिकता दिदै उनले ॠषि इच्छाको प्रतिवाद गरिन :
" हे ॠषिवर ,
म कुमारी युवती , हजुर सँग समागम भएपछी मेरो कौमार्य नष्ट हुने हुनाले हजुरको इच्छा
पुरा गर्न असमर्थ छु , मलाई माफ गर्नु होला । "
युवतीको यस्तो कुरा
सुने पछी ॠषि बोले :
"हे सुन्दरी
, म तिम्रो रुप देखी मोहित भएको छु , तिमी मलाई तिम्रो यौवन दिदैनौ भने म तिमीलाई श्राप
दिन्छु । "
श्रापको डरले सत्यवतिको
शरीर थरर काँप्यो । उनको अनुहार भयले सेतो भयो । उनले ब्रम्हाण्ड डुब्दै गरेको देखिन
। मान्छेलाई आखिर सहज र श्राप मुक्त जीवन जिउने रहर हुने रहेछ । श्रापित जिन्दगी भन्दा
त बरु यिनलाई एकपटक शरीर सुम्पदा के होला र ? उनको यो दुबिधा देखेर ॠषिले पनि उनलाई
फकाउन थाले :
" हे सुन्दरी
, तिमीले मेरो चाहना पुरा गरीदियौ भने म तिम्रो शरीरबाट आउने माछाको दुर्गन्ध मेरो
मन्त्रको शक्तिले सधैंको लागि हटाइदिन्छु । "
भय र छटपटीले यमुना
किनारको त्यो अत्यन्त गर्मिमा पनि सत्यवतिको पसिना छुटेको थियो । पसिनाले उनले लगाएको
अत्तरको सुगन्धलाई समेत पराजित गर्दै परासरको नाक सम्म कती बेला माछाको गन्ध पुर्याइसकेको
रहेछ । प्रक्रिती सँग यही कुरामा सधैं असन्तुष्ट रहेकी उनी यदी यो गन्ध साँच्ची हराउने
हो भने एकपटकलाई यि योगि सँग समागम गर्दा के होला भनेर बिचार गर्न थालिन । उनको सतित्व रक्षा गर्ने वललाई उनको
असन्तुष्टीले जित्यो । मसिनो स्वरमा भनिन :
" ॠषिवर , यहाँ
यती धेरै मान्छेहरु छन , हजुर सँग आएका त्यती धेरै ॠषिहरु समेत यही छन अनी हाम्रो समागम
कसरी हुन्छ ?"
सत्यवतीको स्विक्रिती
प्राप्त गरेपछी पराशरले सबभन्दा पहिले उनको शरीरबाट आउने माछाको दुर्गन्धलाई आफ्नो
तपोवलले हटाइदिए ।
अनी बोले :
" हे स्त्री
, तिम्रो शरीरबाट आउने दुर्गन्ध अब हराएको छ , तिमी माछाको गन्धबाट मुक्त भयौ । परिक्षण
गर । "
सत्यवतिले आफ्ना औंला
काखी मुनी लगेर दलिन । उनको काखीबाट नै धेरै मात्रामा माछाको गन्ध आउथ्यो । काखीमा
दलेको औंलालाई सुँघ्दा सधैं जस्तो माछा गन्हाएन । उनी अल्हादित भएर एक्कासी चिच्याइन
:
" धन्यवाद छ ॠषिवर
, हजुरको इच्छा पुरा गर्न म तयार छु । "
तत्पश्चात पराशरले
सत्यवतिलाई डुंगा खोल्न लगाए । उनले फेरी आफ्नो तपोवलले यमुना किनारको त्यो सम्पूर्ण
ईलाकामा बाक्लो हुस्सुको श्रीजना गरीदिए , सामुन्ने समेत देखिन छोड्यो । त्यहा उपस्थित
कसैले पनि के भयो थाह नपाउने भए । त्यस पछी ति दुबै जना डुंगा खियाउदै बाक्लो हुस्सु
कै बिचबाट यमुनाको मध्यमा अवस्थित द्विपमा पुगे ।
कामवासनाले आफु ॠषि
हुँ भन्ने समेत बिर्सेंका एक योगी र आफ्नो सुन्दरतामा शरीरबाट निस्कासन हुने दुर्गन्धलाई
अबरोध ठान्ने अर्की युवतीको निहित स्वार्थले समाजको नियमलाई कुल्चदै उक्त द्विपमा यौनको
खेल खेलेको देखेर प्रक्रितीले आफ्नो आँखा चिम्लीइन । कामान्ध दुईजनाको त्यहा देखिएको
द्रिष्य माथी नयन खुल्ला रहेका अन्य कसैको दृष्टि नपरोस भनेर मायाले उत्पन्न गरेको
बाक्लो हुस्सुलाई समेत शरमले आकुलब्याकुल बनाउदै गयो । समय टक्क रोकियो , धर्ती स्थिर
भइन , समस्त ब्रह्माण्ड निमेष भर कम्पित भयो । ठीक त्यही क्षण पराशर र सत्यवतीको सत्यताको
बिज, डिम्ब सहित तल रसातलमा गर्ल्याम गुर्लुम ढल्यो ।
नदी तटमा भने अझै अन्य
ॠषिहरु यो घटना बारे बेखबर बैदिक ऋचाहरु छन्दबद्द बाचन गरी रहेका थिए । बातावरण बेदका
मन्त्रहरुले गुन्जयमान भै रहेको थियो ।
" ॐ असदो माँ
सद गमय ,
तमसो माँ ज्योतिर्गमय
,
मित्र्योरमा अमृतं
गमय ,
ॐ शान्ती : शान्ती:
शान्ती: "
---------------------------------------------------------------------------------------------------------------------------

No comments:
Post a Comment