Wednesday, August 22, 2018
Sunday, April 1, 2018
एउटा कालखण्डको जर्नल
— विकास आचार्य
२०६१ माघ १९ गते
आज बिहानैदेखि राजा
ज्ञानेन्द्रले राष्ट्रको नाममा विशेष संवोधन गर्दै महत्वपूर्ण घोषणा हुने भनेर प्रचार
गरिएको थियो । राजाले के घोषणा गर्ने हुन् भनेर मुलुकभर विभिन्न राजनीतिक अड्कलबाजीहरू
हुन थालेका थिए । कोही चुनाव घोषणा हुने भन्दैथिए । चुनावको कुरा गर्नेभित्र पनि स्थानीय
चुनाव हुने कि संसदीय चुनाव हुने भन्ने चर्चा हुदैथियो । कोही भने तत्कालीन सरकार परिवर्तन
हुने विचार व्यक्त गर्दैथिए भने राजनीति र तत्कालीन मुलुकको अवस्था देखेर विरक्त लागेकाहरू
राजाले सेना साथमा लिएर सत्ता हातमा लिने भनेर आफ्नो विचार प्रस्तुत गर्दैथिए । यसरी
एउटा नौलो राजनैतिक अन्योल सिर्जना भएको थियो माघको त्यो ठण्डा बिहानीमा । शीतलहरको
चीसो सँग सँगइ समग्र मुलुकमा तातिएको राजनीति अनुभूत भइरहेको थियो ।
सूचना कहाँ र किन माग्ने ?
सूचनाको हक सम्बन्धी
एेन पारित भई
लागू भएको एक
दशक भईसक्यो ।
यो एेनले आफूलाई
मूलुकका सम्पूर्ण एेन कानून
भन्दा नागरिक मैत्री
र प्रगतीशील प्रमाणित
गरी सकेको छ
। यस सँगै
सूचनाको हक सम्बन्धी
नियमावलीले पनि उतिकै
वसन्त पार गरेर
आफूलाई सबै भन्दा
अब्बल नै प्रमाणित
गरेको छ । हिजो सम्म
सरकारको वा अन्य
कुनै सर्वजनिक निकायहरुको
काम कारवाही बारे
नागरिक सँग प्रश्न
सोध्ने वा सूचना
प्राप्त गर्ने कुनै अस्त्र
थिएन भने आज
यो कानूनले त्यस्ता
हरेक नागरिकहरुलाई सूचनाको
हक सम्बन्धी अभियन्ता
बनाइसकेको छ ।
यि अभियन्ताहरुले नै
शक्तिमा रहेका ब्यक्तीहरुलाई प्रश्न
सोध्ने र सूचना
प्राप्त गर्ने हैसीयत बनाइसकेका
छन । तै
पनि अहिले सम्म
यो एेन ओझेल
मै परिरहेको छ
। यस बारेमा
अधिकांश नागरिकहरुलाई थाहा छैन
र थाहा पाउनेहरुले
पनि यसको सर्वोत्तम
प्रयोग गर्न सकेका
छैनन । यसको
समुचित प्रयोग गर्न सर्वजनिक
निकायहरुमा बिभिन्न प्रकारले बिभिन्न
किसिमका सूचना माग्नु पर्ने
टड्कारो आवश्यकता देखिएको छ
। सूचनाको हक्लाई
कसरी व्यवहारिक प्रयोगमा
ल्याउन सकिन्छ र प्राप्त
सूचनाहरुलाई परम्परागत ढंगले सन्चालित
सर्वजनिक निकायहरुमा परिवर्तन ल्याउन
र सच्चाउनका लागि
कसरी प्रयोग गर्न
सकिन्छ भनेर चर्चा
गर्न उपयुक्त हुन्छ
।
Thursday, March 29, 2018
सत्यवतिको कौमार्य
-बिकास आचार्य
पूर्वबाट उषाले चिहाएको स्पष्ट
देखियो । त्यसैको
लालीले समस्त धर्तीले नै
उज्ज्यालोको निश्वास फेरेको भान
भईरहेको थियो ।
सत्यवतिको यौवनले झलक्क बलेको
मुहारमा त्यो रक्तिम
किरणको हल्का ताप पर्नासाथ
उनी स्वप्निल जगतबाट
वास्तविकतामा झरीन ।
"ओहो
, आज त धेरै
बिलम्ब भैसकेछ , नदी पार
गर्न चाहने यात्रुहरु
तटमा प्रतिक्षा गरेर
बसिरहेका होलान । "
मनमनै यती कल्पेपछी
हतार हतार शयनबाट
उत्रेर नित्यकर्मबाट निब्रीत हुन पटी
उनी लागिन ।
पल भर मै
स्नानादी कार्य गरिसकेपछी स्त्रीजन्य
स्वभावले प्रेरित भएर सौंदर्य
बढाउन यमुना किनारमा
अवस्थित आफ्नो सानो घरको शयनकक्षको
बाँसले बारेको भित्तामा झुण्ड्याईेएको
सानो पुरानो एेना
सामु उभिएर आफ्नै
सौंन्दर्यले मोहित भै मुस्कुराईन
। सोचिन :
"यमुना
किनारको यो गाँउमा
म जतिको सुन्दर
स्त्री कोही छैन
। सबै सखीहरु
मेरो रुप देखेर
ईर्श्याले जलेका छन ।
गाँउका नवयुवकहरु मेरो पछाडि
चाहनाको निश्वास छोड्छन ।
मलाई अंगाल्न चाहन्छन
। "
आफ्नो सुन्दरताको मोहनि रुपको कल्पनामा
डुबेर उनी प्रफुल्लित
हुन्छिन । उनलाई
थाह छ उनी
एक यौवनले मस्त
युवती हुन ।
बिधाताले उनलाई समयको परवाह
नगरि धेरै मिहेनतले
सृष्टी गरेका हुन कि
जस्तो लाग्थ्यो ।
उनी अद्वितिय सुन्दरी
थिइन । उनको
शरीरिक अवयवको सटिकता हेर्दा
पुरुषहरु भुतुक्कै हुन्थे ।
यमुना तटको उक्त
स्थान मात्रै हैन
वरिपरीको कौयौ गाँउका
पुरुषहरुको उनी आकांक्षा
थिइन । कैयौ
युवकहरुले उनको कारण
भोक, तिर्खा र
निन्द्रा त्याग गरेका थिए
।
Subscribe to:
Comments (Atom)


