" मामु....मामु
" अस्मु दुगुर्दै समीलाई बोलाँउदै छेउमा आई ।
अस्मु समिकी एक्ली
छोरी । भर्खर एसएलसी सकेर घर मै बसेकी छ । यौवनले ढकमक्क ढाकेको छ अस्मुलाई । चन्चल
छे , सुन्दर छे , स्वछन्द छे अनी निस्कपट छे । टोल भरीका नवयुवकहरुको मुटुको स्पन्दन
भएकी छे उ । सबैले मनमनै मन पराएका छन । कती जनाले त आफ्नो उ प्रतिको आकार्षण ब्यक्त
पनि गरेका छन । उसको गोरो अनुहारमा एउटा नजानिदो आकर्षण छ । गठिलो शरीरका हरेक अवयवहरुले
कुनै पनि पुरुषलाई पगाल्न सक्छ ।
छोरीले आफुलाई पुकार्दै
कुदेर आएको परबाट नै समीले देखी । आईप्याड हातमा बोकेकी छोरी छेउमा आई ।
"मामु आज फेरी
त्यसले मलाई म्यासेज गरेछ " उसले छेउ पर्ने बित्तिकै समीसँग सोफामा बस्नु र बोल्नु
एकै पल्ट भ्याइ ।
उनिहरु आमा छोरी मात्र
हैन साथी जस्ता पनि छन । आफ्नो सबै कुरा अस्मु समीलाई सुनाउछे । साथीहरु सँगको कुरा
देखी स्कुलको सबै कुरा समीलाई पनि थाहा छ । यसपालीको भ्यालेन्टाईन डेमा कस कसले उसलाई
प्रेम प्रस्ताव गरे , रेड रोज गिफ्ट दिये त्यो सबै समीलाई अस्मुले भनेकी थिई ।
पन्ध्र दिन अगाडि
" ट्रु लभर " भन्नेले अस्मुलाई फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाएको थियो ।
त्यसको प्रोफाइलमा हेर्दा फोटोको ठाउँमा "पागल प्रेमी " लेखेको रातो मुटुको
प्रतिक “पाना” मात्र थियो । त्यो कुरा समिलाई पनि भनेकी थिई । उसले त्यती बेला सबै
कुरा मामुलाई सुनाउदै सोधेकी थिई : "फ्रेण्ड रिक्वेस्ट एसेप्ट गर्नु कि नगर्नु
मामु ?"
"गर्देउन छोरी
, के हुन्छ र ?" समिले सहजै स्विक्रिती दिएकी थिई ।
त्यस पछी " ट्रु
लभर" ले लगातार अस्मुलाई म्यासेज मार्फत प्रेम प्रस्ताव राख्दै आएको छ । उसको
लेखाइबाट थाहा हुन्छ कि उ अस्मुलाई ज्यादै मन पराउछ तर सामुन्ने पर्न डराउछ ।
" ट्रु लभर
" नाममा म्यासेज पठाउने केटा आफूहरुले चिनेको नै हुने निश्कर्षमा दुबै आमा छोरी
पुगेका छन । शायद अस्मुको स्कुलको कुनै केटा हुन सक्छ वा छिमेकको कुनै किशोर हुन पनि
सक्छ भन्ने दुबैलाई लागेको छ । धेरैलाई त्यो युवक हुन सक्ने अनुमान अस्मुले गरी तर
त्यही हो भन्ने पुष्टी हुने कुनै आधार भेट्न सकिन ।
आजको म्यासेज हेर्न
भनेर अस्मुले आईप्याड समिको हातमा राखी दिई । लेखेको रहेछ :
" प्रिय तिमीलाई
बिर्सु भन्छु तर बिर्सन सक्दिन , आँखा खोल्दा जसलाई पनि तिमी देख्छु बन्द गरे झन संसार
नै तिमी नै तिमी देख्छु खै के गरु ? मलाई बाच्ने आधार देउ , तिमीलाई ज्यादै चाहने उही
तिम्रो म ...."
" उही तिम्रो
म...." यो शब्दहरु देख्ने बित्तिकै समी झसंग भई । आईप्याड झन्डै हातबाट छुट्यो
।
" यो मामुलाई
पनि सामान जतनले समाउन आउँदैन , अहिले झरेको भए के हुन्थ्यो कुन्नी " भन्दै आईप्याड
बोकेर अस्मु आफ्नो कोठा तिर लागि ।
समी भने आफुलाई चालिस
बर्ष अगाडिको सम्झनामा पुर्याएर एकोहोरो भई । समय टक्क अडीएको भान भयो ।
********************************************************************************
आज
पनि समीको ब्याग
भित्र राखेको पुस्तक
भित्र एउटा पोस्टकार्ड
भेटियो । टिफिन
टाईम सकिएर पाँचौं
घण्टी शुरु हुन
लाग्दा उक्त पिरियडमा
पढ्नु पर्ने किताब
झिक्न लाग्दा त्यस
भित्रबाट हिन्दी फिल्मको हिरो
हिरोईनको चुम्बनरत फोटो भुईमा फुत्त
झरेको थियो ।
समीले अरुले नदेखुन
भन्दाभन्दै पनि छेउमा
बस्ने रिसभले देखी
हाल्यो । भर्खर
आठ कक्षामा अध्ययन
गर्दै गरेका दुबैको
मुहारमा लाज सहितको
कौतुहलता देखिन्थ्यो । रिसभले
थाहा पाएको कुराले
समी झन लाजले
रातो भइ ।
त्यो पोस्ट कार्ड
उसलाई मन पराउने कुनै
केटाले नै त्यहाँ
राखिदिएको कुरा स्पष्ट
थियो । समी
कक्षाकी सबभन्दा आकर्षक केटी
, उमेर उत्तिकै भए पनि
एउटै कक्षामा पढ्ने
अरु केटीहरु भन्दा
उसको शरीरले छिट्टै
यौबन छल्काउन थालेको
थियो । भर्खर
किशोरावस्थामा प्रवेश गरेका समकालिन
केटाहरुको सपनाकी राजकुमारी थिई
उ । उसलाई
हेरेर लामो सास
नफेर्ने कोही केटा
थिएनन । एक
पटक देखे पछी
सबै केटाहरुले पुन:
फर्केर हेर्छन भन्ने कुरा
उसलाई पनि राम्रै
सँग थाहा थियो
। स्कुल बाहिरका
थुप्रै केटाहरुले उसलाई माया
गर्छु भनेर चिट्ठी
पठाउने गर्थे जसलाई उसले
वस्ता गर्दिन थिई
। समग्रमा भन्नु
पर्दा समी हरेक
केटाहरु माझ चर्चा
हुने गर्थी ।
तँ कसलाई प्रेम
गर्छस भनेर कसैलाई
सोध्यो भने उसको
मनमा पहिलो पटक
आउने तस्बिर समी
कै हुन्थ्यो ।
आज पहिलो पल्ट कक्षाकोठामै
उसलाई कसैले यसरी
प्रेम प्रकट गरेको
थियो । कसले
होला भन्ने कुरा
भन्दा पनि यो
कुरा सबैले थाह
पाए भने कक्षामा
साथीहरुलाई कसरी मुख
देखाउनु भन्ने पिरले उसले
अरुले नदेखुन भन्ने
चाहेकी थीइ, तर
रिसभबाट त्यो कुरा लुक्न सकेन ।
तल डेस्क मुनी
भुईमा हिरोले हिरोइनलाई
ओठमा चुम्बन गरेको
तास्बिर भने उनिहरुको
त्यो उमेरमा, अत्यन्त
कामुकताका साथ आफ्नो
प्रदर्शन गरिरहेको थियो ।
त्यो देखेर समीको
शरीर एकाएक कामेको
थियो । उ पसिनाले लगभग निथ्रुक्क
भएकी थीई ।
रिसभले नै भुँईबाट
त्यो कार्ड टिपेर
पछाडी के लेखेको
रहेछ हेर्न थाल्यो
। पढि सके
पछी उसले समीलाई
सोध्यो :
" तिमीलाई
यो कसले पाठएको
हो?"
उसले टाउको हल्लाएर आफुलाई
थाहा नभएको बताई
। लाजले रिसभको
मुख हेर्न सकिन
।
रिसभले पोस्टकार्ड उसलाई थमाईदियो
। कसैले देख्योकी
भनेर उसले पुन:
चारै तिर हेरी
। सबै जना
आफ्नो आफ्नो धुनमा
मस्त थिए ।
कार्ड हातमा लिएपछी
उसले रिसभलाई अनुरोध
गरी :
"प्लिज
यो कुरा कसैलाई
नभन ल ।
"
उ खिस्स हास्यो मात्र
। उसले पनि
आफुलाई मन पराउँछ
भन्ने कुरा समीले
अनुभूती गरेकी थिई ।
पोस्टकार्डको रिस उ
माथि नै पोख्न
उसलाई मन लगेर
आयो तर आफ्नै
बद्नाम हुने कुरा
सोचेर फेरी रोकीइ
। उसले त्यो
कार्ड आफ्नो ब्यागको
भित्र हालेर चेन
लगाइ । उसको
मन त्यस पछी
भने पढाईमा लागेन
। मनमा एक
तमासको डर लागि
रह्यो । छटपटीमै
स्कुल टाईम सकियो
। त्यो दिन उ कतै न
अल्मलीकन सिधै घर
आएकी थीई ।
घर पुग्ने बितिकै
उसले आफ्नो कोठा
भित्र प्रवेश गरेर
ढोका लगाइ ।
ब्यागबाट त्यो पोस्ट
कार्ड झिकेर हेरी
। पोस्टकार्डको फोटो हेर्दा उसलाई पठाउने
केटा सँग झन
धेरै रिस उठेर
आयो । के
सोचेर यस्तो फोटो
पठाएको त्यसले भन्ने कुराले
आगोमा घिउ थप्ने
काम गर्यो
। शायद केटाले
पनि फोटोमा जसरी
नै समीलाई चुम्ने
आफ्नो इच्छा प्रकट
गर्न खोजेको हुनुपर्छ
। उसले कार्ड
फर्काएर हेरी , जहाँ लेखिएको
थियो : " प्रिय समी , म
तिमीलाई धेरै माया
गर्छु , तिमी बिना
बाँच्न सक्दिन । तिमी
मेरो मायाको जवाफ
देउ , उही तिम्रो म
..."
पठाउनेको नाम लेखीएको
थिएन ।
समिलाई यसरी बेनामे
प्रेम प्रस्ताव दोस्रो
पल्ट आएको हो
। लगभग एक
महिना अगाडी पनि
उसले हुलाक मार्फत
उसलाई सम्बोधन गरी
पुरुष मनोभावना समेटिएर
लेखिएको प्रेमपत्र स्कुल मै
प्राप्त गरेकी थीई ।
त्यसमा पनि उसलाई
उही "तिम्रो म...." भन्ने
केटाले सोधेको थियो :
" म तिमीलाई धेरै माया
गर्छु तिमी मलाई
माया गर्छौ कि
गर्दैनौ ? जवाफ देउ
। "
उसको दिमागले यसरी प्रेम
प्रस्ताव राख्ने केटा को
होला भन्ने प्रश्नको
उत्तर खोज्न थाल्यो
। तमाम ति
केटाहरु जसले उसलाई
हेर्थे , जिस्काउथे , नजिक हुन
खोज्थे उसको जेहनमा
एक एक गरी
आउन थाले ।
उसले कसैलाई शंका
गर्न सकिन ।
बेनामे पहिलो चिट्ठी प्राप्त
गरेको घटना उसले
सम्झी ।
एक दिन बिहान
स्कुल पुगेर सधैं
बस्ने बेन्चमा ब्याग
राखेकी मात्र थीई रिसभले
नै आएर उसलाई
एउटा खामबन्दी चिट्ठी
दिएको थियो ।
उसले रिसभलाई सोधी
:
"के हो यो
?"
"स्कुलको
लेटर बक्समा तिम्रो
नाममा यो चिट्ठी
पोस्टअफिसबाट आएको रहेछ
, मैले देखे अनी
ल्याइदेको " उसले भन्यो
।
समीले बल्ल राम्ररी
हेरी हुलाक टिकट
टाँसिएको , निलो खाममा
उसको नाम र
कक्षा अनी ठेगानामा
स्कुलको नाम लेखिएको
थियो । उसलाई
कसले स्कुलमा चिट्ठी
पठायो उसले बुझ्न
सकिन । रिसभ
उसलाई चिट्ठी दिएर
हिडिसकेको थियो ।
उसले यो कस्तो
चिट्ठी हो ठम्याउन सकिन ।
यताउती हेरी कोही
थिएन र खाम
च्यातेर चिट्ठी झिकेर हेरी
। चिट्ठी सुन्दर
पन्नामा लेखिएको थियो ।
पन्ना प्रेमपत्र लेख्नलाई
नै बेचिने प्रकारको
रहेछ । पत्रको
सुरुवात हेरी ।
लेखिएको थियो :
"प्रिय
समी , मिठो माया
धेरै दिनको मनमा खेलेको
तिम्रो मायाको उतारचढाव पष्चात
आज आँट गरेर
यो पत्र लेख्दै
छु । ..."
यती के पढेकी
थीई कताबाट त्यो
रिसभ फेरी उसको
नजिकै आईसकेको रहेछ
उसले नै चिट्ठी
पढौला नै जस्तो
गरेर उसलाई सोध्यो
:
"कसले
पठाएको चिट्ठी तिमीलाई ? के
लेखेको छ ?"
" तिमीलाई
के मतलब " भनेर
उसले हत्तपत्त चिठ्ठीलाई
पुन खाम भित्र
हालेर ब्यागमा राखेर
फर्स्ट पिरियड्को सब्जेक्ट बुक
निकालेर हेर्न थालि ।
रिसभको
अनुहारमा भने एउटा कुटिल
मुस्कान आएर गयो
जसलाई समिले देख्न
सकिन । उ उसकै बेन्चमा
बस्ने भएकोले खै
भन्दै भित्ता पट्टी
गएर बस्यो ।
त्यो दिन पनि
दिनभरी नै उसले
पढाईमा ध्यान दिन सकिन
। घरपरिवार देखी
समाजको भयले मन
आक्रान्त भईरह्यो । टिफिनमा
पनि कक्षा कोठामा
नै बसी रही
। साथीहरुसबैलाई टाउको
दुखेको छ भनेर
ढाँटी ।
"तिम्रो
म...."भन्ने युवक को
होला ?
यो प्रश्नले समिलाई पिरोली
रह्यो । घरमा
पनि त्यसदिन कुनै
कुरामा एकाग्र हुन सकिन
।
त्यसपछी धरै दिन
सम्म उसले कसैबाट
कुनै चिट्ठी अनी
कार्ड पाईन ।
"तिम्रो म …." लाई सम्झी राख्थी
तर दशैं आयो
, तिहार आयो खै
उसले "तिम्रो म...."बाट
शुभकामनाको पोस्टकार्ड पाईन ।
उसले एक प्रकारले
त्यो पात्रलाई मस्तिस्कमा
जबर्जस्ती बसेको अनुभूती गर्न
थाली तर खै
अहिले कता हरायो
।
धेरै पछी, समी
कक्षा दश पढ्दा
सरस्वती पूजाको दिन थियो
। स्कुलको पूजा
सकेर साथीहरु संग
उसले घुम्न
जाने सल्लाह गरेकी
थीई । स्कुलको
गेट बाहिर उ
सँग अरु तीन
जना साथी भेला
भई सकेका थिए
, एक जना अरु
आउन बाँकी नै
थिई ।
एक्कासी ठुलो आवाज
आयो । सबै
जना आत्तिए ।
सडक पारीबाट उनीहरु
उभिएर
पर्खिरहेको ठाउँ तिर
आउने क्रममा एक
जना युवकलाई ल्यान्डरोभरले
किचेर गएछ ।
युवकको वरीपरी रगतको आहाल
जमिसकेको समिले देखी ।
लगलग काम्दै गरेकी
उसले सुनी :
" स्पट
देथ"
युवकको रगतले लत्पतिएको दहिने
हातमा रगताम्मे अवस्थामा
एउटा पोस्टकार्ड थियो
। चार लाइन
लेखिएको उक्त कार्डमा
माथिको सम्बोधन र दुई
लाइनलाई आलो रगतले
छोपेको थियो भने
तलको दुई लाइन
स्पष्ट पढ्न सकिन्थ्यो
, लेखिएको थियो :
" आज आफ्नै हातले तिमीलाई
आफ्नो प्रेम प्रकट
गर्दै छु , आशा
छ मेरो मायाले
तिमीलाई अवश्य जित्ने छ
। उही तिम्रो
म... "
" उही तिम्रो
म... " भन्ने सुन्ना साथ
समीको खुट्टाबाट जमिन
खस्क्यो । अध्यारो
भएर आयो ।
त्यसपछी कसरी, कसले घर
ल्यायो केही थाहा
पाईन । धेरै
पछी सम्म समी
सामान्य हुन सकिन
।
*********************************************************************
आज चालिस बर्ष पछी
उही शैलीमा आफ्नै
छोरीलाई कसैले प्रेम प्रकट
गर्दै छ भन्ने
कल्पनाले समीको मस्तिस्कमा भय
मिस्रित स्म्रीती ताजा भयो
। समय बदलियो
, बातावरण बदलियो , समाज बदलियो
प्रेम प्रकट गर्ने
माध्यम बदलियो तर युवकहरु
कहिले बदलिएनन ।
समी उठी , भगवान सामु
उभिएर बोली :
कुनै अनिष्ट नहोस प्रभु
। "
*************************************************************************************
No comments:
Post a Comment