Sunday, November 20, 2016

राधा

"राधा "
के लेखुँ !!
तिमीलाई मेरो माया !
केही टुक्रा लेख्न मन लाग्यो
अनी तिमी सँग बोल्न मन लाग्यो ।
यहाँ फक्रेका फूलहरु
यहाँ बोकिएका भुलहरु
मैले मुटु सम्म छामेर हेर्छु
अनी खाएर समस्याले
आजीवन नमेटिने असन्तोषले
मलाई गिज्याउँछ !!
अनायस याद आउँछ त्यो दिन
जब तिमी मायालु लागेथ्यौ
ह्रिदय प्रसन्नता व्यक्त गर्न खोज्छ
सम्झेर तिमीले स्विकारेको आत्मियता
विश्वाश छ छैन तिमीलाई
आज भोली प्रक्रिती नै तिमी छौ
तिम्रो नजरमा
मेरो भूत जस्तो भएता पनि
वर्तमान र भबिश्यमा तिमी छौ
अझ भन्न मन लाग्छ
म कतै दौडेको छु कि

Thursday, November 17, 2016

तिम्रो म


" मामु....मामु " अस्मु दुगुर्दै समीलाई बोलाँउदै छेउमा आई ।
अस्मु समिकी एक्ली छोरी । भर्खर एसएलसी सकेर घर मै बसेकी छ । यौवनले ढकमक्क ढाकेको छ अस्मुलाई । चन्चल छे , सुन्दर छे , स्वछन्द छे अनी निस्कपट छे । टोल भरीका नवयुवकहरुको मुटुको स्पन्दन भएकी छे उ । सबैले मनमनै मन पराएका छन । कती जनाले त आफ्नो उ प्रतिको आकार्षण ब्यक्त पनि गरेका छन । उसको गोरो अनुहारमा एउटा नजानिदो आकर्षण छ । गठिलो शरीरका हरेक अवयवहरुले कुनै पनि पुरुषलाई पगाल्न सक्छ ।
छोरीले आफुलाई पुकार्दै कुदेर आएको परबाट नै समीले देखी । आईप्याड हातमा बोकेकी छोरी छेउमा आई ।
"मामु आज फेरी त्यसले मलाई म्यासेज गरेछ " उसले छेउ पर्ने बित्तिकै समीसँग सोफामा बस्नु र बोल्नु एकै पल्ट भ्याइ ।
उनिहरु आमा छोरी मात्र हैन साथी जस्ता पनि छन । आफ्नो सबै कुरा अस्मु समीलाई सुनाउछे । साथीहरु सँगको कुरा देखी स्कुलको सबै कुरा समीलाई पनि थाहा छ । यसपालीको भ्यालेन्टाईन डेमा कस कसले उसलाई प्रेम प्रस्ताव गरे , रेड रोज गिफ्ट दिये त्यो सबै समीलाई अस्मुले भनेकी थिई ।
पन्ध्र दिन अगाडि " ट्रु लभर " भन्नेले अस्मुलाई फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाएको थियो । त्यसको प्रोफाइलमा हेर्दा फोटोको ठाउँमा "पागल प्रेमी " लेखेको रातो मुटुको प्रतिक “पाना” मात्र थियो । त्यो कुरा समिलाई पनि भनेकी थिई । उसले त्यती बेला सबै कुरा मामुलाई सुनाउदै  सोधेकी थिई :  "फ्रेण्ड रिक्वेस्ट एसेप्ट गर्नु कि नगर्नु मामु ?"
"गर्देउन छोरी , के हुन्छ र ?" समिले सहजै स्विक्रिती दिएकी थिई ।
त्यस पछी " ट्रु लभर" ले लगातार अस्मुलाई म्यासेज मार्फत प्रेम प्रस्ताव राख्दै आएको छ । उसको लेखाइबाट थाहा हुन्छ कि उ अस्मुलाई ज्यादै मन पराउछ तर सामुन्ने पर्न डराउछ ।
" ट्रु लभर " नाममा म्यासेज पठाउने केटा आफूहरुले चिनेको नै हुने निश्कर्षमा दुबै आमा छोरी पुगेका छन । शायद अस्मुको स्कुलको कुनै केटा हुन सक्छ वा छिमेकको कुनै किशोर हुन पनि सक्छ भन्ने दुबैलाई लागेको छ । धेरैलाई त्यो युवक हुन सक्ने अनुमान अस्मुले गरी तर त्यही हो भन्ने पुष्टी हुने कुनै आधार भेट्न सकिन ।