उसको पार्टी मुलुककै अगुवा पार्टी भनिने गर्थ्यो । लोकतन्त्रको पर्यायबाची भनेर पनि धेरैले भन्ने गर्थे । यस्तो पार्टीको सदस्य हुन पाउँदा उसलाई पनि अत्यन्त गर्व महशुस हुन्थ्यो । कुनै कालखण्डमा देशको राजनीतिमा प्रतिबन्ध भएको आफ्नो पार्टी खुला राजनीतिक गतिबिधीमा संलग्न हुन पाउने भई सकेपछी अब देशले मुहार फेर्ने कुरामा उ निश्चिन्त थियो । आफ्नो पार्टीको संगठन सुढ्रीडिकरणका लागि उ अहोरात्र खट्थ्यो । हरेक कार्यक्रमहरुमा सकृय सहभागिता जनाउथ्यो ।
समय बग्दै जाँदा मुलुकमा आमुल परिवर्तन गर्छौ भन्दै एउटा समुह जंगल प्रवेश गरेर सशस्त्र बिद्रोह गर्न थाल्यो भने अली पछी दाजुको रहस्यमय हत्या भए पछी भाईले श्रीपेच लगाएर सकृय हुन खोजे । दाजु जस्तो टुलुटुलु हेरेर नबस्ने घोषणा गरेका उनले लोकतन्त्रलाई आत्मसात गर्ने सबै पार्टी र ब्यक्तिहरुलाई नियन्त्रण पनि गरे । आधुनिक संसारको मेरुदण्डको रुपमा स्थापित भइसकेको संचारका सबै साधनहरुको समेट घाँटी निमोठे । झन्डै एक दशक अगाडिको आन्दोलनबाट प्राप्त उपलब्धीहरु कुन्ठित गरियो । तत्पश्चात पुन: अर्को आन्दोलनको बिगुल फुकियो । अबको आन्दोलनले जंगल बस्नेहरुलाई घर फर्काउने र सकृय हुन चाहने भाईलाई तह लगाउने मूल उद्देश्य साथ आँधीबेहरी ल्याउन सफल भयो । उ फेरी अत्यन्त खुशी भयो । अब आफ्नो देशमा शान्ती स्थापना हुने आशाले उसको रक्तसंचार प्रबाहमा समेत नौलो तरंग उत्पन्न भयो ।
त्यस पछी उसको पार्टीले सरकार पनि बनायो । अब उसले आफ्नो पार्टीमा पहिले कहिले नदेखेकाहरुलाई पनि कृयाशिल देख्न थाल्यो । उनिहरुकै भाउ बढ्दै गएको आभाष हुने कार्य पार्टीमा हुन्थ्यो । स्थानिय देखी केन्द्रिय तहका नेताहरुले समेत उसलाई भन्दा तिनीहरुलाई नै महत्व दिएको उसले अनुभव गर्न थालेको थियो । पार्टी भित्रको यस्तो प्रब्रीतीले उ खिन्न हुन्थ्यो ।
समयको क्रम सँगै उसको पार्टिको महाधिवेशन पनि आयो । महाधिवेशन कै शिलशिलामा उसले आफ्नो राजनितिक लगानी र योगदानलाई लिपीबद्ध गर्दा उसको जस्तो राजनीतिक लगानी अरुको नभएको निश्कर्षमा उ पुग्यो । पार्टीले गरेको कुनै कार्यक्रममा उ छुटेको थिएन । अन्य दलसँग मिलेर गरिएको आन्दोलनहरुमा पटक पटक पक्राउ परेको थियो । लाठीचार्जमा घाइते भएको थियो र गिरफ्तार गरी यातना पनि उसले नै बढी पाएको थियो । संबैधानिक अधिकार निलम्बित भई संकटकाल लाग्दा बिना पुर्जी पक्राउ पारी उसैलाई थुनिएको थियो । यसरी ठुलो राजनीतिक लगानी गरेको उसले पनि महाधिवेशनमा भाग लिने इच्छा गरेको थियो ।
आन्तरिक लोकतन्त्रको प्रकृया निर्वाचन प्रती उसको ठुलो आस्था थियो । उ त्यसकै प्रतिक्षामा थियो । निर्वाचनको संघारमा उसले नयाँँ देख्ने ब्यक्तीहरुको दबदबा बढेको महशुस गर्यो । दैनिक जसो भोज , पिक्निक हुन थालेको सुन्न थाल्यो । पुराना निष्ठावान साथीहरुलाई अप्रतक्ष्य धम्की समेत आउन थालेको उसको कानले सुन्यो । यस्तै ढंगले स्थानिय अधिबेशन सम्पन्न भई परीणाम आउँदा उ पराजित भएको थियो भने पार्टी अफ्ठ्यारोमा हुँदा नदेखिएकाहरु अबिरजात्रा गर्दै नेत्रित्वमा स्थापित भएका थिए । लोकतन्त्रलाई आत्मसात गर्ने उसले त्यो अप्रिय परीणामलाई पनि सहज ढंगले स्विकार गर्यो ।
आफुले आफ्नो भूत , बर्तमान र भबिष्य लगानी गरेको पार्टीलाई आज परबाट उसले हेरीरहेको छ । सुदुर भबिष्यमा कुनै दिन उसको पार्टी फेरी प्रतिबन्धित हुन पुगे , अर्को एउटा निरंकुशता स्थापित हुन पुगे उसको पार्टीमा नयाँ स्थापित भएका नेताले के गर्लान ? यो प्रश्न सधैं उसको दिमागमा अनुत्तरित रहन्छ ।

No comments:
Post a Comment