Tuesday, October 28, 2014

चाणक्यको निती आज पनि उतिकै सार्थक छ

सयौं बर्ष पहिले चाणक्यले जुन निती प्रतिपादन गरेका थिए त्यो मेरो बिचारमा आज सम्म उतिकै सार्थक छ । हाम्रो देशमा अहिले देखिएको राजनीतिक खिचातानी , दन्डहिनता र पुर्वाग्रह प्रेरित एबम स्वार्थी राजनीतिलाई हेर्दा त यो झनै समसामयिक देखिन्छ । मैले मेरो अध्ययनबाट हाम्रो मुलुक र यहाँको अवस्था सँग मेल खाने केही चाणक्य निती पस्कने प्रयास गरेको छु , हेरौ कस्तो लाग्छ तपाईंहरुलाई -
१. कुनै पनि ब्यक्ती इमान्दार हुनुहुदैन । जसरी सिधा रुखलाई सबभन्दा पहिला काट्छन त्यसै गरी इमान्दार ब्यक्तीलाई नै सबभन्दा पहिले शिकार बनाउछन । 
२. कुनै सर्प बिषालु नभए पनि सर्प नै हो भनेर हामी त्यो भन्दा टाढा बस्नु पर्छ । 
३. सबभन्दा ठुलो गुरुमन्त्र : यदी तपाईंको कुनै गोप्यता छ भने त्यो कसैसँग सेयर नगर्नुहोस् । यदी आफ्नो गोप्यता तपाईं आँफै त गोप्य राख्न सक्नुहुन्न भने अरु कसैले त्यो तपाईंको लागि गोप्य राखिदिन्छ भनेर बिर्सिदिनुहोस । आफ्नो खुट्टामा आँफै बन्चरो नहान्नुहोस् । 
४. कुनै कार्य प्रारम्भ गर्न भन्दा पहिला आँफैलाई ३ वटा प्रश्न सोध्नुहोस-म किन यो कार्य गर्दै छु ? यसको परिणाम के हुन्छ ? के म यो कार्यमा सफल हुनसक्छु ? गहन चिन्तन गरेर यदी तपाईंलाई यि सबै प्रश्नको सकरात्मक उत्तर मिल्छ भने कार्य प्रारम्भ गर्नुहोस् ।
५. जब डर तपाईं नजिक आउछ त्यसलाई जसरी हुन्छ पन्छाइदिनुहोस । 
६. कुनै पनि मान्छे आफ्नो कर्मले महान हुन्छ जन्मले महान हुने हैन । 
७. पुष्पको वासना हावाको दिशा तर्फ मात्र फैलन्छ ,तर ब्यक्तीको लोकप्रियता चारै तिर फैलेको हुन्छ । 
८. कुनै पनि मान्छेको सबभन्दा असल साथी शिक्षा हो , शिक्षित ब्यक्तीलाई जहाँ पनि सम्मान गरिन्छ । शिक्षाले सुन्दरता र यौवनलाई पनि परास्त गर्ने सामर्थ्य राख्दछ । 
यि उल्लेखित बुँदाहरु हरेकको आफ्नै बिशेषता र अर्थ छ । एक ब्यक्ती वा स्थान सँग अर्को ब्यक्ती वा स्थान सँगको प्रासंगिकता नमिल्न सक्छ । त्यसै गरी फरक स्थितीले पनि यसको सार्थकतामा फरकपन देखिन सक्छ । यही कारणले म आँफै यसको निश्कर्ष निकाल्नु भन्दा तपाईंहरु आँफैलाई यसको निश्कर्ष निकाल्न आग्रह गर्दछु । मिल्छ भने तपाईंहरुको निष्कर्ष मलाई पनि सेयर गर्नुहोला !!

नेविसंघ महाधिवेशन र आन्तरिक लोकतन्त्र

नेपालको लोकतान्त्रिक इतिहास रचना गर्दै गर्दा सबैभन्दा अगाडि नाम अङ्कित हुने दल हो– नेपाली कांग्रेस। र, त्यस्तैगरी पञ्चायती अँध्यारो युगमा विद्यार्थीमाझ लोकतन्त्रको मसाल बोकेर सडकमा उत्रने विद्यार्थी संगठन हो– नेपाल विद्यार्थी संघ।
यसरी नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने राजनीतिक दल तथा लोकतन्त्रलाई आत्मसात गर्ने विद्यार्थी संगठन दुवैले लोकतन्त्रलाई नै आफ्नो आदर्श मानेका छन्। मुलुकमा लोकतन्त्र स्थापना र पुनर्स्थापनामा निश्चय पनि यी दुवै संगठनको भूमिकालाई कम आक्न मिल्दैन। निश्चय पनि यी दुवै संगठनका कार्यकर्ताको रगत पनि नेपाली लोकतन्त्रको बिरुवामा सिँचित छ। यहाँ उठाउन खोजिएको सन्दर्भ मुलुकको लोकतन्त्रबारे नभई संगठनभित्रको लोकतन्त्रबारे हो। लोकतान्त्रिक मूल्य र मान्यतालाई आदर्श मान्ने संगठनको आन्तरिक प्रक्रियाहरुमा यसको कति प्रयोग भइरहेको छ, त्यो सवाल अहं हुन पुगेको छ। भन्नुको मतलव नेविसंघभित्र लोकतान्त्रिक प्रयोग आन्तरिक नेतृत्व चयन प्रक्रियामा कति व्यवहारमा उतारिएको छ त्यसले यसको लोकतान्त्रिक चरित्र उजागर गर्छ अन्यथा त्यसलाई समाजले भन्नेछ– पहिले आफ्नो घर बनाऊ अनिमात्र राष्ट्र बनाउन अग्रसर होऊ।
हामी लोकतन्त्रको क, ख, ग पढ्ने विद्यार्थीलाई थाहा छ, लोकतन्त्र भनेेको जनताका लागि, जनताद्वारा, जनताको शासन प्रणाली हो। यसलाई संगठन सञ्चालनका लागि अभिव्यक्त गर्नुपर्दा नेतृत्व चयन प्रक्रिया पनि त्यसरी हुनुपर्छ जसमा नेतृत्व गरिनेका लागि, उनीहरुद्वारा, उनीहरुको नेता चुनियोस् न कि माथिल्लो तहबाट थोपरिएको नेतालाई विवेकशील कार्यकर्ताले झेल्नु परोस्। यहाँ प्रसंग नेविसंघको आसन्न महाधिवेशनलाई लिएर उठाइएको हो। पार्टी र यसको भातृ संगठनको आन्तरिक लोकतन्त्रको बारेमा उठाइएको हो। हामीले उठाउँदै आएको विषय हो– नेतृत्व चयन प्रक्रिया लोकतान्त्रिक हुनुपर्छ। विवाद र धाँधलीरहित निर्वाचन प्रक्रियाबाट निर्वाचित नेतृत्व वास्तवमै लोकतान्त्रिक नेतृत्व कहलाउँछ। न यसमा पार्टी नेतृत्वको अनावश्यक हस्तक्षेप स्वीकार्य हुन सक्छ न त केन्द्रद्वारा लादिएको नेतृत्व नै। तर विडम्बना, नेविसंघको नेतृत्व चयन प्रक्रिया सदैव विवादित छ। यसमा धेरैजसो नेतृत्व पार्टीले चयन गरिदिएको छ। पञ्चायती कालरात्रिको समयमा त यसलाई सहजरूपमा लिइएको पनि हो तर त्यसैको सिको गर्ने कार्य हालसम्म हँुदै आएको छ। आफ्ना लागि आफँै नेता चुन्न पाउनुपर्ने लोकतन्त्रको प्रथम सूत्र प्रतिकूल विद्यार्थीहरुले पार्टीले चयन गरिदिएको नेतृत्व स्वीकार गर्नु परिरहेको छ। यसको दुईवटा बेफाइदा टड्कारोरूपमा देखिएका छन्। प्रथम त पार्टी नेतृत्वबाट नेता बनाइएका विद्यार्थी नेतामा संगठन सुदृढीकरणमा त्यति योगदान गर्ने सामर्थ्य, नेतृत्व क्षमताका रूपमा अनि नैतिकरूपमा पनि हुँदैन र दोस्रो कुरा विद्यार्थीमाझ लोकप्रिय बन्नुको सट्टा पार्टी नेतृत्वको चाकडी गर्नतिर विद्यार्थी नेताहरु लागेको पाइन्छ। त्यसैले यी दुवै कुराले विद्यार्थी संगठनको संख्यात्मक स्वरूप, गुणात्मक स्वरूप एवं कार्यसम्पादन कलाको स्वरूप पतनको गहिराइतर्फ अग्रसर भएको पाइन्छ।

Saturday, October 18, 2014

सूचनाको हक र यसको प्रयोग

सूचनाको हक प्रत्येक नेपाली नागरिकलाई नेपालको अन्तरिम संबिधान २०६३ को धारा २७ ले प्रत्याभूत गरेको मौलिक हक हो सरकारी वा गैर सरकारी सर्वजनिक निकायबाट सर्वजनिक महत्वको सूचना माग्ने वा पाउने अधिकारको रुपमा स्थापित भइसकेको यो नैसर्गिक हकलाई कार्यान्वयन गर्न सूचनाको हक सम्बन्धी एेन २०६४ सूचनाको हक सम्बन्धी नियमावली २०६५ बनेर लागू भइसकेको ।नागरिकको सुसूचित हुने हकलाई संरक्षण गर्दै राज्यका काम कारवाहीलाई लोकतान्त्रिक र पारदर्शी बनाउन एबम स्वयं राज्यलाई नागरिक प्रती उत्तरदायी बनाउनु नै सूचनाको हक सम्बन्धी एेनको प्रमुख उद्देश्य हो । यसका अतिरिक्त सार्वजनिक निकायमा रहेका सार्वजनिक सरोकारका सूचनाहरुमा आम नेपाली नागरिकको सरल र सहज पहुँच बनाउदै एेनलाई प्रचलनमा ल्याउनु पनि यसको उद्देश्य हो भने यसले समग्र राज्य र नागरिकको हितमा प्रतिकुल असर पार्ने संबेदनशिल सूचनाको संरक्षणमा पनि महत्वपूर्ण भूमिका निर्बाह गरेको हुन्छ ।