Sunday, April 1, 2018

एउटा कालखण्डको जर्नल



विकास आचार्य
२०६१ माघ १९ गते
आज बिहानैदेखि राजा ज्ञानेन्द्रले राष्ट्रको नाममा विशेष संवोधन गर्दै महत्वपूर्ण घोषणा हुने भनेर प्रचार गरिएको थियो । राजाले के घोषणा गर्ने हुन् भनेर मुलुकभर विभिन्न राजनीतिक अड्कलबाजीहरू हुन थालेका थिए । कोही चुनाव घोषणा हुने भन्दैथिए । चुनावको कुरा गर्नेभित्र पनि स्थानीय चुनाव हुने कि संसदीय चुनाव हुने भन्ने चर्चा हुदैथियो । कोही भने तत्कालीन सरकार परिवर्तन हुने विचार व्यक्त गर्दैथिए भने राजनीति र तत्कालीन मुलुकको अवस्था देखेर विरक्त लागेकाहरू राजाले सेना साथमा लिएर सत्ता हातमा लिने भनेर आफ्नो विचार प्रस्तुत गर्दैथिए । यसरी एउटा नौलो राजनैतिक अन्योल सिर्जना भएको थियो माघको त्यो ठण्डा बिहानीमा । शीतलहरको चीसो सँग सँगइ समग्र मुलुकमा तातिएको राजनीति अनुभूत भइरहेको थियो ।

सूचना कहाँ र किन माग्ने ?



सूचनाको हक सम्बन्धी एेन पारित भई लागू भएको एक दशक भईसक्यो यो एेनले आफूलाई मूलुकका सम्पूर्ण एेन कानून भन्दा नागरिक मैत्री प्रगतीशील प्रमाणित गरी सकेको यस सँगै सूचनाको हक सम्बन्धी नियमावलीले पनि उतिकै वसन्त पार गरेर आफूलाई सबै भन्दा अब्बल नै प्रमाणित गरेको हिजो सम्म सरकारको वा अन्य कुनै सर्वजनिक निकायहरुको काम कारवाही बारे नागरिक सँग प्रश्न सोध्ने वा सूचना प्राप्त गर्ने कुनै अस्त्र थिएन भने आज यो कानूनले त्यस्ता हरेक नागरिकहरुलाई सूचनाको हक सम्बन्धी अभियन्ता बनाइसकेको यि अभियन्ताहरुले नै शक्तिमा रहेका ब्यक्तीहरुलाई प्रश्न सोध्ने सूचना प्राप्त गर्ने हैसीयत बनाइसकेका छन तै पनि अहिले सम्म यो एेन ओझेल मै परिरहेको यस बारेमा अधिकांश नागरिकहरुलाई थाहा छैन थाहा पाउनेहरुले पनि यसको सर्वोत्तम प्रयोग गर्न सकेका छैनन यसको समुचित प्रयोग गर्न सर्वजनिक निकायहरुमा बिभिन्न प्रकारले बिभिन्न किसिमका सूचना माग्नु पर्ने टड्कारो आवश्यकता देखिएको सूचनाको हक्लाई कसरी व्यवहारिक प्रयोगमा ल्याउन सकिन्छ प्राप्त सूचनाहरुलाई परम्परागत ढंगले सन्चालित सर्वजनिक निकायहरुमा परिवर्तन ल्याउन सच्चाउनका लागि कसरी प्रयोग गर्न सकिन्छ भनेर चर्चा गर्न उपयुक्त हुन्छ