वि.पि कोइरालाको जीवन संघर्ष नै संघर्षले भरिएको छ । लामो संघर्ष पश्चात २००७ सालमा प्रजातन्त्र प्राप्त त भयो तर त्यसलाई संस्थागत गर्न कांग्रेसलाई संघर्षकै मोर्चामा यथावत राख्नु पर्यो । नेपाली कांग्रसले २००९ सालमा जनकपुरमा सन्पन्न आफ्नो पाचौ महाधिवेशनमै मुद्दाको रुपमा उठाएको र प्रजातन्त्र स्थापना पश्चात राजा त्रिभुवनले घोषणा गरेको भएता पनि संविधान सभाको निर्वाचन सम्पन्न हुन सकेन । लामो वलिदानबाट प्राप्त प्रजातन्त्रको रक्षा र संघर्षको निम्ति संघर्ष गर्दै गर्दा फलस्वरुप २०१५ सालमा आम निर्वाचन सम्पन्न भयो र वि.पि. कोइरालाको नेतृत्वमा प्रथम जननिर्वाचित नेपाली कांग्रेसको एक मना सरकार गठन भयो । सरकारले जनहितमा काम गर्दा गर्दै प्रजातान्त्रिक व्यवस्थाले जनतालाई बलियो, शिक्षित र सुसुचित बनाइ निरकुंश शासकहरुको दिन समाप्त हुने भयबाट त्रसित भई तत्कालीन राजा महेन्द्रद्धारा २०१७ साल पौष १ गते जनताको सरकारलाई अपदस्त गरि निरंकुश पञ्चायति व्यवस्था लागु गराए र वि.पि. लगाएत सबै नेताहरुलाई जेल चलान गरे । यस पश्चात वि.पी कोइरालाको जीवन जेल, प्रवास र देश भित्रै संघर्ष सागै अत्यन्त कठिन परिस्थितिमा वित्यो तर पनि देश, जनता र कांग्रेस पार्टी सदैव उहाको सर्वोपरी रह्यो ।
यहा बिपी सँग सम्बन्धित केही तस्बीरहरु राखिएको छ । सबै तस्बीरहरुको श्रोत इन्टरनेट हो ।
