Tuesday, July 22, 2014

धरान ! केही पुरानो फोटोहरुमा सम्झना

धरान छाता चोक ! (पब्लिक हाई स्कुल तिर बाट सिंहदेवी तर्फ हेर्दा )
धरान ! नाम सुन्दा मात्र पनि हृदय पग्लेर आउछ , मुटु भक्कानिएर कस्तो कस्तो हुन्छ । यो हाम्रो माटो , हाम्रो शैशबकाल बितेको , हाम्रो बालपन देखेको माटो कती प्यारो !! जीवनको कुनै कालखण्ड धर्तीको यो भुभागमा बिताउने सबैलाई व्याख्या गर्न शब्दको खडेरी लाग्ने अनुभुती हुन्छ । अझ बर्तमान भन्दा बिगत , झन सुदुर बिगतले सुखद पिडा प्रदान गर्दछ । यहाँ यस कुरालाई ध्यानमा राख्दै धरानको केही पुराना फोटोहरु राख्ने कोशीस गरेको छु । तपाईं हामीलाई केही मात्र भए पनि आफ्नो बल्यकाल वा बिगतमा लैजानेछ भन्ने आशा छ । आफ्नो अनुभुतीलाई प्रतिकृयामा  दिनु होला । फोटोहरु कुन ठाउँका हुन समेत  जानकारी दिनुभएमा आभारी हुने थिए अनी लगत्तै त्यो बारे फोटो मुनी उल्लेख गर्ने थिए । सबै फोटोहरु इन्टरनेटबाट प्राप्त भएका हुन ।

Tuesday, July 1, 2014

मेरो बंश

कौडिन्य गोत्री आचार्य बंशको ३९ औं पुस्ता को रुपमा म बिकास आचार्य रहेको छु । आदी कालमा जुम्ला आएका श्री सच्चीदानन्दका बंशज हामी आचार्यहरु आज विश्वको हरेक कुनामा छरिएर रहेका छौ । यहाँ म मेरो बंशजहरुको क्रमिक नाम एबम बिशेष घटना उल्लेख गर्न चाहन्छु ।
१)श्री सच्चिदान्द
२)श्रीकृष्ण शर्मा
३)मणिराज  ( बिधु शर्मा रेग्मी कि छोरी शुभद्रा सँग विवाह गरेर बाजुरामा बसे । )
४)काशिराम (बाजुराबाट निस्केर घुम्दै ढोर भन्ने प्रदेश पुगी त्यहाका राजालाई रिझाइ लम्जी गाँउ पाइ त्यही बसे ।  )
५)बशिष्ठ
६)नारद
७) भ्रीगु
८)शिवजी
९)बिष्णु आचार्य
१०)प्रतिमना
११)प्रिथु
१२)गोपाल आचार्य