Wednesday, May 7, 2014

स्थानिय निर्वाचन र कांग्रेस



  
                  आहिले मुलुकमा स्थानिय निर्वाचनको चर्चा शुरु भएको छ । केही राजनीतिक दलहरुलाई अपबाद मान्ने हो भने सबै दलहरु स्थानीय चुनावको तयारीमा ब्यस्त छन । स्थानिय राजनीतिक नेता कार्यकर्ता आफु गाबिसको अध्यक्ष्य , उपाध्यक्ष्य वा नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेद्वार हुने दौडधुपमा लागेका छन । वडा देखी जिल्ला बिकास समिती सम्मका लागि चुनाव हुने भएको हुनाले अहिले दलहरु तथा तिनका कार्यकर्ता अत्यन्त ब्यस्त देखिन थालेका छन । अझ बर्तमान सरकारले स्थानिय चुनावलाई प्राथमिकतामा राखे पछी यस्तो चहल पहल तिब्र हुनथलेको स्पस्ट देखिन थालेको छ ।पार्टीहरुको बैठक बसीरहेको छ । जनता माझ पनि बिभिन्न बहानामा पुग्ने कार्य शुरु गरिसकेका छन । यि सब राजनीतिक चहलपहलको उद्देस्य निकट भबिस्यमा सम्पन्न हुने भनिएको स्थानिय निर्वाचनमा आफ्नो दलको उम्मेद्वारलाई जिताउनु नै हो । नेपाली कांग्रेस पनि यसै परीपेक्ष्यमा अत्यन्त ब्यस्त छ । कांग्रेसले स्थानिय निर्वाचनका लागि मुलुक भर तयारीको शुरु गरिसकेको छ । जिल्ला समिती मार्फत चुनाव लक्षित कार्यक्रम शुरु भएका छन भने पार्टी केन्द्रिय निती तथा प्रशिक्षण प्रतिस्ठानले यसैलाई प्रमुखताका साथ अगाडि राख्दै मेची महाकाली जागरण अभियान शुरु गर्ने बताएको छ ।भर्खरै सम्पन्न संबिधान सभाको निर्वाचनमा कांग्रेस बलियो देखिएकोले अहिले नै स्थानिय निर्वाचन भएको खण्डमा नेपाली कांग्रेसको बिजय हुने प्रशस्त आधारहरु देखिएको कांग्रेसले ठहर गरेको अनुमान गर्न सकिन्छ ।

Thursday, May 1, 2014

गीत

माया बिना संसारै मर्ने 
मायाकै लागि लौ जिउनु पर्ने
तिमी नै हौ माया कि खानि
जीवन सिंगार्ने मेरी मनकी रानी

कस्तो नियम हो यो बिधाताको
कसैले नसक्ने जिन्दगी बाँच्न
निधारमा लेख्ने कुन हो हात 

मेरो र तिम्रो बिचको नाताको